गाविसमा कम्प्यूटर

प्रविधि, समाचार विश्लेषणकुनै प्रतिकृयाहरु छैनन् »

staffझापाको तोपगाछी गाविसका खरीदार वुद्धिमान पौडेल आफ्नो ३३ वर्ष लामो जागिरे जीवनमा पहिलोपटक कम्प्युटरमा कार्यालयको काम गर्न पाएकोमा दंग हुनुहुन्छ ।
आफ्नै पालामा कम्युटर चलाउनु पर्छ भन्ने उहाँले सोचेको पनि थिएन । ५२ वर्षको उमेरमा आफू कार्यरत कार्यालयमा कम्युटरको प्रयोग हुन थालेपछि पौडेललाई अवसर र चुनौती दुवै थपिएको छ । यसरी कार्यालयमा नै कम्युटर भएपछि चिठ्ठीपत्र, सिफारिसका काम सवै कम्प्युटरवाट गर्न थालिएको छ । गाविसका सम्पूर्ण डाटासमेत कम्प्युटरमा इन्ट्री गर्ने काम भईरहेकाले अव चाँडै सवै काम कम्प्युटरवाटै गर्न तयारी भइरेको कुरा गाविस सचिव विरेन्द्र खड्का वताउनु हुन्छ । कम्प्युटरको प्रयोग भएपछि सधैं हातले लेख्दा एक घण्टा लाग्ने सिफारिस पत्र अहिले पाँच मिनेटमा नै हुन थालेको छ । कार्यालयका यस्ता सवै कागज पत्रको नमुना तयार गरिएको छ भने कस्लाई कस्तो काजग पत्र तयार गर्नु पर्ने हेरेर तत्काल गर्न सकिने भएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको गौरादहमा घरायसी विवादमा वढेपछि आज एक युवकले खुकुरी प्रहार गरी वावुको हत्या गरेका छन् ।
गौरादह गाविस वडा नं. - १ स्थित आफ्नै घरमा विहान ११:३०बजे ६६ वषिर्य भगिश्वर वेघालाई माइलो छोरा राजकुमारले खुकुरी प्रहरा गर्दा घट्ना स्थलमा नै मृत्यु भएको थियो । वावुछोरा विचमा घरायसी चर्कदै गएपछि छोराले खुकुरी प्रहार गरेको पारिवारिक स्रोतले जानकारी गाएको छ । मृतकको पोष्टमर्टमपछि आजै दाह सँस्कार गरिएको छ ।
वावुको मृत्युपछि राजकुमारलाई प्रहरीले हिरासतमा लिएर कार्वाही प्रकृया अघि वढाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

ल्सोसारको शुभकामना

संस्कृतिकुनै प्रतिकृयाहरु छैनन् »

बौद्ध धर्म मान्ने गुरूङहरूको साँस्कृतिक चाड ल्होसारको अवसरमा उक्त धर्मप्रति आस्था राख्ने सवैमा शुभकामना ।
बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार आज काठमाडौंलगायत गुरुङ बस्ती भएका विभिन्न भागमा मनाइँदै छ । नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, सेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

रहेनन् टीकाराम

दुर्घटना, फोटो, शरणार्थी, समाचार4 प्रतिकृयाहरु »

tikaram_koirala1पछाडिबाट आएको कारको ठक्करबाट सख्त घाइते भएका टिकाराम कोइरालाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in