थ्री इटियट्स

कला, फोटो, राजनीति, विचार तपाईंको प्रतिकृया थप्नुहोस्


जे खोजे पनि पाइने गुगलको सट्टामा अहिले आएको छ फेसबुक । अचम्म नमाने हुन्छ फेसबुकको काम अर्कै छ, गुगलको काम अर्कै, गुगल सर्च इन्जीन हो, फेसबुक सोसियल नेटवर्क, फेसवुकले कसरी गुगललाई रिप्लेस गर्छ भनेर । तर कुरो रिप्लेसको होइन, गुगलमा तपाईले जे खोजे पनि पाउनु हुन्छ भने फेसबुकमा चाहिँ तपाई घुमिरहनु भयो भने तपाईंले नसोचेको कुरा पनि पाउन सक्नु हुन्छ ।
हो त, मैले फेसबुकमा के भेटें हेर्न चाहनु हुन्छ - चाहनुहुन्छ भने



3_idiots
नेपाली राजनीतिमा इडियटहरुको कमी पटक्कै छैन । जनताले सम्विधान बनाउनु भनेर पठाएका नेताहरु कुर्सीका लागि हानथाप र मरिहत्ते गरिरहेका छन् । कोही ज्यान गए कुर्सी नछाड्ने कोही दसौं लाख जनताको ज्यान लिएरै भए पनि कुर्सी हत्याएरै छाड्ने । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं यी इडियटहरुलाई आफ्नो दुनो सोझ्याउनै फुर्सद नहुने भो बाचुञ्जेल ।


वलिउडका चर्चित कलाकार आमिर खानले बनाएको हिन्दी चलचित्र थ्री इटियट्स केही दिनअघि हेरेको थिएँ । कक्षामा मन लगाएर नपढ्ने र आफ्ना गुरुहरुलाई सताउने केटाको यो कथामा बनेको यो चलचित्र निकै राम्रो लाग्यो । यो फिल्मका लागि आमिरले गरेको मेहनतको फल त उनले राम्रैसँग पाउँदैछन् भलै फाइव प्वाइन्ट समवनका लेखक चेतन भगतले आफ्नो उपन्यासमा आधारित रहेर बनाइएको भए पनि उक्त फिल्ममा आफूलाई क्रेडिट नदिइएको भनेर किचकिच गर्दै किन नरहुन् ।

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. वाटुली - वन जोगाउने सन्देश
    माया प्रेमका बिषयमा चलचित्र निर्माण भइरहेको अवस्थामा वनजंगल जोगाएर गाई बस्तु पाल्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कथालाई समेटेर बाटुली चलचित्र निर्माण गरिएको छ । नेपाली चलचित्रको राम्रो बजार मानिने पूर्बको सुन्दर नगरी दमकमा रहेको पाथिभरा हलबाट देशको बिकास र आर्थिक आम्दानीका लागि वन जोगाउनु पर्ने रहेछ भन्दै दर्शकहरु बाहिरिरहेका...
  2. फिल्मी खबर
    नम्रतालाई सफाइ काठमाडौं। डिजे तान्त्रिकसागको यौनसम्बन्धको भिडियो टेप सार्वजनिक भएपछि सार्वजनिक जीवनबाट अलप भएकी नायिका तथा मोडल नम्रता श्रेष्ठलाई नेपाली चलचित्र तथा सांगीतिक उद्योगले बहिस्कार गरे पनि उनका प्रशंसकहरुले भने उनलाई उत्तिकै माया गरेको पुष्टि भएको छ। प्रसंग नम्रताको फेसबुक एकाउन्टको हो। नम्रता श्रेष्ठको फेसबुक एकाउण्टअनुसार उनको जन्मदिन २...
  3. मुलासाग महानर्कका यमराज
    टेलिचलचित्रमा मुलासागको भुमिका निभाउँदै आएका कलाकार सुरेन्द्र केसीले महानर्क नामको चलचित्र निर्देशन गरेका छन् । नेवार भाषामा बनेको सो चलचित्रमा केसी स्वयमले प्रमुख भुमिकामा अभिनय गरेका छन् । चलचित्रमा उनले महानर्कको यमराजको भुमिका गरेका हुन् । चलचित्रमा नेपालका चार दुष्टहरुले गरेको अपराधको सजायँ मृत्युपछि महानर्क हुने कथाबस्तु समेटिएको छ...
  4. प्रकाश आङ्देम्बेका केही रुबाइहरु
    १. कुराले संसार धोएर जित्छिन् मन्दिरको ढुंगा छोएर जित्छिन् जित्ने आदत वसेछ क्यार केही नभए रोएर जित्छिन् २. बसन्त बहार नियाल्छु वेसी र टार नियाल्छु विन्ति त्यो आँखालाई आसुँले नढाक जहाँवाट म आफ्नो सुन्दर संसार नियाल्छु ३. कोही कराएर विग्रे कोही डराएर विग्रे धरोधर्म म भने तिमीलाई मन पराएर...
  5. बिजोक - सिनेमा हलको
    नेपाली चलचित्रको बिकासका लागि सिनेमा हल या फिल्म हलको ठूलो स्थान रहेको छ । चलचित्रलाई पर्दामा देखाएर निर्माताको गोजी भर्न फिल्म हलहरु केहि समय अङिसम्म सक्षम देखिएका थिए तर अहिलेको स्थितिमा निर्माताले आफ्नो लगानी उठाउन समेत मुस्किल हुन थालेको छ । नेपालका अधिकाँश नेपाली चलचित्र घरहरु दर्शक अभावमा बन्द हुने...

फेसबुकमा राख्नुस्

One Response to “थ्री इटियट्स”

  1. subash,colorado Says:

    खोइ त facebook को त कुरै आएन त ।

    Reply

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो