शरणार्थीले मनाए राष्ट्रिय दिवस

फोटो, शरणार्थी, समाचार तपाईंको प्रतिकृया थप्नुहोस्

3भुटानमा राजतन्त्र स्थापना भएको खुशीयालीमा विहिवार राष्ट्रिय दिवस मनाइरहेको वेला त्यही राजसत्ताले लखेटेका शरणार्थीले भने राष्ट्रिय पहिचान र अस्तित्व वचाउन सो दिवस मनाए ।


राष्ट्रको संरक्षण र जनताको सुशासनको जिम्मा लिएको राज्य नै वैरी वनेपछि १८ वर्षअगाडि घरवार छोडेर शरणार्थी जीवन विताइरहेका भुटनी जनतामा भुटान प्रतिको माया अलिकत्ति पनि विचलित भएको छैन । त्यही भुटानी शासकले लखेटेको पिडामा त्यहाँको राष्ट्रिय पोशाक गो (पुरुषले लगाउने पोशाक) र किरा (महिलाले लगाउने राष्ट्रिय पोशाक) लगाएर आफ्नो देशको सम्झना गरेका छन् शरणार्थीले । वर्षौसम्म शिविरमा वस्दा समेत भुटानले आफुहरुलाई स्वदेश फर्काउने छाँट नदेखेपछि निराश भएको जनाउँदै झापाको वेलडाँगी एक स्थित भुटानी शरणार्थी शिविरका अगुवा भक्त घिमिरे आफ्नो देशको पहिचान र अस्तित्व वचाउन आफुहरुले सो दिवस मनाएको वताउनु हुन्छ । यति लामो शिविर वसाईको क्रममा शरणार्थीले भोगेको कष्टकर पिडालाई पोख्दै केही शरणार्थी अवसर र विकल्पको खोजीमा तेस्रो मुलुक जान वाध्य भएको उनीहरुको गुनासो छ । तेस्रो मुलुक पुनस्थापना कार्यप्रति लक्षित गर्दै जहाँ गएपनि राष्ट्रिय अस्तित्वको लागि भुटानी पहिचान अक्षुण राख्नु पर्ने उनीहरुको जोड छ ।

1


आफ्नै देशका लाखौं जनतालाई शरणार्थी वनाएर आफ्नो राजशत्ता स्थापनाको खुशीयाली मनाउनुको कुनै अर्थ नहुने शरणार्गीहरुको भनाई छ । शिविरका छाप्रामा दाताले दिएको मानो मुठीले गर्जो टार्दै आएका शरणार्थीले आज राष्ट्रिय दिवसमा भुटानका राजा (डुक्पाजाति)को पोशाक लगाएर भुटानको पहिचान वचाउन गरेको प्रयास कम सह्रानिय छैन । त्यतिमात्र हैन शरणर्थीहरुले डिसेम्वर १७ तारिखलाई भुटानको राष्ट्रिय दिवसलाई भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएका छन् । राष्ट्रिय सो दिवस मनाउन कार्यक्रममा भुटान साँस्कृतिक मञ्चका कलाकारले मारुनी, सेलो र आफ्नो जातिको पहिचान खुल्ने खालका लोक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम स्वलगनशिल किराँत परिवार तथा त्रिकोण परिवारले आयोजना गरेको थियो । यसरी आफ्नो राष्ट्रिय दिवस मनाउने सो कार्यक्रमको सम्पूर्ण खर्च भने शरणार्थी रेखदेखमा खटिएका दातृ संस्थाले सहयोग गरेका थिए । आफुहरु जुन मुलुकमा पुगेपनि आफ्नो राष्ट्रियताका लागि सवै एक हुन पनि वक्ताहरूले आह्वान गरेका छन् ।

41
भुटानमा सन १९०७ साल डिसेम्वर १७ तारीखमा राजतन्त्र स्थापना भएको थियो सोही अवसरमा उक्त दिनलाई भुटानमा राष्ट्रिय दिवसको रुपमा मनाइदै आएको छ । झापा र मोरङका विभिन्न सातवटा शिविरमा रहेका एक लाख आठ हजार भुटानी शरणार्थी मध्ये २५ हजार भन्दावढी तेस्रो मुलुक पुनस्थापनामा गइसकेका छन् ।
आज भएको कार्यक्रममा गायक एलपी जोशी, कलाकार विशाल राई, गोपाल आचार्य, टेकबहादुर दहाल लगायतले पनि आफनो कला प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बेलडाँगी १ का सचिव टिबी गुरुङ र शरणार्थी प्रतिनिधि भक्त घिमिरेले भुटानी शरणार्थीहरुले राष्ट्रियता, संस्कृति, पहिचान तथा सामाजिक सहअस्तित्वका लागि दिवस मनाउने गरेको बताए ।


