सेरोफेरो

समाचार तपाईंको प्रतिकृया थप्नुहोस्


झापाको दमक १० स्थित राज केमिकल्स प्रा.लि.मा आगलागी हुँदा छ लाख मूल्य बरावरको धनमाल क्षति भएको छ ।
गएराती विद्युत र्सट भई आगलागी हुदाँ विभिन्न केमिकल्स र फर्निचरका सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दमक नगरपालिकाको बारुणयन्त्र र प्रहरीले राती दुइ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । कम्पनीका संचालक राजेन्द्र ढकालले आगलागीबाट कम्पनीका महत्वपूर्ण कागजात पनि जलेर नष्ट भएको बताउनु भयो ।


यसैबीच सोमबार राति नै दमक १३ स्थित खेम पोखरेलको घरबाट नगद र गरगहना चोरी भएको छ ।पोखरेलको घरमा डेरा गरी बस्ने गीता रेग्मीको २० हजार नगद र आधा तोला तिलहरी साथै घरधनी पोखरेलको ४ तोला सुन र ४ हजार नगद तथा डेरा गरी बस्ने भुवन चिमरियाको एउटा ल्यापटप चोरी भएको दमक प्रहरीले जनाएको छ ।
यता झापाको मेचीनगर एक स्थीत खयरडाँगीमा स्थानिय लाल वहादुर शाहाको कुचो तथा पाटा गोदममा आगलागी हुँदा सामान्य क्षती भएको छ ।आगलागीलाई तत्कालै मेचीनगर नगरपालिकाको वारुण यन्त्रको सहायताले नियन्त्रणमा लिएकाले त्यति ठूलो क्षती हुन नपाएको स्थानियवासीले वताएका छन् ।छानामा रहेको रडमा वेल्डिङ्ग गर्ने क्रममा सो आगलागी भएको वताईएको छ ।


आम हड्तालका क्रममा मोटरसाईकल रोक्ने एकिकृत माओवादीका दुइ जना कार्यकर्ता अज्ञात समूहको कट्टी प्रहारबाट घाईते भएका छन् ।
गएराती झापाको दमक १४ मा मोटरसाईकलमा सवार युवा समूहलाई रोक्ने क्रममा माओवादीका कार्यकर्ता बिक्रान्त ओली र सूर्य लिम्बु खुकुरी प्रहारबाट सख्त घाईते भएका हुन् । उनीहरु दुबै जनालाई उपचारको लागि दमकबाट विराटनगर लगिएको छ ।
इलाका प्रहरी कार्यालय दमकले खुकुरी प्रहार गर्ने युवा समूहको खोजी भईरहेको जानकारी दिएको छ । आमहड्तालका बेला मोटरसाईकल चलाएको भन्दै रोक्न गएका माओवादीका कार्यकर्तालाई चारवटा मोटरसाईकलमा सवार युवाले खुकुरी प्रहार गरि भागेको प्रहरीले जनाएको छ ।
घटना भएपछि रातभर माओवादीले घटनामा संलग्न युवाको खोजी गरेपनि फेला पार्न सकेका थिएनन् ।



एकिकृति माओवादीले आज मध्यान्नबाट यातायातका साधन सुचारु गर्न दिने जनाउ दिएका भएपनि झापामा यातायातका साधन दिनभर चलेनन् ।
आम हड्तालको अन्तिम दिन आज जिल्लाका विभिन्न स्थानमा कोणसभा गरि माओवादीले नागरिक सर्वोच्चता कायम नहुन्जेल आन्दोलन जारी रहने जनाएका छन् ।
दमकमा वाईसीएलका कार्यकर्ताले हिजो माओवादीका दुइ जना कार्यकर्तामाथि भएको सांघातिक आक्रमणको विरोधमा दमक १४ मा जुलुस प्रदर्शन गरेका छन् ।
उता बन्दका क्रममा सोमवार राती झापाको काकरभिट्टामा एउटा एम्बुलेन्स तोडफोड भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा सुरुङ्गाको मे १ च ९५५ नम्वरको एम्बुलेन्स विरामी पुर्याएर फर्कने क्रममा तोडफोड भएको प्रहरीले जनाएको छ ।
चालिस पचास जनाको समूहमा रहेको जत्थाले एम्बुलेन्समा राती १० बजे तोडफोड गरेको रेडक्रस उपशाखा सुरुङ्गाले जनाएको छ ।

