शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार6 प्रतिकृयाहरु »


नेपालका लागि भारतीय राजदूत राकेश सूदले भुटानी शरणार्थी समस्या नेपाल र भुटानले नै समाधान गर्नुपर्ने बताउनुभएको छ।
झापाको लखनपुरमा एक विद्यालय भवन शिलान्यास गर्न बुधबार पुग्नुभएका सूदले सञ्चारकर्मीसँगको भारत समस्या समाधानको पक्षमा छ तर पहलको जिम्मेवारी नेपाल र भुटानकै हो भन्नुभयो।
उहाँले शरणार्थी मामिलामा ती दुई देशले गर्ने निर्णय भारतलाई मान्य हुने पनि उहाँले बताउनुभयो।
राजदूत सुदले मानवताको दृष्टिकोणले पनि भारत भुटानी शरणार्थी समस्या चाँडै समाधान होस् भन्ने चाहेको बताउनु भएको छ।
झापा र मोरङका सातवटा शिविरमा १८ वर्षदेखि बासोबास गर्दै आएका भुटानी शरणार्थी भारतको बाटोहुँदै नेपाल आएका हुन्।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

दस्तावेज, फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


संयुक्त लिम्बुवान मोर्चा, नेपालको विशेष बैठक लिम्बुवानको विर्तामोडस्थित् किरात याक्थुङ चुम्लुङहिम् चारपाने झापामा बसेको छ । मोर्चाको कार्यदलसहित शीर्षस्थ नेतृत्वहरु समेतको उपस्थितिमा भएको यस बैठकले मोर्चामा आवद्ध नरहेको संघीय लिम्बुवान राज्य परिषद् (पालुङ्वा समूह) संगको छलफल र मोर्चामा आवद्ध हुने बारे, मोर्चाको आजसम्मको गतिविधिहरूको समीक्षा, लिम्बुवानको साँध-सिमाना र मोर्चाको आगामी लिम्बुवान आमसभालगायत अन्य कार्यक्रम सम्बन्धमा विशेष छलफल र निर्णयहरु गरेको जनाइएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in