१
झापाको अर्जुनधारामा हिजो दिउँसो एक व्यक्तिले आफ्नै वावुको हत्या गरेका छन । अर्जुनधारा १ का महेन्द्र गिरीले आज आफ्नै वुवा ५९ बषिर्य हेमलाला गिरीलाई टाउकोमा फरुवा प्रहार गरि हत्या गरेका हुन ।२४ बषिर्य गिरीले खेतवारीमा काम गरीरहेको बेला वावुको टाउकोमा फरुवा प्रहार गरेका थिए ।फरुवा प्रहारवाट हेमलालको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी वेश क्याम्प शनिश्चरेका सशस्त्र प्रहरी निरीक्षक रविन भुजेलले जानकारी दिनुभयो ।वाबुको हत्या गर्ने छोरा महेन्द्रलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।उनको मानसिक सन्तुलन ठिक नभएको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।
उता झापाको पृथ्बीनगरमा स्थानिय एक व्यक्तिको छुरा प्रहारवाट गएराति एक बृद्ध गम्भिर घाईते भएका छन ।पृथ्वीनगर एकका ६० बषिर्य मिसेन तामाङलाई स्थानिय जीतु गौतमले छुरा प्रहार गरी गम्भिर घाईते वनाएका हुन् ।टाउकोमा चोट लागेका बृद्धको मेची अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
२
झापाको सुरुङ्गामा गएराति भएको आगलागिमा बाट एक करोड वढिको क्षति भएको तथ्याङ्क संकलन भएको छ ।आगलागिबाट एक करोढ ५२ लाख ४९ हजार ८ सय रुपैयाको क्षति भएको प्ररम्भिक तथ्याङ्क संकलन भएको हो ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोख्रेलको नेतृत्वको एक टोलीले आज आगलागि क्षेत्रको निरीक्षण गरी घटनाको वस्तुगत अवस्थाको वारेमा जानकारी लिएको हो ।सो टोलीले पिडीतहरुलाई प्रत्यक्ष रुपामा भेटी घटनाको जानकारी लिएको थियो ।सो आगलागीमा परी एउटा कापि उद्योग सहित आधा दर्जन घर जलेर नष्ट भएका छन ।
स्थानिय सौगात कापि उद्योगबाट बिद्युत सर्ट भई सुरु भएको आगलागीबाट, निर्माण व्यावसायी प्रभाखर करडिया, उद्योग बाणिज्य संघ सुरुङ्गाका अध्यक्ष रुद्र चिमरीया, बोधकुमार मैनाली, बालुराम खरेल, तुलसी बिमली लगायतको घर र त्यहाँभित्र राखिएका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी प्रभाखर कडरियाको पाँचलाख नगद समेत डढेको पिडितले वताएका छन् ।
राति ९ बजेतिर सुरु भएको आगलागी भद्रपुर, दमक र मेचीनगरको वारुणयन्त्रले स्थानियवासी र प्रहरीको सहयोगमा राति सवा १२ बजेतिर मात्रै नियन्त्रणमा लिएको थियो ।सोहि आगलागीमा परी स्थानिय ७५ बर्षीय बालुराम खरेल घाइते भएका छन् ।उनको विर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।यसैबिच आगलागी पीडीतहरुलाई बिभीन्न संघ संस्थाले राहत सहयोग प्रदान गरेका छन् ।जिल्ला दैबि प्रकोप उद्धार समितिले आगलागीबाट पूर्ण रूपमा प्रभाबित एक परिवार तथा नेपाल रेडक्रस सोसाइटी झापाले आगलागी प्रभाबित चार परिवारलाई राहत प्रदान गरेको हो ।
उता दुवागढि ९ स्थित पर्शुराम राजवंसीको धानको कुन्युमा आगलागी हुँदा १ सय ५० मन धान जलेर नष्ट भएको छ ।उहाँको १० बटा धानको कुन्युमध्ये तीनवटा जलेर नष्ट भएको धुलावारी प्रहरीले जनाएको छ ।
३
झापाको महारानीझोडास्थित खानेपानी योजनालाई सरकारले सिमीत मात्र रकम छुट्याउँदा निर्माण सुरु भएको छ बर्षसम्म पनि ठोस काम हुन सकेको छैन ।
