१
किराँत धर्म तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मोरङको उर्लावारीमा किराँत संग्रहालय निर्माण गरिने भएको छ ।
उर्लावारी गाविस वाड नं ३ मा संग्रहालयको भवन निर्माण गर्न लागिएको कुरा किराँत धर्म तथा साहित्य उत्थान संघ तथा मन्दिर निर्माण समितिका सदस्य वालचन्द्र सुव्वाले जानकारी गराउनु भएको छ । उक्त भवन करिव एक करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । तीन कठ्ठा जग्गामा निर्माण गरिने सो भवनमा किराँत धर्मको मन्दिरसहित लोप हुन लागेका किराँत जातिका भेषभूषा, कुल देवता, परम्पर संस्कृतिका प्रतीकलाई राखिने छ ।
भवन निर्माणकालागि स्थानीय हर्क तामाङले करिव दश लाख मुल्य वरावरको दुइ कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नु भएको छ । यसका लागि अन्य विभिन्न दाताहरुको सहयोगमा एक कठ्ठा जग्गा खरीद गरिएको थियो । भवन आगामी पाँच वर्षसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
Jan 12
Jan 12
अपडेटः भिडियोसहित
युएइको फुजेरामा कार्यरत दमकवासी मित्र मवि लिम्वुले त्यहाँ नेपाली समुदायद्वारा आयोजित पिक्निक कार्यक्रमका केही फोटोहरु पठाउनु भएको छ । उक्त कार्यक्रममा फुजेरा नेपाली समाज समेत गठन गरिएको थियो ।