शिविरमा रहेका शरणार्थीले विहिवार मनाएको १०२ औं भुटानी राष्ट्रिय दिवस हो ।

टिकाराम

2

5

71


11

12

फोटो - अर्जुन

पोहोर चाहिँ शरणार्थीहरूले राष्ट्रिय दिवस नमनाउने भनेर वहिष्कार गरेका थिए । त्यसको सट्टामा मेची पूलमा धर्ना दिन गएका थिए ।

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. स्वदेश फर्कन मद्दतको आग्रह
    स्वदेश फर्कन इच्छुक विस हजार भुटानी शरणार्थीले पुनर्वासमा संलग्न मुलुकलाई आफ्नो अभियानमा समेत सघाउन आग्रह गरेका छन् । सातवटै शिविरमा भईरहेको घर फिर्ती अभियानको फाराम भर्ने कार्यमा संलग्न ज्येष्ठ नागरिकहरुका तर्फबाट सोमवार ती देशका राजदुतलाई अपिल पठाई सो आग्रह गरेका हुन् । शिविरमा जारी फाराम भर्ने अभियानमा विस हजारभन्दा धेरै...
  2. घर नै फर्किउँ कि ……..
    घर फर्रकन चाहने भुटानी शरणार्थीले झापा र मोरङका सातै शिविरमा फाराम भर्ने अभियान चलाएका छन् । आफ्ना मान्छेहरुको तेस्रो मुलुक पुनर्वास भए झैं आफूँहरुलाई पनि भुटान लगिनु पर्ने माग राख्दै केही गैह्रराजनीतिक संगठनले झापा र मोरङका सातै शिविरमा यस्तो अभियान चलाएका हुन् । बाईस दिनअघि यस्तो अभियान चलाईएपछि हालसम्म सातै...
  3. अन्तिम होली
    तेस्रो मुलुक पुनरवासमा जान तम्तयार रहेका कतिपय भुटानी शरणार्थीले आज अन्तिम पटक नेपालका शिविरहरुमा होली पर्व मनाएका छन् । स्वास्थ्य परिक्षण लगायतका सबै प्रकृया पुरा गरि तेस्रो मुलुक जान प्रतिक्षा सूचिमा रहेका सयौं शरणार्थीहरु आफन्त र साथीभाई सँगै होली मनाई रहेका छन् । झापाको दमक स्थित बेलडाँगीका तीन वटा, मोरङको...
  4. शरणार्थी सेरोफेरो
    आइओएमको जानकारी तेस्रो मुलुक पूनर्वास शुरु गरिएपछिको पहिलो वर्षमा आठहजार एकसय ४४ जना भुटानी शरणार्थी तेस्रो मुलुक पूनर्वास गरिएका छन्। अन्तराष्ट्रिय आप्रवास संस्था आओएमले पूनर्वास गरिएकामध्ये सर्वाधिक सातहजार पाँचसय ४४ जना भुटानी संयुक्त राज्य अमेरिका लगिएका छन्। यसैगरी अष्ट्रेलियामा तीनसय ९३ जना, न्युजिल्याण्डमा एकसय २९ जना, नेदरल्याण्डमा १७ जना, नर्बेमा...
  5. राष्ट्रिय दिवस वहिस्कार
    भुटानमा आज मनाइरहेको १०१ औं राष्ट्रिय दिवस झापा र मोरङमा बसिरहेका भुटानी शरणार्थीहरुले बहिस्कार गरेका छन । आज १७ डिसेम्बरका दिन भुटानी शरणार्थी शिबिर बेलडागीँमा भेला भएका शरणार्थीहरुले भुटानी राजाको पुत्ला दहन गरी भुटानमा रहेको निरङ्कुश राजतन्त्रको बिरोध गरेका छन । उनीहरुले भुटानमा निरङ्कुश तानाशाहले आफ्ने प्रभुत्व जमाइ त्यहाँका सोझा...

फेसबुकमा राख्नुस्

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in