पूर्वी पहाडि जिल्ला पाँचथर सदरमुकाम फिदिम देखि ताप्लेजुङ्ग सदरमुकाम सम्मको सडक कालोपत्रे हुने भएको छ ।उक्त साढे ८६ किलोमिटर लामो सडक कालोपत्रेका लगि प्रविधिक परामर्सदाताहरुले कार्य सुरु गरिसकेका छन ।सडकमा कालोपत्रेका लागि ड्रेन तथा पर्खाल वनाउने कार्यहरु सूरु भएका हुन् ।एसियाली विकास वैक र ठेकदारबिच सो सडक दुइ वर्षत्रमा कालोपत्रे गरी सक्ने संझौता भएको थियो ।


एमाओवादीको दोस्रो दिनको आमहडतालमा बन्दकर्ताले सरकारीकार्यालयमा तोडफोड गरेपछि ०६६ पुस ६ गते मालपोत कार्यालय अगाडि झडप हुदाँ पाँच जना एमाओवादी कार्यकर्ताहरू तथा तीन जना प्रहरीहरू सामान्य घाइते भए ।

बन्द गराउने क्रममा एमाओवादी कार्यकर्ताहरूले शिक्षा कार्यालयमा तोडफोड गरे । उनीहरू बिहानै देखि सरकारी कार्यालयहरू बन्द गराउँदै हिडेका थिए । प्रहरीले ताला खुलाउँदै जाने क्रममा मालपोत कार्यालय अगाडि एमाओवादी कार्यकर्ताहरू र प्रहरीबीच झडप भएको थियो । झडपमा परि घाइते हुनेहरू मध्ये एमाओवादीका अईन्द्र केरूङ्ग, लक्ष्मी न्यौपाने, उमेश तिम्सीनालाई विपी कोइराला अस्पताल लगिएको छ । यसैगरी एमाओवादीकै अन्य घाइतेहरू वालकृष्ण सूवेदी, पवित्रा सूब्वाको उपचार पाँचथर अस्पतालमा भईरहेको छ ।

कुमार/टिकाराम

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. जँड्याहा पक्राउ
    झापाको दमक वेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा मदिरा सेवन गरेर हो हल्ला मच्चाउने दुई जना शरणार्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा वेलडाँगी एक सेक्टर जी २ को छाप्रा नम्वर १६९ का दिल वहादुर रसाईली र सेक्टर वि ३ को ३१ नम्वर छाप्राका भिम वहादुर क्षेत्री...
  2. सेरोफेरो
    १ झापाको २ अलग अलग स्थानमा आगलागी हुँदा ५ लाख बरावरको क्षति भएको छ । बुधावार राती झापाको दमक १ स्थीत बलबहादुर कुमालको २ तले काठको घरमा आललागी हुँदा ४ लाख बरावरको क्षति भएको छ । कुमालको घरमा रातको समयमा एक्कासी आगो उठेको र स्थानियबासी र दमक नगरपालिकाको दमकलको सहायताले...
  3. सेरोफेरो
    १ आइतवार दिउँसो तीन बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको दुधे खण्डमा भएको सडक दुर्घटनामा दुइ जना गम्भीर घाइते भएका छन् । पश्चिमतर्फ आउँदै गरेको मे १ ख १२६७ नम्वरको बसले साइकल यात्रीलाई ठक्कर दिँदा गाडीका मजदुर २४ वर्षीय राजन कट्टेल र साइकल यात्री सतासी-९ का २० वर्षीय चन्द्र कार्की घाइते...
  4. सेरोफेरो
    १ नागरिक सर्बोच्चता कायम गर्न भन्दै एकिकृत माओवादीले बन्दका क्रममा सबारीसाधनमा आगजनी गरेको बिरोधमा झापाको गौरादहमा स्थानियबासीहरुले माओवादी बिरुद्ध आन्दोलन गरिरहेका छन । हिजो बन्दका क्रममा माओवादी कार्यकर्ताहरुले एमाले सभाषद दिपक कार्की सहित ३ स्थानियको घरमा आगजनी गरेका थिए । त्यसैको बिरोधमा स्थानियबासीहरुले आगजनी भएका सबारी बाटोमा तेर्स्याएर बिरोध प्रदर्शन...
  5. सेरोफेरो
    १ झापाको टाघनडुब्बामा आगलागी हुँदा एकै घरका दुइ वालवालिकाको जलेर मृत्यु भएको छ । शनिबार साँझ भएको आगलागीवाट तीन घर जलेर नष्ट हुँदा ५ लाख रुपैंया वरावरको क्षति समेत भएको छ । टाघनडुब्बा-६ का मोहम्मद औतारी मीयाको घरमा साँझ ५ वजे लागेको आगोले जलेर उनका ९ वषिर्य छोरी नसीमा खातुन...

फेसबुकमा राख्नुस्

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in