१
सन् २०१० का लागि युवातर्फ योगेन भूजेल र युवतीतर्फ अम्विका राई युवा मैत्री केन्द्र शनिश्चरेको शिविर संयोजक पदमा निवार्चित भएका छन् ।
शरणार्थी मामिला सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्चायोगको आर्थिक लगानी र कारितास नेपालको सञ्चालनमा युवा मैत्री केन्द सातै शिविरमा गठन भएको हो ।
भूजेलले बुद्धराज राई र जय सिवाकोटीलाई ४९ मतको अन्तरले पराजित गरेका हुन् । युवतीतर्फ मंगली माया गुरुङलाई ५३ मतले हराउँदै अम्विका विजयी भईन् ।
शिविर स्तरिय केन्द्रीय कमिटीमा संयोजक, इभेन्ट, खेलकुद, कला र संगीत, आउटरिच एक्टीभिटीज, सामाजिक संयोजक गरि ६ वटा पदमा १ पुरुष, १ महिला गरि १२ जनाको पदपूर्ति हुने छ । त्यस्तै साथी शिक्षक पदमा २ पुरुष २ महिला चुनिने कारितासका अधिकृत फादर पिटरले बताउनु भयो ।
१
झापाको दमकमा परिश्रम गरे बापत कुकुरलाई दैनिक तीस रुपैयाँ भत्ता दिने व्यवस्था गरिएको छ ।
दश वर्षको सशस्त्र विद्रोहमा माओवादीले नौ वर्ष भारतमै बसेर नेपाली भूमिमा युद्ध चलाएको हो । दर्जनौं नेताहरु माओवादीमा कृयाशिल छन्, जसको भारतसँग विशेष सम्बन्ध रहेको छ । प्रचण्ड स्वयमले भारत भ्रमणमा दिएका अभिव्यक्तिहरुबाट पनि ऊ कति भारतपरस्त छ भन्ने स्पष्ट हुन्छ । माओवादी शान्तिप्रकृयामा आएपछि दोश्रो भारत भ्रमणका क्रममा समाजवादी जनता दलका नेता शरद यादवले आयोजना गरेको दिल्लीको दिवा भोजमा भावविभोर भएर प्रचण्डले भनेका थिए- ‘तपाईँहरु यत्रो ठूलो चमत्कार कसरी गर्यो भनेर चकित हुनुहन्छ, तर मैले तपाईहरुकै काखमा बसेर क्रान्ति गरेँ । तपाईँहरुकै सहयोगमा यहाँसम्म आइपुगेँ ।’ माओवादी र भारतको सम्वन्ध कस्तो छ भनेर देखाउने यी उदाहरण हुन् ।
नेपाली वाम राजनीतिको सदावहार चर्को मुद्दा हो भारतको अन्धविरोध र केटौलो राष्ट्रवाद । नेपालमा भारतको विरोध गर्नुलाई राष्ट्रवादी भएको बुझ्ने चलन छ । एउटा आमधारणा नै बनेको छ, नेपाली वाम पार्टीहरुमा भारतको तथानाम विरोध गर्नु राष्ट्रवादी हुनु हो भन्ने । नेपाललाई भारतको अर्धऔपनिवेशका रुपमा व्याख्या गर्ने र यसैलाई सबै तहमा सर्कुलर गर्दै आएकाले त्यही स्कुलिङ विकास भएको छ । अप्ठ्यारो पर्दा भारतलाई विचरण स्थल बनाउने, उनीहरुकै भिक्षामा जीवन गुजार्ने, अनि नेपाली जनतालाई भेडा बनाउन राष्ट्रवादी नारा लगाउने । यो नेपाली राजनीतिको विड्म्बना हो ।
१ आज देशव्यापी रुपमा सहिद दिवस मनाईदै गरेको भएपनि जनआन्दोलनका झापाली सहीदका परिवारले भने राज्यसँग गुनासो गरेका छन् । जनआन्दोलन २०६२/६३ मा साहदत प्राप्त गरेका झापाली सहीद राजन गिरी र सुरज विश्वासका परिवारले राज्यले सहीदको योगदानको कदर गर्न नसकेको बताएका हुन् । गिरीकी आमा पवित्राले सहिदले लोकतन्त्रको लागि योगदान दिएपनि सहिदको सपना पूरा गर्न