सुन्तलीलाई ब्ल्याकमेल गर्थे धुर्मुस

अतित, कला, फोटो, व्यक्तिगत कुराकुनै प्रतिकृयाहरु छैनन् »

suntaliदुई दशकअघि उनी झापाको गौरादह माध्यमिक विद्यालयमा पढ्थे । घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । बिहान भालेको डाकमा उठेर १० बजेसम्म हलो जोतेर विद्यालय जानुपर्ने बाध्यता थियो । यति दुःख भए पनि उनी पढाइमा तगडा थिए । घरमा एक अक्षर पढ्न नपाए पनि स्कुलमा पढेका भरमा उनी कक्षामा प्रथम हुन्थे ।

जति दुःख भए पनि उनी हाँस्न/हसाउन सक्थे । अझ हसाउन त उनी यति सिपालु थिए कि उनको हास्य कलाकारितामा सम्पूर्ण स्कुल अट्टहास लगाउँथ्यो । आफ्ना गुरु र साथीभाइका क्यारिकेचर जस्ताको तस्तै गरिदिन्थे उनी । स्कुलमा विभिन्न अवसरमा हुने कार्यक्रममा हँसाएर उनी चर्चा बटुल्थे । एकप्रकारले उनी स्कुलमा ‘सेलिब्रेटी’ नै थिए । खाजा खाने छुट्टी (टिफिन टाइम) हुनेबित्तिकै उनका साथीभाइ ‘सीतारामसँग बसेर हाँस्ने’ भन्दै उनका वरिपरि झुम्मिन्थे । सीताराम अर्थात् सीताराम कट्टेल ‘धुर्मुस’ को प्रतिभा देखेर उनका दौँतरी र गाउँका दाइहरू उक्साउँथे— ए सीते ! तँ काठमान्डू गइस् भने टिभीमा देखिने कलाकार बन्छस् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in