१
एकैदिन एउटै गाउँमा दर्जनभन्दा बढि विवाह हुँदा झापाको सुरुंगामा विवाहका लागि जन्तीको अभाव भएको छ ।
माघ २४ गतेका दिन सालकै अन्तीम लगन परेकोले एकैदिनमा धेरै विवाह भएका कारण जन्तीको अभाव भएको हो । विवाहका लागि जन्ती नपाउँदा प्रतिजन्ती दुइसय देखि पाँचसय रुपैयासम्म दिएर भएपनि जन्ती लगिएको विवाह भएको घरका एक सदस्यले बताए । एकैदिन धेरै विवाह भएका कारण गाउँमा भाँडावर्तन, पालपण्डाल, व्याण्ड र पञ्चैबाजा, साउण्ड सिष्टमलगायतका वैवाहिक सामाग्रीको अभाव भएको थियो ।
यसैविच एकै दिनमा दुइ दर्जनभन्दा बढि वैवाहिक कार्यक्रम हुँदा कन्काइमाइस्थित कोटीहोम धार्मिकस्थलमा विवाहका लागि पण्डितको समेत अभाव भएको थियो । पूर्वाञ्चल क्षेत्रमै सवैभन्दा बढि विवाह गराउँदै आएको उक्त धार्मिकस्थलमा समितिले २५० रुपैयाँमा पण्डितसहित विवाह गराउँदै आएको छ ।
२
झापाको दमकमा तीन दिनपछि शुरु हुन लागेको दमक महोत्सव स्थगन गर्न पुनर्गठित नेकपा माओवादीले चेतावनी दिएको छ ।
महोत्सवलाई केही व्यक्तिले कमाई खाने भाँडो बनाएको दाबी गर्दै माओवादीले उसकै शब्दमा ठूला भनाउँदाले यसअघि पनि महोत्सवको नाममा ब्रम्हलुट गरेको आरोप लगाएको छ ।
पार्टी अभियान कमिटी इन्चार्ज इस्लामले आज विज्ञप्ती प्रकासित गरी स्थानिय पार्टीसँग परामर्श नगरी गर्न लागिएको महोत्सव स्थगन गर्न तीन दिनको अल्टीमेटम दिनु भएको हो ।
यसअघि पनि महोत्सवको निर्धारित समय सारिएको थियो । दमक उद्योग वाणिज्य संघको आयोजना र पर्यटन बोर्डको सहयोगमा महोत्सव आयोजना गर्न लागिएको हो । वाणिज्य संघले यसअघि लगाएका महोत्सवहरु पनि विवादमा परेका थिए । दमकमा हुने महोत्वसको आर्थिक पारदर्शिताको विषयमा जनस्तरबाट प्रश्न उठ्ने गरेका छन् ।
३
झापाको दमकबाट इलामको लारुम्बातर्फ गईरहेको मिनी ट्रकबाट खसेर एक जनाको मृत्यु भएको छ ।
दमकबाट सामान लोड गरेर इलामको लारुम्बातर्फ गईरहेको लु १ च १७३४ नम्बरको ट्रकबाट बाँझो भन्ने स्थानमा खसेर गएराती झापा लखनपुर १ का कैलास मुसहरको मृत्यु भएको हो ।
उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय दमकले बाटो खराव भएका कारण उनी लडेको हुन सक्ने अनुमान गरिएको बताएको छ ।
४
जन्ती बस पल्टिँदा आइतवार दिउँसो मेची राजमार्ग अन्तरगत इलामको जिरो प्वाइन्टमा दुइ जना घाइते भएका छन् ।
झापाको हल्दिबारीबाट इलामको शान्तिडाँडाका लागि जन्ती लिएर हिँडेको मे १ ख १०४ नम्वरको बस एम्वुलेन्स र साइकललाई जोगाउन खोज्दा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते हुने जन्तीहरु राजकुमार श्रेष्ठ र गणेश श्रेष्ठ रहेका छन् ।
५
इलामको बाँझोस्थित लारुम्वामा आइतबार भएको एउटा वैवाहिक कार्यक्रममा सम्विधान सभाध्यक्ष सुवास नेम्वाङ्गसहित तीन मन्त्री एकैसाथ सहभागी भएका छन् ।
सभाध्यक्ष नेम्वाङ्ग, शान्ति मन्त्री रकम चेम्जोङ्ग, पर्यटन मन्त्री शरदसिंह भण्डारी र संघीय मामिला तथा सँस्कृति मन्त्री मिनेन्द्र रिजाल किरात धर्मगुरु आत्मानन्द लिङ्गदेनका छोरा लक्ष्मीनन्दको विवाहमा सहभागी हुन आएका हुन् ।
आइतवार दिउँसो हेलिकोप्टरबाट त्यहाँ आएका उनीहरुले किरात विद्या पाठशालाको पनि उद्घाटन गरे । करिव दुइ घण्टाको वसाइमा उनीहरुले वेहुलावेहुलीलाई आशीर्वाद दिएका थिए । लक्ष्मीनन्द मोरङ उर्लावारी-४ की सिन्दाङ रेनुका (सोनम) सँग प्रणयशुत्रमा बाँधिएका हुन् ।
६
कोसी टप्पु बन्य जन्तु आरक्षमा बिश्ववाटै दुर्लभ हुदै गएको गिद्ध मर्न थालेका छन् ।
बिभिन्न कारणले बिश्ववाटै गिद्ध लोप भइरहेको समाचार सार्वजनिक भइरहेका बेला पछिल्लोपटक केही दिनअघि मात्र कोसी टप्पु बन्यजन्तु आरक्षमा ९ वटा गिद्ध एकै पटक मरेको अवस्थामा भेटिएको आरक्षले जनाएको छ ।