गाबिसभरिका करिब २५सय घर परिवारलाई शुद्ध पानी पुर्याउने उद्देश्यले निर्माणाधिन सो खानेपानी योजनाको कुल लागत करिब २२ करोड रुपैंया रहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार छ बर्षको अवधिमा ट्याङ्की निर्माण स्थलको पर्खाल र कार्यालय मात्र निर्माण गरिएको छ ।गत बर्ष सरकारले यो योजनाका लागि १६लाख रुपैंया उपलब्ध गराएकोमा यो बर्ष १५लाख रुपैंया मात्र छुट्याएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समिति महारानीझोडाका अध्यक्ष गणेश कार्कीका अनुसार योजना सम्पन्न गर्ने बर्ष नतोकिएकोले पनि चाँडै सम्पन्न हुने कुरामा उपभोक्ताले बिश्वास गरेका छैनन् ।ग्रामिण क्षेत्रमा सञ्चालित योजना भएकोले सरकारले बेवास्ता गरेर कम मात्र रकम बिनियोजन गर्ने गरेको कार्कीले आरोप लगाएका छन् ।
४
झापाका भिन्नाभिन्नै स्थानमा गइराति भएका सवारी दुर्घटनमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चारजना घाईते भएका छन् ।झापाको पथरीया ८ स्थित सहायक सडकमा मे१त ८०० नम्बरको ट्याक्टरवाट झरेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गरामनि ४ का ३५ बषिर्य अमरबहादुर मगर रहेको जील्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।उनी सोहि ट्याक्टरको चालक भएको वताइएको छ ।सहचालकले ट्याक्टर चलाईरहेका बेला पछाडि डालामा वसेका मगर एक्कासी ट्याक्टरवाट झरेका थिए ।उनको उपचारका लागि लाँदै गर्दा वाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको चारपानेमा विपरीत दिशाबाट आएका दुइ मोटरसाइकल जुध्दा चारजना घाईते भएका छन् ।
पश्चिमतर्फ गईरहेको मे२प२२०५ नम्बरको मोटरसाइकलमा सवार मोरङ उर्लावारी ४ का राजकुमार श्रेष्ठ र इन्द्र श्रेष्ठ तथा पूर्वतर्फ आउँदै गरेको मे१प७५९७ नम्बरको मोटरसाइकलमा सवार झापा अर्जुनधारा ६ का भानु महतरा र कुन्दन भट्टराई घाइते भएको प्रहरीले जनाएको छ ।
५
भारतिय व्यापारीहरुले आफुखुशी मुल्य निर्धारण गर्न थालेपछि यस वर्ष पूर्वी नेपालवाट भारततर्फ हुने अदुवा निकासीमा कमी आएको छ ।अघिल्ला वर्षको तुलनामा यस वर्ष पूर्वको काकरभिट्टा नाका हुँदै भारत तर्फको अदुवा निकासीमा कमी आएको हो ।भारतिय वजारमा उचित मुल्य नपाएपछि अदुवा निकासी घटेको झापाका अदुवा कृषकहरु वताउँछन ।चालु आर्थिक बर्षको पहिलो चार महिनामा ५ हजार ३ सय २१ दशमलव २७ मेट्रिक टन अदुवा भारत निकासी भएको प्लान्ट क्वारेन्टाइन क्षेत्रिय कार्यालय काकरभिट्टाले जनाएको छ ।गत बर्ष सोहि अवधिमा १२ हजार ४ सय२२ दशमलव २७ मेट्रिक टन अदुवा भारत निकासी भएको थियो ।नेपालमा अदुवा प्रसोधन केन्द्र नहुँदा भारतीय व्यापारीले आफुखुशी मुल्य निर्धारण गर्ने गरेका छन ।भारतिय व्यापारीको यस्तो प्रवृत्तिबाट प्रत्यक्ष मारमा नेपाली कृषक र व्यावसायी परेको नेपल अदुवा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्का वताउनुहुन्छ ।
६
नियमित उद्योगको नविकरण नगरेपछि इलामका ९६ बटा उद्योग खारेजीमा परेका छन।उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको सिफारिसमा ति उद्योग खारेजी गरेको हो । घरेलु तथा साना उद्योग विकास समिति इलाममा दर्ता भएका ५ सय उद्योग मध्ये ९६ बढि उद्योग मन्त्रालयको घरेलु तथा साना उद्योग विभागले खारेज गरेको उद्योग विकास समितिका प्रमुख अधिकृत विश्वरमण आर्चायले बताए ।खारेज भएका उद्योग निर्माण सेवा ४ , कम्पुटर प्रशिक्षण केन्द्र ९ , प्रशिक्षण केन्द्र २५ , राइस मिल २५ , सिलाइबुनाइ ९ , ढाका उद्योग र अन्य २० वटा रहेका छन् । सरकारले तीन बर्षमा उद्योग नविकरणका लागि १ लाख सम्मको ३ सय , ३ लाखसम्मको ५ सय ,५ लाखसम्मको ८ सय र ५० लाखभन्दा माथि लगानी भएको उद्योगबाट २ हजार ३ सय रुपैँयाँ राजस्व लिने गरेको छ ।
…….
