चाँडै काम पाइने, पैसा पनि कमाउन सकिने भएपछि किशोरीहरूको विद्युत वायरीङ पेशामा आर्कषण वढ्दै गएको छ ।
दमक नगरपालिका वडा नं. - ४ १९ वर्षीया उषा दहाल अहिले दमक-८ का दीपक कार्कीको घरमा विद्युत जडान गर्दैछिनं। त्यो घर उनले आठ हजार रूपैंयामा वायरीङको ठेक्का लिएकी हुन् । शारीरिक रुपमा पनि जोखीम रहेको कमै छोरी मान्छेले मात्र आँट गर्ने सो काम दहालले सुरु गरेको चार वर्ष भइसक्यो । “विहानभरि क्याम्पस जान्छु अनि दिउँसो यही काममा व्यस्त हुन्छु” उनी भन्छिन् । दमक-२ स्थित हिमालय उच्च माविमा कक्षा ११ मा अध्ययनरत दहालको जिम्मेवारी सुन्दा सवैलाई पत्यार नलाग्न सक्छ ।उनकै आम्दानीवाट ६ जनाको परिवार चलेको छ । उनले उक्त काम गरेर आफुमात्र हैन दिदीवहिनी र भाइलाई समेत पढाउँदै छिन्। त्यसका अलावा घर व्यवहारसमेत धान्दै आएको वताउँछिन् उनी । उशाकै आम्दनीवाट ६ जनाको परिवार चलेको छ ।
Jan 09
Jan 09
झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म भ्रमण गर्ने क्रममा सामुयल भाइले खिचेका केही तस्वीरहरू ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »