शरणार्थी सेरोफ्ररो

शरणार्थी, समाचार1 प्रतिकृया »


खुदुनाबारी शरणार्थी शिविरमा हिंजो रक्तदान कार्यक्रम सम्पन्न भयो । त्यो कार्यक्रममा खुदुनाबारी शरणार्थी शिविरको युवा मैत्री केन्द्रका कार्यक्रम संयोजक दिपक मिजार सहित ३१ शरणार्थीले जनही तीन सय एम एल का दरले रगत दान गरेका थिए ।
त्यो रक्तदान कार्यक्रम दमक रेड्क्रसको प्राविधिक सहयोगमा खुदुनाबारी शरणार्थी शिविरको युवा मैत्री केन्द्रले आयोजना गरेको थियो । जम्मा भएको सबै रगत हिजो नै दमक रेड्क्रसलाई जिम्माा लगाइएको बताइएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

इलामका केही खवर

फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


silk-farmingएक समयमा इलाममा रेशम कीरा पाल्न कृषकहरु निक्कै उत्साहित भएका थिए तर त्यो उत्साह अहिले समाप्तीतिर लागेको छ । विभिन्न रोगका कारण उत्पादन घट्न थालेपछि रेशमखेती संकटमा पर्दै गएको छ । वाषिर्क १५ मेट्रिक टनसम्म उत्पादन हुँदै आएको रेशम केही वर्षदेखि ३ दशमलब ५ मेट्रिक टन मात्र उत्पादन हुन थालेको छ । रेशम कीराले लगाएको कोकनबाट धागो निकालेर कपडा बनाउन प्रयोग गर्ने गरिन्छ । एक सिजनमा उत्पादन भएको रेशमको आम्दानीबाट छ महिना सम्मको लागि छाक टार्ने गरेका कृषकको आम्दानी अहिले घटेको छ । रेशम किराको विभिन्न रोगका कारण उत्पादनमा ह्रास आउन थालेपछि कृषकहरु बैकल्पिक खेतीतर्फ लागेका छन् ।
रेशमकिराको आहाराको लागि लगाइएको किम्बु घाँस हटाएर अहिले त्यो जमिनमा अम्लिसो, अदुवा, खोर्सानी लगायतका नगदेवाली लगाउन थालेका छन् । इलाममा रेशमकिरा पालनको लागि लुथरन विश्व फेडेरेशनको सहयोग गरेको थियो । इलाममा २०४६ सालदेखि यो खेतीको शुरुवात गरिएको बताइएको छ । रेशमखेतीका लागि चाहिने आवश्यक सामाग्री फेडेरेशनले जुटाइदिने र महिलालाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप फेडेरेशनले रेशमखेतीको शुरुवात गरेको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले झापाको सतासीधामस्थित कन्काई सिंचाई आयोजनाको नाममा रहेको पाँच बिगाह पाँच कठ्ठा जग्गा कब्जा गरेका छन् ।माओवादीको भातृ संगठन अखिल नेपाल किसान संघ २००७ ले सतासीधाम-८ स्थित कन्काई सिंचाईको नाममा रहेको सो जग्गामा व्यानर र झण्डा गाडेर कव्जा गरेको हो ।जग्गा कव्जापछि आयोजित कोणसभामा बोल्दै अखिल नेपाल किसान संघका झापा अध्यक्ष तारा सुवेदीले कव्जा गरिएको जग्गामा सुकुम्वासी राखिने वताए । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in