१
मोटरसाईकलको ठक्करबाट झापाको दमकमा बुधवार एकजना बालिकाको मृत्युभएको छ ।
दमक ८ को चियाबगान क्षेत्रमा मे २ प २७९३ नम्बरको मोटरसाईकलले दिएको ठक्करबाट दमक १६ की दश बषिर्या दुर्गा भुजेलको मृत्यु भएको हो । घटनामा घाईते भएकी उनकी बहिनी पाँच बषिर्या नुमाको विराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बाटो काट्ने क्रममा तिब्र गतिमा रहेको मोटरसाईकलले उनीहरुलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
२
झापा विर्तामोडका एक व्यापारीलाई लक्षित गरी गोली प्रहार गरिएको घटनाको विरोधमा विर्तामोड बजार बन्द भएको छ ।
विर्तामोडका व्यापारी दिनेश मित्तलको घरमा हिजो साँझ नचिनेको समूहले पाँच राउण्ड गोली प्रहार गरी फरार भएको थियो ।
अनारमनी-३ स्थित मित्तलको घर नजिकैको सडकबाट मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको हुनसक्ने इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक अविचन्द्र रिजालले बताउनुभयो ।
गोली प्रहार गरेको आशङ्कामा प्रहरीले किरात जनवादी वर्कर्स सम्बद्ध दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल नागा र ओम मिश्र छन् । उनीहरुलाई सशस्त्र प्रहरी शनिश्चरेले हिजैराति शनिश्चरेबाट पक्राउ गरेको हो ।
आक्रमणमा परेका मित्तल अलैँची व्यवसायी एवम् लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष समेत हुनुहुन्छ ।
३
उत्पादनअनुरुप बजार प्रबर्द्धन हुन नसकेको भन्दै पूर्वाञ्चलका सुपारी कृषकले सरकारको ध्यानाकर्षण गराएका छन् ।
झापामा उत्पादन हुने सुपारीको उचित प्रशोधन हुन नसक्दा बजार नपाएको उनीहरुको गुनासोछ ।
आज झापाको विर्तामोडमा भएको ‘सुपारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रबर्द्धन, अवसर र चुनौती’ विषयक कार्यक्रममा सुपारी विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले भन्नुभयो, ‘गुणस्तरका नाममा निकासीमा अवरोध भइरहेको छ ।’
उहाँले नेपालमा काँचो सुपारीको प्रशोधन गर्ने प्रविधि नभएकाले समस्या भएको बताउनुभयो । चिया, कफीलाई जस्तै सुपारीका लागि पनि सरकारले चासो देखाउनुपर्ने उहाँको भनाइ छ ।
झापासहित इलाम, मोरङ र सनसरीमा व्यावसायिक रुपमा सुपारी खेती गरिए पनि नेपालमा गरिएको खाद्य परीक्षणको परिणामलाई भारत र अन्य राष्ट्रले मान्यता नदिएकाले कृषक र व्यापारी मारमा परेको झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले बताउनुभयो ।
कुमार
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- सेरोफेरो
१ अवैध हतियार बोकेर हिड्ने तीन जना युवालाई प्रहरीले झापाको धरमपुरबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक नविन कार्कीको नेतृत्वमा रहेको गस्तीले आज कटुवा पेस्ताल र तेस्को एकथान गोली सहित ती युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरमपुर ५ का अमित राई, र्सर्दिप तामाङ र... - सेरोफेरो
१ भदौको पहिलो साता आएको बाढीले भत्किएको झापाको कोरोबारी र महाभरा जोड्ने कमल खोलाको पुल मर्मतपछि सन्चालनमा आएको छ । सशस्त्र प्रहरी र गाउँलेको सकृयतामा दशैंमा पुल मर्मत गरिएको हो । स्थानिय कुन्जीबारी बजार जोड्ने सो पुल महाभरा गाबिसको १५ हजार र बैगुन्धुरा बेश क्याम्पको सहभागीतामा निर्माण गरिएको हो ।... - केवी खड्काका हत्यारा पक्राउ
भुटानी शरणर्थी शिविर बेलडाँगी ३ का पूर्व सचिव केबी खड्काको हत्यामा संलग्न दुइ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले शुक्रवार राती झापाको टिमाई र बेलडाँगी शिविरका दुइ जना भुटानी शरणार्थीलाई पक्राउ गरेको हो । गत भदौ २३ गते झापाको दमक स्थित बेलडाँगी १ र २ शिविर नजिकैको हंम्से दुम्से... - सेरोफेरो
१ झापाको दमकमा सम्भावित बाढीको खतराबाट बच्नका लागि त्यस क्षेत्र आसपास हिँड्डुलमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ । इलामको बाँझोस्थित सिदुवा खोलालाई पुरेको पहिरो हिजोबाट हटाउन सुरु गरिएपछि सम्भावित खतराबाट बच्न रतुवा खोला आसपासमा प्रशासनले प्रतिबन्ध लगाएको हो । प्रशासनले प्रतिबन्ध लगाएपछि झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरको रतुवा किनारमा... - सेरोफेरो
१ झापाको सतासीधामबाट गएराती प्रहरीले घरेलु हात हतियार सहित दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारीका तेन्जीङ लिम्बु र सतासीधाम ३ का नन्दकुमार मेयाङबो रहेका इलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । प्रहरीले उनीहरुबाट तरबार, छुरा लगायतका घरेलु हतियार र एक भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद...