१
तीन दशक अघिदेखि सरकारको जिम्मामा रहेको कन्काई नहर सरोकारवाला उपभोक्तालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।
१
बेलडाँगी शरणार्थी शिविरको एक कुनामा उज्यालो हुनुअघि बज्ने शंख घण्टको आवाजले वरिपरिका अरु छाप्राका शरणार्थीको निन्द्रा खुल्छ । बौदिक मन्त्रोच्चारण गर्दै पञ्चायन देवताको खास्सा ब्राह्मण काइदाले पूजा गरेर पण्डित अर्जुन सेक्टर सी को आफ्नो छाप्रोबाट प्रातःकालीन सूर्यलाई पानी चढाउन बाहिर निस्कदा अरु छाप्राका ढोका खुलेकै हुँदैनन् । निधारमा सेतो तिलक, काँधमा जनै अनि गेरु बर्णको कछाड, यहि एकसरो पहिरनमा देखिने पण्डित अर्जुनको थर भने विश्वकर्मा हो ।
कथा अलिक बेग्लै पाराको छ । १८ बर्षअघि नेपालमा आउनुअघि अर्जुन विश्वकर्माको हक भोग लाग्ने घरबास दक्षिण भुटानको चिराङ्ग जिल्लामा थियो । किसानी गृहस्थी चलाउन हलोको अनौ र फरुवाको बिँड समाएकै हुन् अर्जुनले । भ्याँउदा फलामको घरेलु औजार बनाउने परम्परागत पुस्तौनी काम पनि भ्याएकै हुन् । “चार गाउँका मान्छे आँगनमा हँसीया खुकूरी अर्जाप्न आउँथे” भन्छन् अर्जुन ।