राजनैतिक दलका नेताहरु भने उदासिन रहेको बताउनु भयो । उहाँले आफ्नो परिवार समस्यामा रहेपनि दलका नेताहरु एक पटकसम्म हालखवर बुझ्नसमेत नआएको बताउनु भयो । झापा घैलाडुब्बा निवासी उहाँको परिवार खेतीपाती गरेर परिवारको गुजारा गर्दै आएको छ । यता विश्वासका मामा शान्तिले पनि सहीद परिवारको मनोभाव बुझ्न र उनीहरुलाई सान्त्वना दिन दलका प्रतिनिधि नआएको बताउनु भयो । लोकतान्त्रिक आन्दोलनका क्रममा झापाको चन्द्रगढीमा २०६३ बैसाख ११ गते सुरक्षाकर्मीको गोली लागि गिरी र विश्वासको मृत्यु भएको थियो ।
१
एकीकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले भुटानी शरणार्थी समस्या मानव अधिकारको आन्दोलनबाट समाधान नहुने बताउनु भएको छ । उहाँले भुटानी शरणार्थी समस्या राजनीतिक मामला भएकोले राजनीतिक तहबाटै यो समस्या समाधानमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भुटान मिडिया सोर्साईटीले काठमाण्डुमा गरेको भुटानी शरणार्थी मामिलामा भारतको भूमिका विषयक अन्तरक्रियामा भारतले भुटानको जिग्मे शासनलाई कठपूतलीको रुपमा प्रयोग गरिरहेकोले शरणार्थी समस्या समाधानमा चासो नदेखाएको आरोप लगाउनुभयो ।
भुटानको प्राकृतिक साधन श्रोतमा आफ्नो कब्जा जमाउन भारतले शरणार्थी समस्यालाई निरन्तरता दिन चाहेको गजुरेलको भनाइ छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
हामी
एकपटक- सँगै हिँड्थ्यौं
अभावका क्षणहरू धित मरून्जेल खप्थ्यौं
भोक बाँड्थ्यौं
एउटाको शोक मेट्न अर्को हत्ते गर्थ्यौं
मरिमेटेर एउटाको काम अर्कोले फत्ते गर्थ्यौं
एउटाको ओठमा अर्कोको खुसी साट्थ्यौं
एउटाले खाएको सुनेर पनि
अर्कोको पेट भर्थ्यौं
र, मान्छेहरूले हामीलाई साथी भन्न थाले
एकलाई अर्कोको पूरक गन्न थाले
हामी पनि खुसी भयौं
हामी अभाव र सङ्कटग्रस्त क्षणहरूमा थियौं
हामी साँच्चै साथी-साथी थियौँ ।
समय,
हाम्रा हातबाट चिप्लँदै गयो
समय हाम्रा साथबाट पनि चिप्लँदै गयो पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
एक मुठी सहयोग गरेर मलाई बचाउनुस् हजुर, मलाई बाँच्ने रहर छ, हजुरहरुको एक मुठीले मेरो जीवन बचाउने छ । मेरो पाठेघरमा क्यान्सर लागेको छ । क्यान्सर उपचार गर्न पाठेघर नै काटेर फाल्नुपर्छ अरे । फाल्न धेरै पैसा लाग्छ भन्छन् हजुर, सहयोग गर्नु होला भन्दै भूटानी शरणार्थीहरुको स-साना छाप्रामाझ वयोवृद्ध आमा जीवनको आह्वान गरिरहेकी थिइन् ।
कोही भन्दै थिए, सहयोग पनि कतिलाई दिनु, एकदिन होइन, दुइदिन होइन, दिनैपिछे । पेटमा क्यान्सर लागोस् कि छातीमा लागोस् जा ! ……… तँ बुढीलाई दिन्न मत ! टुलुटुलु आँखा नहेर अहिले आँखा साँखा पनि फुटाइ दिन्छु अनि अन्धा हुदा चाल पाउँछेस् तँ बूढीले । नकचरी ए ! पेट भर्ने बाहानामा हजारौं नाटक गर्न आउँछ हो ! मान्छेलाई लाजसरम अब त सबैलाई पचिसक्यो । मागेर दुःख देखाउँदै हिँड्नुभन्दा बरु विष खाएर मर्नु नि ! किन दुनियालाई देखाउँदै हिँड्नु भन्दै एक अधबैंशे महिला चिच्याइ चिच्याइ बुढीआमालाई थर्काई हरेकी थिइन् ।
