सेरोफेरो

समाचार तपाईंको प्रतिकृया थप्नुहोस्


एकिकृत नेकपा माओवादीका अयोग्य लडाकुलाई किरात जनवादी वर्कर्सले आफ्नो पार्टीमा आउन आह्वान गरेको छ ।
जनवादीका झापा इन्चार्ज विस्फोट किरातीले मगंलवार एक प्रेस विज्ञप्तिमार्फत सो आह्वान गरेका हुन् । विज्ञप्तिमा एकिकृत नेकपा माओवादीले आफ्नो लक्ष्य पूरा भएपछि जनयुद्धमा लडेका छापामार वाहिर निकालेको भन्दै यसको सम्मान आफ्नो पार्टीले गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा वर्कर्सले जनताका माग पूरा गर्न अहिले पनि जनसेनामार्फत आन्दोलन गरिरहेको हुनाले सवै माओवादीका अयोग्य लडाकुको योगदानको आवश्यकता रहेको उल्लेख छ ।
यसरी आउने लडाकुलाई उक्त पार्टीले खडा गरेको यलम्वर स्मृती व्रीगेडमा स्वागत गरिने छ । सोमवार मात्र इलामको चुलाचुलीस्थित जनसेनाको पहिलो डिभिजनवाट मात्र चार सय ७६ जना आयोग्य लडाकुको वहिरगमन भएको थियो । शिविरबाट माओवादी छापामार वाहिरिएको भोलिपल्टै वर्कर्सले यस्तो आह्वान गरेको हो ।

२ झापा दमकका पुराना उद्यमी पर्शुराम पाठकको निधन भएको छ । लामो समयदेखि हाडजोर्नी सम्वन्धि रोगवाट पिडित रहनु भएका ६६ वषिर्य पाठकको हिजोराति दमक १० स्थित निवासमा नै निधन भएको हो । दमक उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष रहनु भएका पाठक दर्जनौं संघसंस्थामा आवद्ध रही समाजिक काममा कृयाशिल रहिआउनु भएको थियो । उहाँको निधनप्रति उद्योग वाणिज्य संघ दमकले समवेदना प्रकट गर्दै दमकका एक होनहार उद्यमी गुमाउनु परेको उल्लेख गरेको छ । उहाँले दमकमा नै पहिलो पशुपति चिउरा मिल सञ्चलान गर्नु भएको थियो । उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । ३ अरुण पूर्वका नौ जिल्लालाई विभाजित गर्न खोजिएको भन्दै पूर्वमा अन्दोलनरत मञ्च सम्वद्ध लिम्वुवान महिला परिषदले खवरदारी गर्न सुरु गरेको छ । उत्त क्षेत्रमा परिषदले राज्य पुनर्सरंचना समितिले हालै पारीत गरेको खाकाप्रति आपत्ति जनाउँदै त्यस विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । परिषदका केन्द्रीय अध्यक्ष शान्ता योङहाङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अरुण पूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभुमिको आधारमा स्वायत्त लिम्वुवान राज्यको सुनिश्चितताको माग गरेकी छन् । ४ नेपाल टेलिकमका कर्मचारीहरुले तार फोन (ल्याण्डलाइन) जडान गर्दा उपभोक्ताहरुलाई खुलेआम ठग्ने गरेको तथ्य फेला परेको छ । टेलिकमका कर्मचारीहरुले टेलिफोनको तारमा झुक्याएर ठग्ने गरेको तथ्य खुलेको हो । टेलिकमको दमक शाखामा त्यस्ता गुनासो लिएर आउनेहरु दिनहुँजसो भेटिने गर्छन् । झापाका लखनपुर १ का उपभोक्ता मौल बहादुर राईले आफ्नो ६ सय मिटर तार हराएको ४ बर्षपछि मात्र थाहा पाए । उनले टेलिकमको दमक शाखा बाट ५८ सालमा फोन जडान गरेका थिए । त्यहाँका कर्मचारीहरुले नजिकैको टेलीफोन पोईन्टमा ठाँउ छैन भन्दै ६ सय मिटर पर बाट लाईन तान्न लागाईएको थियो । तर केही बर्षपछि राईलाई थाहा नदिइ टेलीफोनको पोईन्ट सारेर उनको छ सय मिटर तार गायब गरिएको थियो । आफ्नो टेलिफोनको तार हराएको केही दिनअघि मात्र थाए पाएकोले उजुरी गर्न टेलिकमको कार्यालय आईपुगेका राईले बताए । त्यसको क्षतिपूर्तिको लागि माग गर्दा टेलिकम हाकिमले आफ्नो समयमा नभएको कामको जिम्मेवारी नलिने बताएको राईले बताए । त्यस्तै समस्य लिएर आएका लखनपुर १ का देवी उप्रेती टेलिकमको कार्यालयमा भेट्टिए । केही दिनअघि मात्र उप्रेतीको घरमा टेलीफोन लाईन जडान गर्दा कर्मचारीहरुले करीब ३ मिटर तार गायब गरेको उनले बताए । सो कुराको बारेमा बुझ्नको लागि हाकिम सँग सम्पर्क गर्दा टेलिकमका दमक शाखा प्रमुख अर्जुन घिमिरेले सो कुरा आफ्नो समयमा नभएको भन्दै पन्छिएका थिए । उनले सो बिषयमा तत्कालिन कार्यलय प्रमुखसँग बुझ्ने बताए । उप्रेती र राई मात्र होईन तार फोनको उपभोक्ताहरु टेलिकमका कर्मचारीहरुको व्यवहारबाट हैरानी बेहोर्नै बाध्य छन् । उनीहरुले टेलिफोन जडान, ठाउँसारी जस्ता काम गर्न पनि पटक पटक टेलिकमका कार्यालय धाइरहनु पर्ने र बिभिन्न बहानामा रकम असुल्ने गरेका उनीहरुको गुनासो छ ।


