शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार2 प्रतिकृयाहरु »


टिमाइ शरणार्थी शिविरमा छोडिएको एउटा वेवारिसे शिशुलाई संरक्षणका लागि काठमाण्डौको केन्द्रीय वाल कल्याण केन्द्रमा पठाउने तयारी भइरहेको छ । शरणार्थी समन्वय इकाइका उपनिर्देशक तथा झापाका सहायक जिल्ला प्रमुख अधिकारी लेखनाथ पोख्रेलका अनुसार शरणार्थी समन्वय इकाइको टिमाइ कार्यालयबाट प्रकृया अगाडि बढाइएको छ ।
गत पुष २० गते टिमाइ शरणार्थी शिविर, सेक्टर डि ५ छाप्रा नं. ४६ की दिलमाया वयलकोटीको घरमा बास बस्न आएका आएका दुइ महिला भोलिपल्ट विहान पसल जाने निहुँ गरि शिशुलाई छाडेर भागेका थिए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हास्यमेव जयते !

हास्यव्यङ्ग्यकुनै प्रतिकृयाहरु छैनन् »

हाँस्नु र हँसाउनु अगाडि हाँसोका बारेमा केही कुराहरु:

किन हाँस्ने ?

हाँस्नुलाई तपाइ केवल क्षणीक मनोरञ्जन वा एकैछिनको टाईमपास मात्र सम्झनुहुन्छ भने त्यो गलत हुनसक्छ ।

हाँस्नु मानिसको लागि शारिरीक र मानसिक दुबैकोणबाट एकदमै लाभदाएक छ । वैज्ञानिक सोधलाई आधार मान्ने हो भने एक पटक हाँस्दा मानिसको अनुहारको सबै मांशपेसीहरु सक्रिय हुन्छन र यदि त्यो हाँसो जोडदार छ भने मानिसको अनुहारका ५३ मांशपेसीहरु, पेट, छाती र अन्य अंगहरु गरी शरिरका करिब करिब पुरै भाग सक्रिय हुन्छन । मानसिक रुपमा यसले पार्ने प्रभाव झनै गहिरो हुन्छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

माइमेलाका यात्रु बोक्ने बस दुर्घटना, चारको मृत्यु

दुर्घटना, समाचार3 प्रतिकृयाहरु »

अपडेट साँझ ८:२५ बजे सतासीधाम - १, डुँडामारीमा दुइ मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् । साँझ ७:३५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे २ प २०९२ नम्वरको मोटरसाइकलमा सवार खुदुनाबारी ४ झापाका मान बहादुर लिम्वु सोही स्थानका सुरज राई र विपरित दिशाबाट आउँदै गरेको को १ प २६५९ नम्वरको मोटरसाइकलमा सवार मोरङ उर्लाबारी २ का सरोज भण्डारी सोही स्थानका पुष्पराज भण्डारी घाइते भएका हुन् । घाइते मध्ये सुरज राईको स्थिति गम्भीर रहेकोले उनलाई न्यूरो अस्पताल विराटनगर रिफर गरिएको र अन्य तीन जनाको सामान्य अवस्थामा दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको झिलझिले प्रहरीले जनाएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

ह्याप्पी माघे संक्रान्ति

संस्कृति, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

आज मकर अर्थात माघे संक्रान्ति, नेपाली हिन्दुहरुले विषेश उल्लासका साथ यो पर्व मनाउँदैछन् ।
हिन्दु धर्म ग्रन्थ अनुसार आजको दिन नजिकैको खोला, नदी, ताल, तलैया आदिमा गइ स्नान गर्नाले शरीरमा लागेको रोगकष्ट आदि हटेर जाने धार्मिक विश्वास रही आएको छ । नुहाइधुवाइ गरी विशेषतः तिलको डाँठ बालेर आगो ताप्ने र त्यसैको खरानीलाई टिकाको रुपमा ग्रहण गर्ने चलन छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अप्रत्यासित प्रेम

कथा, प्रवास, साहित्य, साहित्यिक शुक्रवारकुनै प्रतिकृयाहरु छैनन् »

अस्ति विहिवार दिउँसो अफिस आउने गाडी नभएपछि म अर्कै कम्पनिको गाडी चढी एक्लै अफिसतिर हुईकिएँ । हुन त त्यो समय म अफिस हाजिर नभएपनि हुने थियो तर बेलुका सन्तोषजीको कोठामा बास बस्ने र मेरो एक समान नेपाल पठाउन राम भट्टराईजीलाई भेट्नुपर्ने भएकोले म एक्लै अफिसतिर हुईकिएको हुँ । सदा झैं म अफिसमा बसेर गीत सुन्दै काम गरिरहेको थिएँ । ३ बजे फोनको रिङ्ग टिनिनिनिनि……………………… बज्यो उठाएँ बोसले गरेको रहेछ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

म देश बोकी रहेको छु

कविता, शरणार्थी, साहित्य, साहित्यिक शुक्रवार1 प्रतिकृया »

शासक प्रशासकहरुको
हेलचेक्र्याईं
लापर्वाहीको
चेपारोमा
चेप्टिन्दै
नेप्टिन्दै
लवस्तरो सर्घषको
काखमा अटेस मटेस गर्दै
मेरो जिन्दगी छताछुलिएर पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in