आहाराको खोजीमा अन्यत्र गएका गिद्धहरु डाक्लोफेनाक नामक औषधी प्रयोग भएको मरेको पशुको मासु खाएकाले मर्न थालेको संरक्षण अधिकृत निलाम्वर मिश्रले जानकारी जनाउनुभयो ।
गिद्धको ठुलो संख्या आरक्ष भित्र देखिएपनि त्यहाँ उसले खाने आहाराको कुनै ब्यबस्था नहुदा अहाराको खोजीमा गिद्धहरु केही दिन यता आरक्षवाट बाहिरिने क्रम बढेको थियो । ठुलो संख्यामा गिद्धहरु बाहिरिएर डाइक्लोफेनाक नामक औषधी प्रयोग भएको पशुको मासु खाएको हुनाले अझै गिद्धहरु मर्ने अनुमान गरिएको छ ।
यसैबिच बिश्वमै दुर्लभ अर्नाको लागि प्रख्यात कोसी टप्पु बन्यजन्तु आरक्षमै शिकारीहरुवाट अर्नालाइ गोली हानी मारिएको छ कोसी नदीको मध्य भागमा झाडीमा गोली लागि मरेको एउटा अर्ना देखिएको हिजो आयरल्याण्डका एक पर्यटकलाइ डुंगामा लिएर घुमाउन गएका स्थानिय गाइड राजकुमार सिंहले जानकारी दिनु भयो ।
पछिल्लो पटकको गणना अनुसार कोसी टप्पु आरक्षमा दुइ सय १९ अर्ना रहेकोमा गोली लागेर एउटाको मृत्यु भएको हो ।
७
तोपगाछी-७ का एकजना किसानले पालेको एउटा माउ कुखुराले चारखुट्टे चल्लो काढेको छ ।
स्थानीय छविलाल श्रेष्ठले पालेको कुखुराले शनिवार काढेका १० वटा चल्लामध्ये एउटा चल्लाका चार खुट्टा रहेका छन् । स्थानीय वसन्तराज योङ्ग्याका अनुसार सो चल्लाले अन्य चल्लासरह खानेकुरा (चारो) खाने गरेको छ । चल्लो स्वस्थ रुपले हिँडडुल गरेको देखिन्छ ।
कुमार/पूर्वसन्देश
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- इलामको सेरोफेरो
१ इलामको पुवाखोलामा २ मेगावाट क्षमताको माथिल्लो पुवा साना जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । जोशी हाइड्रोपावर कम्पनी प्रालिले पुवामझुवा गाविसको वडा नं. १ र ३ पर्ने पुवाखोलामा जलविद्युत आयोजनाको निर्माण सुरु गरेको हो । यो इलामको चौथो जलविद्युत आयोजना हो । पुवाखोला जलविद्युत आयोजना सञ्चालनमा छ भने माथिल्लो... - सेरोफेरो
१ झापाको लखनपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । घटनामा एक जना घाईते भएका छन् । पश्चिम तर्फ आईरहेको मे १ प ५८६४ नम्वरको मोटरसाइकललाई को १ ख २२९५ नम्वरको बसले पौने पाँच बजे सृष्टि चौक नजिकै ठक्कर दिएको थियो । घटनामा मृत्यु भएका पुरुषको पहिचान... - थप २ जनाको मृत्यु
विषालु च्याउ खाएर सिकिस्त बनेकामध्ये थप २ भूटानी शरणार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको टिमाइस्थित भूटानी शरणार्थी शिविरका तुलबहादुर तामाङ र फूर्वा तामाङ रहेको प्रहरीले जनाएको छ। इलामको पञ्चकन्यास्थित करफोक विद्या मन्दिरको भवन निर्माणमा खटिएका उनीहरुले नजिकको जंगलबाट एक साताअघि च्याउ ल्याइ खाएका थिए । युवराज ... - सेरोफेरो
१ मोरङको उर्लावारीस्थित मंगलबारेमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जना विरामी भएका छन् । हिजो नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरु विरामी भएका हुन् । विरामी हुनेमा उर्लावारी-६, मंगलबारेका मान बहादुर बुढाथोकी, सावित्रा बुढाथोकी, मीना बुढाथोकी र रोशन बुढाथोकी भएको स्थानीय लक्ष्मी बरालले बताउनु भयो । उनीहरुको धरानमा उपचार... - सेरोफेरो
१ झापाको पृथ्वीनगरमा बुधबार फेरी अर्को अजिङ्गर फेला परेको छ । पृथ्वीनगर-२ का पूर्ण बहादुर राईले घर नजिक खाल्डो खनेर लुकाई राखेको अवस्थामा उक्त अजिङ्गर फेला परेको हो । जङ्गलमा भेटिएको उक्त अजिङ्गरलाई राईले ल्याएर घर नजिक खाल्डो खनी लुकाएर राखेको पृथ्वीनगर प्रहरीले जनाएको छ । यसबारे जिल्ला वन कार्यालयमा...