झापाको दमकमा मेची अञ्चल स्तरीय कविता प्रतियोगिता हुने भएको छ ।
प्रभु फाइनान्सको पाँचौ वाषिर्क उत्सवको अवसरमा दमक शाखाले माघ १९ गते प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुनेलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद प्रदान गरिने फाइनान्सका दमक शाखा प्रमुख विश्व अधिकारीले बताउनु भयो ।
फाइनान्सका शाखा भएका ११ अञ्चलमा सो कार्यक्रम हुनेछ ।
अञ्चलमा उत्कृष्ट दुइ जना फागुन ४ गते काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् ।
राष्ट्रिय प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुनेलाई क्रमश २५ हजार, १५ हजार र १० हजार प्रदान गरिनेछ ।


ठूलो परिमाणको विष्फोटक पदार्थसहित झापामा एकजना पक्राउ परेका छन् ।
पूर्वी नाकाबाट पश्चिम आउँदै गरेको यात्रुवाहक बसमा सवारी जाँच गर्दा संखुवासभाका फुर्पु नाम्चे भोटेलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
मेचीनगर १२ स्थित चेक प्वाइन्टमा पक्राउ भोटेको साथबाट ८ थान डेटोनेटर, ८ थान टेप नियोजल-९० बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक शाक्यले बताउनुभयो । यस्तै पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रमा अपराधिक गतिविधि गरेको आरोपमा ५ जनालाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाँचथरको थर्पु ३ का केवल नुगो, नारायण नुगो, ओयाम ८ का योगेस राइ, ओयाम ६ का दिपक सेलीङ र नरेन्द्र राइलाइ पक्राउ गरिएको हो ।
उनिहरुलाइ एउटा भरुवा बन्दुक सहित पक्राउ गरिएको हो ।


इलामको आइतबारेस्थित इलाम टी प्रोड्युर्सस प्रालिमा कार्यरत मजदुरहरुले व्यवस्थापन पक्षसँग स्थायी नियुक्ती गर्नुपर्ने लगायतका आठ बुँदे माग राखेका छन् ।
मजदुरहरुले आज मागपत्र बुझाउँदै श्रम ऐनको दफा ७४ अनुसार दुइ सय ४० दिन काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, ३० दिनको ज्याला बराबरको दशैं खर्च दिनुपर्ने लगागतका मागहरु राखेका छन् ।
उनीहरुले १४ दिन सार्वजनिक विदा, घर विदा र विरामी विदा दिनुपर्ने, साप्ताहिक विदामा काम गर्दा दोव्बर हाजिरी हुनुपर्ने माग राखेका छन् ।
इलाम टी प्रोड्युर्सस प्रालिका प्रवन्धक हरि तिम्सिनाले मजदुरहरुसँग वार्ता गरेर मागहरुका बारेमा छलफल गरिने तयारी भइरहेको जानकारी दिनुभएको छ ।




