काठमाडौको ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले गर्भाधान भएको २७ हप्तामा नै ८४० ग्राम तौल भएको बच्चा जन्माएकी छन् ।
पूर्ण स्वस्थ बच्चा जन्माउन १० महिना लाग्छ तर काठमाडौ वसुन्धरा निवासी रीता पराजुलीबाट ६ महिना २३ दिनमा नै स्वस्थ बच्चा जन्मिएकी हुन् ।
आइसीसी विश्व लिग डिभिजन फाइभमा नेपालले रोमाञ्चक जीत हात पार्दै इतिहास रचेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल भिडन्तमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै लिग इतिहास रचेको हो । जीतका लागि १ सय ७३ रन पछ्याएको नेपालले ४६ ओभर ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
१
पूर्व पश्चिम राजमार्ग अर्न्तर्गत झापाको सितापुरीस्थित नमुना चौकमा गएराति भएको सवारी दुर्घट्नामा एक प्रहरी मृत्यु भएको छ भने दुइजना सख्त घाइते भएका छन् ।
मृत्यु हुनेमा झापाको अर्जनधारा गाविस निवासी वर्ष२६ का इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी हवल्दार सूर्य पाण्डे रहेको प्रहरीले जानकारी गराएको छ । वा च ६ ९११८ नम्बरको कारमा पूर्ववाट दमक आउँदै गरेको अवस्थामा विपरित दिशावाट आएको ना २ ख ८३८५ नम्बरको तेलको ट्याङ्करले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा कारचालक दमक १३ निवासी श्याम तिम्सीना र सोही कारमा सवार दमक दुइ निवासी विमल थापा सख्त घाइते भएको प्रहरीले जनाएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
सामान्यतया शहरीकरण भन्नाले पिछडिएको ग्रामीण क्षेत्र क्रमसः शहरतर्फ उन्मुख हुनु, आधुनिक सुख सुबिधाहरुको बिकास हुनु, मानब बस्ती बाक्लो रुपमा बढ्नु आदि जस्ता कुराहरु पर्दछन् । मानबीय स्वभाब सदाबहार रुपमा सुखतिर उन्मुख हुन्छ । यही कारणले उ दिन प्रतिदिन सुख सुबिधा प्राप्त हुने क्षेत्रमा बस्न र जीवनयापन गर्न प्रयत्नशील हुन्छ । यही चुरो कुराको कारणले गर्दा नै नेपालमा मात्र होईन बिश्वमा नै तिब्रतर शहरीकरणको बिकास भएको हो र शहरीकरणसँग मुख्य रुपमा जोडिएको क्षेत्र भनेको घर जग्गाको किनबेच र खेतियोग्य जमीनको प्लटिङ हो । खेतियोग्य जमीनको प्लटिङ भन्नाले साधारण अर्थमा कृषि कार्यको लागि प्रयोग भइरहेको जमीनलाई आवास प्रंयोजनको लागि उपयुक्त बनाउन आवश्यक सुबिधाहरुको बिकास गर्नु हो र त्यस्तो जमीनलाई आवास क्षेत्रमा परिणत गर्नु हो । यसरी खेतियाग्य जमीन आवासको परिणत हुनु नै शहरीकरण पनि हो ।
भुटानमा सशस्त्र सङ्घर्ष सुरु गरेका तर निष्कृयजस्तै रहेका भुकपा मालेमावादीको एक समूहले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूसाग भेटवार्ताको प्रयास गरिरहेको पत्ता लागेको छ। मार्क्सवाद, लेनिनवाद र माओवादलाई मूल राजनीतिक आदर्शका रूपमा लिएका भुटानी माओवादीले दुई साताअघि दूतावासका अधिकारीहरूसाग अनौपचारिक वार्ताको पहल गरिरहेको चिनियाँ दूतावास स्रोतले घटना र विचारलाई बताएको छ।
अन्ततः ढल्यो सहिद स्तम्भ!