एक मुठी दिँदा के नै पो जान्छ र छिटो दिएर पठा कहाँ पुग्नु छ बोजाइ(बजै)लाई भरे, कोही भन्दै थिए ।
१
मोटरसाईकलको ठक्करबाट झापाको दमकमा बुधवार एकजना बालिकाको मृत्युभएको छ ।
दमक ८ को चियाबगान क्षेत्रमा मे २ प २७९३ नम्बरको मोटरसाईकलले दिएको ठक्करबाट दमक १६ की दश बषिर्या दुर्गा भुजेलको मृत्यु भएको हो । घटनामा घाईते भएकी उनकी बहिनी पाँच बषिर्या नुमाको विराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बाटो काट्ने क्रममा तिब्र गतिमा रहेको मोटरसाईकलले उनीहरुलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
१
आगलागी भएका छाप्राहरू हाल पुनर्निर्माण गर्ने काम भइरहेको छ तर यूएनएचसिआर र लुथरन विश्व फेडेरेसन तथा नेपाल सरकारका प्रतिनिधिहरुविच भएको निर्णयबाट विस्थापितमध्ये २९ छाप्रालाई मात्र त्यस ठाँउमा पुनर्स्थापित गरिने र बाँकी ३० छाप्रालाई तेश्रो मुलुक पूनर्वासका कारण खाली भएका छाप्राहरुमा राखिने बेलडाँगी १का शिविर प्रमुख हर्क बहादुर राईले जानकारी दिनु भयो ।सो निर्णयका विरूद्धमा अग्निपिडितले एक प्रेश विज्ञप्ति निकाली आपत्ति जानएका छन् । विज्ञप्तिमा अग्निपिडितलाई सोही ठाँउमा सबै छाप्राहरू निर्माण गरि पुनर्स्थापित गराइनु पर्ने तथा राहत दिइराख्नु पर्ने, त्यसो गर्न नसके स-सम्मान स्वदेश फिर्तीको बन्दोवस्त गराउनु पर्ने जस्ता मागहरु राखेका छन् राख्दै सरोकारवालहरुको निर्णयलाई अग्निपिडितले ठाडै अस्वीकार गरेका छन् ।
दुई दशकअघि उनी झापाको गौरादह माध्यमिक विद्यालयमा पढ्थे । घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । बिहान भालेको डाकमा उठेर १० बजेसम्म हलो जोतेर विद्यालय जानुपर्ने बाध्यता थियो । यति दुःख भए पनि उनी पढाइमा तगडा थिए । घरमा एक अक्षर पढ्न नपाए पनि स्कुलमा पढेका भरमा उनी कक्षामा प्रथम हुन्थे ।
जति दुःख भए पनि उनी हाँस्न/हसाउन सक्थे । अझ हसाउन त उनी यति सिपालु थिए कि उनको हास्य कलाकारितामा सम्पूर्ण स्कुल अट्टहास लगाउँथ्यो । आफ्ना गुरु र साथीभाइका क्यारिकेचर जस्ताको तस्तै गरिदिन्थे उनी । स्कुलमा विभिन्न अवसरमा हुने कार्यक्रममा हँसाएर उनी चर्चा बटुल्थे । एकप्रकारले उनी स्कुलमा ‘सेलिब्रेटी’ नै थिए । खाजा खाने छुट्टी (टिफिन टाइम) हुनेबित्तिकै उनका साथीभाइ ‘सीतारामसँग बसेर हाँस्ने’ भन्दै उनका वरिपरि झुम्मिन्थे । सीताराम अर्थात् सीताराम कट्टेल ‘धुर्मुस’ को प्रतिभा देखेर उनका दौँतरी र गाउँका दाइहरू उक्साउँथे— ए सीते ! तँ काठमान्डू गइस् भने टिभीमा देखिने कलाकार बन्छस् ।