एचआइभी र एड्सको सङ्क्रमणबाट झापामा एक वर्षको अवधिमा चारजनाको मृत्यु भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयको एक तथ्याङ्कअनुसार गएको वर्षमा चार सङ्क्रमितको मृत्यु भएको हो।
सङ्क्रमितको सङ्ख्या १९९ मध्ये ४२ जनाले मेची अस्पतालमा नियमितरूपमा उपचार पाइरहेको जनस्वास्थ्यका देवीप्रसाद दङ्गालले बताए।
एचआइभीको सङ्क्रमण सहरीदेखि ग्रामीण क्षेत्रतिर प्रभावित बन्दै गएको त्यस क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरुले जनाएका छन्।
ह्याप्पी नेपाल विसडम फाउन्डेसनको आयोजनामा दमकमा बालबालिकामा एचआइभी र एड्स सङ्क्रमणको अवस्थाबारे सरोकारवालाहरुले छलफल गरेका छन्।
छलफलमा सहभागीहरुले लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाहरुबीच समन्वयको खाँचो रहेकोमा जोड दिएका थिए।

दिपेन/टिकाराम

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. शरणार्थी सेरोफेरो
    १ डेढ वर्षअघि दमकको मुख्यचौकमा अवस्थित लक्ष्मी वैंक लुटपाटको घट्नामा सम्लग्न एक जना भुटानी शरणार्थीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा वेलडाँगी -१ भुटानी शरणार्थी शिविरका सेक्टर जी का २२ वर्षीय डाकमान भुजेल रहेका छन् । भुजेललाई दमकको वसपार्क नजिकवाट पक्राउ गरिएको थियो । उक्त...
  2. सेरोफेरो
    १ भदौको पहिलो साता आएको बाढीले भत्किएको झापाको कोरोबारी र महाभरा जोड्ने कमल खोलाको पुल मर्मतपछि सन्चालनमा आएको छ । सशस्त्र प्रहरी र गाउँलेको सकृयतामा दशैंमा पुल मर्मत गरिएको हो । स्थानिय कुन्जीबारी बजार जोड्ने सो पुल महाभरा गाबिसको १५ हजार र बैगुन्धुरा बेश क्याम्पको सहभागीतामा निर्माण गरिएको हो ।...
  3. केवी खड्काका हत्यारा पक्राउ
    भुटानी शरणर्थी शिविर बेलडाँगी ३ का पूर्व सचिव केबी खड्काको हत्यामा संलग्न दुइ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले शुक्रवार राती झापाको टिमाई र बेलडाँगी शिविरका दुइ जना भुटानी शरणार्थीलाई पक्राउ गरेको हो । गत भदौ २३ गते झापाको दमक स्थित बेलडाँगी १ र २ शिविर नजिकैको हंम्से दुम्से...
  4. सेरोफेरो
    १ झापाको दमक १ का राजेन्द्र अधिकारीको मृत्युको सम्बन्धमा छानविन गर्न प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घटनाले उग्र रुप लिएपछि प्रहरीले नेत्र खड्का, प्रेम लिम्बु, रोशन सुन्दास र कुमार नेपाललाई पक्राउ गरेको हो । चारैजना दमक १४ स्थित एडिक्शन रिकभरिङ सेन्टरका कर्मचारीहरु हुन् । सेन्टरमा उपचारका लागि राखिएका...
  5. सेरोफेरो
    १ झापाको सतासीधामबाट गएराती प्रहरीले घरेलु हात हतियार सहित दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारीका तेन्जीङ लिम्बु र सतासीधाम ३ का नन्दकुमार मेयाङबो रहेका इलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । प्रहरीले उनीहरुबाट तरबार, छुरा लगायतका घरेलु हतियार र एक भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद...

फेसबुकमा राख्नुस्

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in