१
बायो उर्जा प्रयोग गर्न उपभोक्तालाई उत्प्रेरित गर्ने उदेश्यले दमकको हंम्सेदुम्से वनले चलाएको अभियान प्रभावकारी बनेको छ ।
बन विनास रोक्न र वन संरक्षण गर्न प्रेरणा दिने उदेश्यले वनले उपभोक्तालाई अनुदान उपलब्ध गराई गोबर ग्यास जडान गर्ने योजना अघि सारेको हो ।
अभियान सुरु भएपछि दमक १, २, ४, ६, ७ र ८ नम्वर वडाका पाँचसय उभोक्ताले गोबर ग्यास जडान गरेका छन् । वनका सचिव नगेन्द्र दाहालले वनले २५ सय रुपैयाँ सम्म अनुदान दिने व्यवस्था गरिएको बताउनु भयो ।
उहाँका अनुसार यो अभियान चलाएपछि उत्तरी दमकका उपभोक्ताले दाउरा प्रयोग गरि खाना बनाउने क्रम घटेको छ । हंम्सेदुम्से वन क्षेत्रमै भुटानी शरणार्थीको बसोवास रहेकोले पनि वन अतिक्रमणको चपेटामा परेको उहाँले बताउनु भयो ।
अन्तरीको मन औडाले भतभति पोलेको छ हिजोआज । माईतीको आँगनी पुग्दा मन ओइलायो यसपाली । फेरि भेट होला कि नहोला भन्ने एकोहोरो चिन्ताले खर्लप्पै गाँजेको छ उनलाई । भन्छिन्-बाबा, आमा, दाजु, भाइ, दिदी, बहिनी र तिनका मसिना छोराछोरीसँग मेरो यो अन्तिम भेट पनि हुनसक्छ ।’
धनमाया र कृष्णप्रसादकी ३५ वर्षीय अन्तरी छोरी (भुटान सरकारले अप्ठ्यारो खेद्ला भन्ने डरले उनकै आग्रहमा नाम गोप्य राखियो) सँग पनि एक वर्षको शरणार्थी जीवनको अनुभव छ । आफ्नै सरकारको डरले १९ वर्षअघि दागना भाले गाउँको रेखोपाखो सहितको रैकर जग्गा छोड्नु परेको थिएन भने उनी फुन्चोलिङबाट कोशेलीपाती बोकेर भाले गाउँ नै माइत जान्थिन् । तर उनको माईती त्यहाँबाट कम्तिमा तीन सय किलोमिटर टाढा पूर्वी नेपालको झापा बेलडाँगी शरणार्थी शिविरमा छ । पुनर्वासको लागि अमेरिका उड्न लागेको माइतीको न्यानो आँगन अर्को सातादेखि सधैका लागि ओझेलमा पर्नेछ, दक्षिण एशियाबाटै । सोच्यो की मन भक्कानिएर आउँछ उनको ।
अमेरिकाको जुम्ल्याहा टावरमाथिको आतङ्की हमला, जो नाईन-इलेभेनले बदनाम छ, त्यसबाट अत्तालिएको अमेरिकाले आतङ्कवादको सर्वनाशका निम्ति नसोध्नुस कि केसम्म गरेन । तेलका कुवाहरु हात पार्न ठालुहरुले खाडीमा युद्धको ताण्डव मात्रै मच्चाएनन् बल्कि आजका मितिसम्म युद्धको त्यो ताण्डन शान्त हुनसकेको छैन र सद्धाम शासनको पतन भएको बर्षौँ बितिसक्दा पनि त्यहाँ तैनाथ गरिएका डेढलाखभन्दा बढी नेटो सेनालाई त्यहाँबाट हटाईएकै छैन । किनकि, आतङ्कवाद बिरुद्धको लडाईँ भन्दै दादाहरुले त्यहाँ जति धनराशी खर्चेका छन्, त्यसको लाखौँ गुना ज्यादा असुली त्यहाँका तेलबाट हासिल गरिरहेका छन् ।
आफूले सात वर्षसम्म अध्ययन गरेको सरस्वती मा.वि.को फोटो खिच्ने धेरै अघिदेखिको रहर हिजो बल्ल पूरा भयो ।
