सेरोफेरो

समाचार तपाईंको प्रतिकृया थप्नुहोस्


एकिकृत माओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताले नियन्त्रणमा लिएका युवालाई छाडेपछि दमकमा जारी तनाव साम्य भएको छ ।
दुइ दिनअघि दमक १४ मा अज्ञात समूहले माओवादीका कार्यकर्ता बिक्रान्त ओली र सूर्य लिम्बुलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । घटनामा संलग्न रहेको दाबी गर्दै दमकका राजकुमार ।श्रेष्ठलाई वाईसीएलले आज नियन्त्रणमा लिएपछि विवाद चर्किएको हो ।
उनलाई छुटाउन दबाव दिदैं युवाहरुको समूहले दमकमा चक्काजाम र विरोध प्रदर्शन गरेका थिए । श्रेष्ठलाई वाईसीएलबाट छुटाएर सशस्त्र प्रहरी बल पाथिभरा गणमा लगिएपछि चक्काजाम फिर्ता भएको हो । आज बिहान नागरिक समाजको ब्यानरमा स्थानियवासीले जुलुस निकालेका थिए ।


घटनालाई थप बढ्न नदिन गणमा आज हुने रंगशाला निर्माण सम्बन्धि वार्तामा आजको विवादको दुबै पक्षबीचको छलफल हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले बताउनु भयो । यता माओवादीले आफ्ना कार्यकर्तालाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेको दाबी गर्दै प्रहरीमा उजुरी दिएका व्यक्तिहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक नविन कार्कीले घटनामा संलग्नको खोजी भईरहेको जानकारी दिनु भयो । माओवादीले हिजो एक दर्जन युवाको विरुद्धमा किटानी जाहेरी दिएको थियो ।
एकिकृत माओवादीको संयुक्त जनआन्दोलन समितिले अहिले दमक चौकमा सभा आयोजना गरि आफ्ना कार्यकर्तालाई घाईते बनाउनेको खोजी गरि कार्वाही चलाउन माग गरेको छ । यस क्रममा वाईसीएलका कार्यकर्ताले दमक चौकमा मार्चपास समेत गरेका छन् ।


एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीले आज दमक बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
विभिन्न पाँच सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएको संगठनले त्रिभुवन विश्वविद्यालयले बढाएको शुल्क घर्टाईनु पर्ने , क्याम्पसले लिने प्रवेश शुल्को व्यवस्था खारेज गर्नु पर्ने लगायत माग अघि सारेको छ ।
संगठनका क्याम्पस इकाई अध्यक्ष रवि बस्नेतले माग पुरा नहुन्जेल आन्दोलन जारी राखिने बताउनु भयो । संगठनको तालाबन्दीका कारण आज क्याम्पस प्रमुख हरिसाद जैसवालले आफ्नो कार्यालयमा बसेर कार्यसंम्पादन गर्न नपाएको जनाउनु भएको छ ।


झापाको लखनपुरमा रंगशाला निर्माणका लागि सरोकारवालाले छलफल शुरु गरेका छन् ।
दमक नगरपालिका र दमक उद्योग वाणिज्य संघको पहलमा रंगशाला निर्माणको सम्भाव्यताको विषयमा छलफल शुरु भएको हो ।
त्यस विषयमा आज सशस्त्र प्रहरी बल पाथिभरा गणको मेची अन्चल कार्यालय लखनपुरमा छलफल भएको छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले गण आसपास चिहान रहेको क्षेत्रलाई व्यवस्थित गरि रंगशाला निर्माण गर्ने विषयमा छलफल भएको बताउनु भयो । रंगशाला निर्माणका लागि आफूहरुले पनि पहल गरिरहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकास प्रर्साईले बताउनु भयो ।


