२ दिन काठमाडौंमा

कला, फोटो, समाचार2 प्रतिकृयाहरु »

पौष १० गते, दिउँसो
_mg_0186
नाटककार प्रकाश आङ्देम्बेद्वारा सृजित नाटक सृष्टी प्रलयको संघारमामाथि विशिष्ट वहस फिसर नेपाल कमलादीको आयोजनामा काठमाडौंमा सम्पन्न भयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


स्थानिय निकाय कर्मचारीको आन्दोलन तत्काललाई फिर्ता भएपछि एक सातादेखि दमक नगरमा थुप्रिएको फोहोर आज उठाईएको छ ।
नगरपालिका कार्यालय सरसफाई विभागका प्रमुख द्रोण थापाले कर्मचारीको आन्दोलन तत्काललाई स्थगन गर्ने निर्णय भएअनुरुप आजबाट फोहोर उठाउने कार्यलाई निरन्तरता दिइएको बताउनु भयो ।
आन्दोलनका कारण फोहोर नउठाइँदा दमक नगर दुर्घन्धित भएको थियो । सरसफाईमा खटिएका कर्मचारीहरुले भने एक सातासम्म थुप्रिएको फोहोर एकैपटक उठाउन समस्या भएको बताएका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

फोटो, शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


bhuwanभुटानी युवा राकेश गजमेरद्वारा निर्माणाधिन नेपाली कथानक चलचित्र रहस्य आफ्नोपनका नायक भुवन रणपहेली अमेरिकाको नर्थ क्यारोलिनामा आगलागीमा परि सिकिस्त घाइते भएका छन् । उनी आफ्नो भुमिकाको सुटिङ सकि केही दिन अघिमात्र अमेरिका पुनर्स्थापनामा गएका थिए । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बेलडाँगी शिविरस्थित उनका आफन्तजनले जानकारी दिएका छन् ।
उक्त चलचित्रका भुटानी शरणार्थी शिविर वेलडाँगीका प्राविधिक तथा कलाकारहरुले घाइते कलाकार रणपहेलीको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
तितोपिरोमिठो परिबारको तर्फबाट पनि कलाकार भुवन रणपहेलीको सिघ्र स्वास्थ्य लाभको कामना ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


आईतबार दिउँसो झापाको दमकमा नाटकिय ढंगले रुपैया चोरी भएको छ ।
घर बनाउनका लागि बैकबाट रकम झिकेर आउँदै गर्दा दमक १५ की रेनु निरौलाकी १८ हजार रुपैया र मोबाईल सहित झोला आँखैअगाडी चोरी भएको थियो । साईकलको पछाडी क्यारियरमा मोबाईल र पर्स भएको व्याग च्यापेर नेपाल बैंक नजिकै आउँदै गर्दा साईकलमा डोरी पसेपछि रोकेर डोरी झिक्दा एक युवकले व्याग लिएर फरार भएको उनले बताईन् । त्यसपछि तत्काल प्रहरीलाई खबर गर्दा पनि चोर पत्ता लाग्न नसकेको उनले दुःख व्याक्त गरिन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

प्रबासका केहि खबर

प्रवास, फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

मलेसियामा नेपालीले सुरक्षा गार्ड बन्न नपाउने
security_guard
मलेसियामा अब नेपालीहरूले सुरक्षा गार्डको काम गर्न नपाउने भएका छन्। दुई वर्षदेखि नेपालीले मात्र यो काम पाउँदै आएकोमा विभिन्न स्थानीय संस्थाको दबाबमा मलेसियाले नेपालीलाई पनि काममा नलगाउने निर्णय गरेको हो।सुरक्षा गार्डका रूपमा नागरिक सुरक्षा स्वयंसेवक दस्ता (रेला) र नागरिक सुरक्षा दस्तामा कार्यरत स्थानीय अधिकारीलाई मात्र रोजगार दिने उसको नीति छ।सेक्युरिटी गार्ड एसोसिएसन अफ मलेसिया (एसएसएएम) ले त्यहाँ १५ हजार नेपाली सुरक्षा गार्ड गैरकानुनी रूपमा काम गरिरहेको आरोप लगाउँदै तीन साताअघि नियन्त्रणको माग गरेको थियो।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कोचिला मानिदैन, धिमाल स्वायत्त क्षेत्र हुनुपर्छ

फोटो, राजनीति, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

a-mass-rallay-of-dhimals-for-dhimal-autonoumous-area-within-limbuwn

‘राष्ट्रिय स्वाधीनता विशिष्ट जातीय स्वायत्तता आजको आवश्यकता’ भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गत् संघीय धिमाल स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन २०६६ पुस ३ र ४ गते उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवानमा बाङगाइ धिमालको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

खेलकुद, शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


क्रिसमसको अवसरमा भुटानी शरणार्थीका विभिन्न संघसंगठनहरुले विज्ञप्ति निकालेर धार्मिक सहिष्णुता, सद्भाव र आपसी भातृत्वको विस्तारका लागि कामना गरेका छन् ।
भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका अध्यक्ष डा. भम्पा राई, भुटानी शरणार्थी वाल मञ्चका कार्यक्रम संयोजक इन्द्र तिम्सिना लगायतले छुट्टाछुट्टै विज्ञप्ति निकालेर यस्तो कामना गरेका हुन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