दोस्रो जनआन्दोलन ०६२। ६३ को उभारले स्व. राजा वीरेन्द्रको सालिक ढालेपछि लाखौं रुपैयाँ खर्चिएर निर्माण गरिएको इलाम चोक बजारको सहिदस्तम्भ एकैछिनको आक्रोशले ध्वस्त बनेको छ।
भर्खरै भएको यो घटनाको कथा यस्तो छ, इलाम बजारको मध्यभागमा रहेको निकुञ्जपथमा फागुन ३ गते राति भीषण आगलागी भयो। १८ वटा घर पूर्ण रूपमा ध्वस्त भए, अन्य केही घरमा समेत आंशिक क्षति पुगेको छ। आगलागी भएपछि स्थानीयबासी तथा सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर आगोलाई चार घन्टापछि नियन्त्रणमा लिए, किनकि इलाम नगरपालिकाको बारुण यन्त्र सो समयमा इलाममा थिएन। मर्मतका लागि झापा लगिएको नगरपालिका बताउँदै आएको छ। बिहान मात्रै झापाको मेची नगर नगरपालिका र इटहरीको बारुण यन्त्र आइपुगे। त्यसपछि, स्थानीयवासीको आक्रोश नगरपालिका कार्यालयतर्फ खनिन थाल्यो। ‘विपतको अवस्थामा पनि बारुण यन्त्र उपलब्ध हुन सक्दैन भने जनताले तिरेको करको के अर्थ भयो?’ अग्निपीडितहरूको आक्रोश हो यो।
१
भूटानी शरणार्थी शिविरका जेष्ठ नागरिक समाजको अगुवाईमा भूटानी शरणार्थी स्वदेश फिर्ती अभियानका पक्षधरहरुसँगको अन्तरक्रिया आज सम्पन्न गरेको छ ।
जेष्ठ नागरिक समाजका अध्यक्ष हर्कजंग सुब्बाले आज एक विज्ञप्ति जारी स्वेदश फर्किन चाहने शरणार्थीहरुबीच अन्तरक्रिया सम्पन्न गरेको जनाउनु भएको छ।
हर्कजंग सुब्बाको नेतृत्वको ५ जना सम्मिलित सो टोलीले झापा र मोरङका सातवटै शिविरका शरणार्थीहरुसँग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा स्वदेश फर्कन चाहने शरणार्थीहरुको भावना बुझ्ने काम भएको समाजका अध्यक्ष सुब्बाले बताउनु भयो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१
“सिस्टममा केही समस्या भएकोले तपाईंको कल सफल हुन सकेन, केही वेरपछि पुनः प्रयास गर्नुहोस् ।” नेपाल टेलिकमको जुनसुकै मोवाइल फोनमा डायल गर्दा यो भनाई आइरहेको छ । दमकमै र दमकबाट बाहिर जाने टेलिकमको कुनै पनि मोवाइल फोनमा सम्पर्क गर्दा आउने अटोमेटिक जवाफ हो यो।
आज विहान दश बजेदेखि यसखालका सवै फोनहरुको नेट्वर्क झापामा अचानक गएपछि यहाँका सेवाग्राही सर्वसाधारण सवैमा मर्का परेको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन वाहेक अन्य मोवाईल फोन सेवा अचानक वन्द भएपछि यस्तो समस्या भएको हो । दमकस्थित नेपाल टेलिकमको कार्यलयमा सम्पर्क गर्दा तत्काल थाहा नभएको जवाफ दिएका थिए भने जिल्ला प्रहरी कार्यालयले भने अपुष्ट रुपमा अप्टिकल फाईवरमा समस्या आएको वताएका छन् । ४० हजार भन्दा धेरै ग्राहकहरु रहेको यसखाले फोन एकदिन मात्र वन्द हुँदा टेलिकमलाई पनि करोडौं रुपयाँ घाटा लाग्दछ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
हे मानवीय दातृ निकाय
खोजभित्र एउटा चिहान खोज
गर्नु गर्यो यो पुनर्वासले,
अग्ला भवनका विचमा छ फिट रोज
थकाएको छ आउने आशाले ।
अब बाँच्ने एउटा उपाय खोज
तड्पायो यो कुर्ने क्रमले,
हरेक पल बन्दैछन् मलाई बोझ
पिरोलिएँ म यो ‘थाम्ने’ श्रमले । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
एकलाख भोका नाङ्गा भुटानी शरणार्थीलाई खुवाई, पियाई स्याहार सुसार गर्न र मानवीय सहायता पुर्याउँदै आइरहेको दातृसंस्था हिजोआज खै किन पृथक रुपमा प्रस्तुत भएको पाइन्छ । त्यो पनि जतिवेला उसको स्वच्छ छविको आवश्यकता छ त्यसवेला ठिक विपरित रुपमा देखिनु आश्चर्यजनक भएको छ ।
संस्था आफैंमा बदनाम हुँदैन तर त्यसमा आवद्ध कर्मचारी जोकोहिले गरे पनि सो कार्य संस्थाकै मानिने हुँदा संस्थाको नाम लिनु गलत हुँदैन होला । संस्थामा कार्यरत भ्रष्ट कर्मचारीका काला कर्तुतलाई विभिन्न सञ्चार माध्यमहरुले उजागर गरिसकेपछि पनि संस्थाले त्यस्ता भ्रष्टाचारीलाई कार्वाही गर्नुको सट्टा संरक्षण गरि ‘निष्कलंक’को उपमा दिनुचाहिँ उक्तिसङ्गत पटक्कै होइन भने यसलाइ संस्थाका ठूलाबडाको गलत नियत र निर्देशन भनि बुझ्न सकिन्छ । अनि एउटा ध्रुवसत्य कुरा के भने “एउटा हाकिम आफू भ्रष्ट छैन भने मातहतको भ्रष्ट कर्मचारीलाई तुरुन्त कार्वाही गर्छ तर आफैं भ्रष्ट छ भने उसले अर्को भ्रष्ट कर्मचारीलाई केही गर्न सक्दैन किनभने त्यसो गरे उ पनि फँस्ने सम्भावना हुन्छ ।”