१
एकिकृत माओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताले नियन्त्रणमा लिएका युवालाई छाडेपछि दमकमा जारी तनाव साम्य भएको छ ।
दुइ दिनअघि दमक १४ मा अज्ञात समूहले माओवादीका कार्यकर्ता बिक्रान्त ओली र सूर्य लिम्बुलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । घटनामा संलग्न रहेको दाबी गर्दै दमकका राजकुमार ।श्रेष्ठलाई वाईसीएलले आज नियन्त्रणमा लिएपछि विवाद चर्किएको हो ।
उनलाई छुटाउन दबाव दिदैं युवाहरुको समूहले दमकमा चक्काजाम र विरोध प्रदर्शन गरेका थिए । श्रेष्ठलाई वाईसीएलबाट छुटाएर सशस्त्र प्रहरी बल पाथिभरा गणमा लगिएपछि चक्काजाम फिर्ता भएको हो । आज बिहान नागरिक समाजको ब्यानरमा स्थानियवासीले जुलुस निकालेका थिए ।
Dec 23
Dec 23
Dec 23
आज दिनभर दमक चोक एकदमै अशान्त बन्यो । बन्दका क्रममा गएको सोमबार मोटरसाइकल रोक्ने क्रममा दुइ जना माओवादी कार्यकर्ता अज्ञात समूहबाट काटिएका थिए । माओवादीको युवा दस्ता वाइसीएलले युथफोर्सका कार्यकर्ताले काटेको आरोप लगाएको छ भने युथफोर्सले त्यसको खण्डन गरिसकेको छ ।
उक्त घटनाको अनुशन्धानको क्रममा प्रहरीले दमक १४ का आशिष तामाङलाई पक्राउ गरि अनुसन्धान गरेको छ भने वाइसीएलले पनि आफ्नै तरिकाले खोजविन गरिरहेको छ । आज विहान वाइसीएलले सगरमाथा पेट्रोल पम्पका लेखापाल राज कुमार श्रेष्ठलाई अपहरण गरेको छ । उनको अपहरणपछि स्थानीयबासी र युथफोर्स समेतको संलग्नतामा दमकमा उनको रिहाइको माग गर्दै वाइसीएल विरुद्ध जुलुस र नाराबाजी भयो ।