नेता, कुर्सी र नागरिक सर्वोच्चता

राजनीति, विचार3 प्रतिकृयाहरु »

uttamलोकतन्त्र स्थापनापछि पनि देशमा बन्द, हड्ताल रोकिएन् । देश बदल्नका लागि राज्य सत्ता बदल्नु पर्छ, राजसंस्था फाल्नु पर्छ, देश विकासको बाधक भनेकै राजसंस्था हो, राजसंस्था रहेसम्म देश बनाउन सकिन्न, त्यसैले हामी देश बनाउनका लागि, लोकतन्त्र ल्याउनका लागि अनि गणतन्त्र स्थापना गर्नका लागि लागिपरेका हौं भनिन्थ्यो, खोइ देश बदलिएको ? गणतन्त्र स्थापनापछि देशमा आमूल परिवर्तन हुन्छ, हत्या हिंसा र आतंक सदाका लागि अन्त्य हुन्छ, नेपाली जनताले शान्तीको सास फेर्छन, वाक स्वतन्त्रता हुन्छ भनिन्थ्यो । खोइ के यही हो लोकतन्त्र ? यही हो वाक स्वतन्त्रता ? लोकतन्त्रमा त आफ्नो मनमा लागेका कुराहरु राख्न पाइन्छ भन्थे, हरेक विचारको कदर हुन्छ भन्थे, फरक विचारको समेत सम्मान हुन्छ भन्थे, आखिर खोइ त्यो सम्मान ? कि गणतन्त्रमा सम्मान भनेकै बन्द हड्ताल र भौतिक कार्वाही हो ? नत्र किन फेरि पनि हिंसाको राजनीति ?

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अव प्याराग्लाइडिङको मज्जा पूर्वाञ्चलमै

फोटो, व्यवसाय, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

paragliding तेह्रथुमको पर्यटकीय क्षेत्र वसन्तपुरमा निजी स्तरको कम्पनीले प्याराग्लाईडिङको उडान शुरु गर्ने भएको छ ।
तेह्रथुम, धनकुटा र संखुवासभाको संगमस्थल वसन्तपुरको आकासमा यसअघि पोखरामा उडान भर्दै आएको सनराईज प्याराग्लाईडिङ कम्पनीले पहिलोपटक उडान भर्ने तयारी गरेको हो ।
त्यसको लागि कम्पनीले प्रारम्भिक सर्भेक्षणसमेत गरिसकेको छ ।
कम्पनीले तीनजुरे र पाँचपोखरीको डाँडावाट मनोरम कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमालको दृष्य अवलोकन गर्दै नेपालमै सवैभन्दा धेरै गुराँसका प्रजाति पाईने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको आकासमा उडान गर्ने कम्पनीका पाईलट मणि राईले वताउनु भयो ।
त्यसैगरी वसन्तपुर वजारनजिक रहेको देउराली भुल्केधारा सामुदायिक वन क्षेत्रको खुल्ला मैदान र चैते सामुदायीक वन क्षेत्रको रातोपाटी माथीको पाखोमा अवतरणका लागि स्थानसमेत छनौट गरिसकेको पाईलट राईले वताउनु भयो ।
त्यसैगरी परीक्षण उडान गर्नका लागि हिजो सामानसहित वसन्तपुर हुँदै तिनजुरेको डाँडामा पुगेको पाईलट राईको टोली मौसम चिसो भएको भन्दै उडान नै नगरी फर्किएको छ ।
झण्डै २८ सय मिटरको उचाईमा रहेको तीनजुरे र पाँचपोखरीमा यतिवेला अध्याधिक चिसो छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

ब्राम्हणले थाले बँगुर पाल्न

फोटो, व्यवसाय, समाचार1 प्रतिकृया »

परम्परागत मान्यतालाई पछि लगाउँदै ब्राम्हणहरु व्यवसायिक रुपमा बँगुर पालनतिर लागेका छन् । इलामको गोदक-४ का ब्राम्हण समुदायका व्यक्तिहरुले सुँगुर, बँगुर, कुखुरा लगायतका पशुहरु पाल्न थालेका हुन् । यस्ता पशुपक्षी फोहोरी हुने भएकाले ब्राम्हणले पाल्न नहुने परम्परागत मान्यता थियो । अझै पनि ब्राम्हणका घरमा यस्ता पशुपक्षीहरु पालेमा समाजमा नराम्रो देष्टिकोणले हेर्ने गरिन्छ । गोदकका ब्राम्हणहरुले नमुनाको रुपमा व्यावसायिक बँगुर पालेर परम्परागत धारणालाई अन्त्य गदै आधुनिकतातर्फ लागेको बताएका छन् । स्थानीय ब्राम्हणहरू धर्ममणी गौतम, विष्णु गौतम, अशोक भट्टराई, मेघनाथ न्यौपाने लगायत रोम लुङ्गेली, खड्ग लुङ्गेली, हर्क मगर गरि सात जनाले जनही एक लाखका दरले सात लाख रकम जम्मा गरेर व्यवसाय शुरु गरेका छन् । समुह निर्माण गरेर थालिएको बँगुर पालन व्यवसायका लागि शुरुमा ४० बटा बँगुरका पाठा ल्याइएको समूहका अशोक भट्टराइले बताएका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in