बालवालिकाको क्षेत्रमा कार्यरत संस्था उप्का नेपालको दमक शाखाको वाषिर्क समिक्षा गोष्ठि आज संम्पन्न भएको छ ।
दाता निकाय एक्सन एड विराटनगर कार्यालयकी कार्यक्रम अधिकृत राजकुमारी गुरुङले सहजीकरण गर्नु भएको कार्यक्रममा बालश्रम, सडक बालवालिकाको अवस्था र उनीहरुलाई पुर्याइएको कार्यक्रमको विषयमा छलफल गरिएको थियो ।
त्यस अवसरमा अभियानकर्मी तारा रणपहेलीले वाषिर्क प्रतिवेदन प्रस्तुत गर्नु भयो । उप्काका फिल्ड संयोजक जीवन नेपालीले संस्थाको गतिविधिको विषयमा जानकारी गराउनु भएको थियो ।



झापाको धरमपुरमा हिजो साँझ बिरामी पुर्याएर फर्कदैं गरेको एउटा एम्वुलेन्समा अज्ञात समुहले तोडफोड गरी क्षति पुर्याएको छ ।पूव पश्चिम राजमार्ग अन्तरगत धरमपुर ८ मा नेपाल रेडक्रस सोसाईटि उपशाखा घैलाडुवाको मे १ च ५२५ नम्वरको एम्वुलेन्सलाई सो समुहले तोडफोड गरी क्षति पुर्याएको हो । सडकमा एम्वुलेन्स रोकेर साँझ साढे छ वजेतिर गरिएको तोडफोडवाट एम्वुलेन्सको अगाडिको सिसा फुटेको छ ।घटनामा संलग्नको पहिचान हुन नसकेको र खोजी कार्य भईरहेको झिलझिले प्रहरीले वताएको छ ।


एक साताअघि अपहरणमा परेका झापा धुलावारीका तीन जना बिद्यार्थी एवं व्यवसायीहरु गएराति अपहरणमुक्त भएका छन् । मेचीनगरस्थित धुलावारी घर भएका कालु भनिने विकी खडेलिया, मोहमद इन्तियाज मिया र रजक जैन विर्तामोडबाट धुलावारीतर्फ आउँदै गर्द मे१प ५४५९ नम्वरको मोटरसाइकलसहित गत बुधवार साँझवाट अपहरणमा परेका थिए ।
अपहरणकारीले उनीहरु तीनै जनालाई गएराति साढे दस वजेतिर झापाको चन्द्रगढी ४ स्थित घोडामारामा ल्याएर अपहरणमुक्त गरेका हुन् ।उनीहरु तीनैजनाको अवस्था सामान्य रहेको छ । अपहरणकारीले उनीहरुलाई भारतको किसनगञ्जस्थित एक अज्ञात स्थानमा एकसाता सम्म राखेर निश्चित रकम फिरौति लिई छाडेको वताईएको छ ।तर पिडितले भने फिरौती रकमका बारेमा केहि पनि वताउन चाहेनन् ।यस बिषयमा प्रहरीले घटना थप अनुसन्धानमा रहेको वताएको छ ।झापाका प्रहरी प्रमुख रविन्द्र शर्माले अपहरणमा परेको तीनैजना मुक्त भएको जानकारी दिँदै घटना अनुसन्धानमै रहेकाले थप केहि वताउन नसकिने जानकारी दिनुभयो ।बिर्तामोडको एमिटी कलेजमा वीवीएस प्रथम वर्षमा अध्यायनरत उनीहरु तीनैजनाले झापाको बिर्तामोडमा व्यावसय समेत सञ्चालन गर्दै आएका छन् ।




नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दूइवर्ष वितिसक्दा मात्रै नेपालको पूर्वी प्रवेशद्वार काकरभिट्टास्थित पूर्वी गेटमा रहेको पुरानो राष्ट्रिय गान र शाही चिन्हहरु आज हटाइएका छन् ।नेकपा एमाले निकट प्ररायु संघ र युथफोर्समा आवद्ध युवाहरुले आज झापाको काकरभिट्टास्थित पूर्वी प्रवेश गेटमा अंकित पुरानो राष्ट्रिय गान, शाही चिन्ह, श्रीपेच, राजदण्ड, जंगीनिसान लगायतलाई मेटाएका हुन् ।
राजाको प्रत्यक्ष शासान समाप्त भएर देश लोकतान्त्रिक गणतन्त्र घोषणा भईसक्दा समेत पनि सो गेटमा पुरानो राष्ट्रिय गान र शाही चिन्हहरु यथावत रहएको थियो ।मुख्य प्रवेशद्वार मै रहेका त्यस्ता पुरानो व्यवस्थाको झल्को दिने चिन्ह र पुरानो राष्ट्रिय गानले देशी विदेशी पर्यटकलाई गलत सन्देश जाने तथा सोही मार्ग भएर आवत जावत गर्नेलाई खल्लो महसुस हुने भएकाले त्यहाँ रहेका त्यस्ता चिन्हहरु हटाइएको प्ररायुसंघ मेचिनगरका अध्यक्ष राजेश राउतले वताउनुभयो ।परिवर्तनको महसुसका लागि पनि त्यस्ता चिन्हहरु मेटिनुपर्ने युथफोर्स मेचीनगरका संयोजक वालकृष्ण थापा वताउनुहुन्छ ।

कुमार/अन्य

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. शरणार्थी सेरोफेरो
    १ भुटानी शरणार्थीले चलाउने सवारी साधनको विवरण संकलन गर्ने काम शुरु गरिएको छ । शिविरमा खटिएका सशस्त्र प्रहरी र शिविर व्यवस्थापन समितिका प्रतिनिधिले लगत संकलन गर्ने काम शुरु गरेका हुन् । सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीका गणपती सशस्त्र प्रहरी उपरिक्षक गणेश ठाडा मगरले सो कार्यमा सातै शिविरमा स्थापना गरिएका...
  2. शिविरहरूमा सुरक्षा कडा पारिने
    झापा र मोरङमा रहेका भुटानी शरणाथीका शिविरको सुरक्षलाई थप व्यवस्थित गर्ने विषयमा सुरक्षा निकायले छलफल शुरु गरेको छ । शिविर व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरि सुरक्षा निकायका अधिकारीले अपनाउन सकिने सावधानी र सुरक्षाका विषयमा शरणार्थीका अगुवासँग सुझाव लिएको हो । आज सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीले त्यस विषयमा दमकस्थित...
  3. सेरोफेरो
    १ झापाको दमक १ का राजेन्द्र अधिकारीको मृत्युको सम्बन्धमा छानविन गर्न प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घटनाले उग्र रुप लिएपछि प्रहरीले नेत्र खड्का, प्रेम लिम्बु, रोशन सुन्दास र कुमार नेपाललाई पक्राउ गरेको हो । चारैजना दमक १४ स्थित एडिक्शन रिकभरिङ सेन्टरका कर्मचारीहरु हुन् । सेन्टरमा उपचारका लागि राखिएका...
  4. सेरोफेरो
    १ प्रहरी र क्वारान्टाइन चेकपोष्टका प्राविधिकले अबैध रुपमा रकम लिने गरेको झापाका कुखुरा व्यवसायीहरुले गुनासो गरेका छन् । झापाबाट काठमाण्डौ लैजाने क्रममा प्रहरीले हिजो भन्टाबारीबाट निरोगी कुखुरा प्रमाणित गर्न प्राबिधिक र प्रहरीले रकम लिएको व्यवसायीहरुले दाबी गरेका हुन् । सुनसरी चेकपोष्टका प्राविधिक डाक्टर राजकुमार मण्डल र स्थानिय प्रहरी निरीक्षकले दमकका...
  5. शरणार्थी सेरोफेरो
    १ झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा पालिएका कुखुरा मर्न थालेका छन् । बिरामी तीन दिनयता कुखुरा विरामी परेका कुखुरा मर्न थालेको शिविर व्यवस्थापन समितिले जनाएको छ । बेलडाँगीका तीनवटै शिविरमा दर्जनौ कुखुरामा झोक्राउने, मुन्टो बटार्ने र र्याल काड्ने लक्षण देखिएको छ । कुखुरा मर्न थालेको विषयमा शरणार्थीले शिविर व्यवस्थापन...

फेसबुकमा राख्नुस्

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in