आजभन्दा ठिक ३६५ दिन अगाडि हाम्रो छिमेकी छिमेकी जिल्लामा पर्ने छिमेकी गाविसको एउटा महत्वपूर्ण धार्मिक स्थलमा हाम्रै देशका राष्ट्रपति र सभामुख मुखामुख गर्दै थिए । लारूम्वा साँच्चै नै राम्रो ठाउँ रहेछ । हेर्ने हो भने यहाँ क्लिक गर्नु भए हुन्छ ।
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- सेरोफेरो
१ झापाको दमकमा सम्भावित बाढीको खतराबाट बच्नका लागि त्यस क्षेत्र आसपास हिँड्डुलमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ । इलामको बाँझोस्थित सिदुवा खोलालाई पुरेको पहिरो हिजोबाट हटाउन सुरु गरिएपछि सम्भावित खतराबाट बच्न रतुवा खोला आसपासमा प्रशासनले प्रतिबन्ध लगाएको हो । प्रशासनले प्रतिबन्ध लगाएपछि झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरको रतुवा किनारमा... - सेरोफेरो
१ चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको दाबी गरिएकी झापा दमक १३ की गीता सिटौलाका परिवारले आन्दोलनको चेतावनी दिएका छन् । दश दिनअघि विराटनगरस्थित विराट नर्सिङ होमका चिकित्सकको लापरवाहीले पित्तथैलीको शल्यकृयाको क्रममा उनको मृत्यु भएको थियो । नर्सिङ होमका निर्देशक ज्ञानेन्द्र कार्कीले पैसा खुवाएर पोष्ट मर्टमको रिर्पोट पनि आफूँ अनुकुल बनाएको... - सेरोफेरो
१ झापाको सतासीधामबाट गएराती प्रहरीले घरेलु हात हतियार सहित दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारीका तेन्जीङ लिम्बु र सतासीधाम ३ का नन्दकुमार मेयाङबो रहेका इलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । प्रहरीले उनीहरुबाट तरबार, छुरा लगायतका घरेलु हतियार र एक भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद... - सेरोफेरो
१ राष्ट्रिय अखण्डतामाथि आँच आउने कृयाकलापमा संलग्न भएको आरोपमा सरकारले पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चका ३ जनालाई राजद्रोहको अभियोग लगाएको छ । झापाको दमकबाट प्रहरीले सोमबार पक्राउ गरेको मध्ये तीन जनालाइ राजद्रोहको अभियोग लाई मुद्दा चलाउने तयारी गरेको हो । इलाम बाझोँ ९ का मानप्रसाद आङबोहाङ, मोरङ पथरीका बिनय फागो... - चिसोले मृत्यु
तराइमा केही दिन यता बढेको सितलहरका कारण झापाको दमकमा एकको चिसोले कठ्याँग्रेर मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक ११ को एक होटलमा काम गर्ने ५५ बषिर्य गणेश बुढाथोकी रहेका छन । उनको अहिले साढे १ बजे होटलमा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका बुढाथोकीको...