१
घरायसी विवादमा झापाको गौरादह १ मा आफ्नै भाउजुले देवरलाई खुकुरी प्रहार गरी घाईते बनाएकी छन् ।
गएराती विवाद हुदाँ २१ वर्षीया शोभा नेम्वाङले प्रहार गरेको खुकुरीले देवर हेमकुमार घाईते भएका हुन् ।
उनको धरानमा उपचार भईरहेको गौरादह प्रहरी चौकीले जनाएको छ । शोभालाई प्रहरीले समातेको छ ।
१
इलामको पुवाखोलामा २ मेगावाट क्षमताको माथिल्लो पुवा साना जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ ।
जोशी हाइड्रोपावर कम्पनी प्रालिले पुवामझुवा गाविसको वडा नं. १ र ३ पर्ने पुवाखोलामा जलविद्युत आयोजनाको निर्माण सुरु गरेको हो । यो इलामको चौथो जलविद्युत आयोजना हो । पुवाखोला जलविद्युत आयोजना सञ्चालनमा छ भने माथिल्लो माइखोला र माइखोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ ।
कम्पनीका निर्देशक विरेन्द्र न्यौपानेले माथिल्लो पुवाखोला साना जलविद्युत आयोजना दुइ वर्षभित्रमा निर्माण पूरा गर्ने लक्ष्य राखेको बताउनु भयो ।
उहाले आयोजनाका लागि करिव २७ करोड रुपैयाँको लागत अनुमान गरिएको पनि बताउनु भयो ।
अन्तर्राष्ट्रिय आप्रवास संगठनमार्फत तेश्रो मुलुक पुनर्स्थापनमा न्यूजिल्याण्ड पुगेको एउटा भुटानी परिवारलाई छिमेकीले अभद्र व्यवहार गरी घर छाड्न बाध्य पारेका छन् ।
मोरङको शनिश्चरे शिविरबाट पुनर्वासमा १८ महिनाअघि न्यूजिल्याण्ड पुगेका गिरीधारी कडरिया र उनको परिवार घर छाड्न बाध्य भएका हुन् ।
सधैं समाचार, फोटो र सामान्य कुराहरू मात्र हेर्दा पढ्दा मेरा पाठकवृन्दमा उकुसमुकुस र नुन नहालेको जस्तो खल्लोपनाको अनुभूति हुन थाल्यो होला । त्यस्तै महसुस गरेर केही समयअगाडि एक जना पाठकले मुखै फोरेर हामी युवाहरूका लागि पनि केही खुराक राख्नुस् न भन्ने आसयको प्रतिकृया लेख्नु भएको थियो । त्यसै कुरालाई गर्दै काठमाण्डौबाट प्रकाशित हुने एक साप्ताहिकमा छापिएको नेपाली चलचित्रकी एक नायिकासँगको तातोतातो (हट) अन्तरबार्ता आजका लागि ।
