सेरोफेरो

समाचार तपाईंको प्रतिकृया थप्नुहोस्


पूर्वाञ्चलमा बैंक लुटपाट लगायतका दर्जनौं आपराधिक घटनामा संलग्न रही प्रहरीको मस्ट वान्टेडको सूचिमा परेका एक युवा २ थान पेस्तोलसहित आइतबार झापाको दमकबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ वयरवन ८ का कंशबहादुर धिमाल रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख चक्र बस्नेतले बताए । उनका अनुसार धिमाललाई ७ राउण्ड गोली जाने इटालियन माउजर, ६ राउण्ड गोली जाने सिक्सर रिवल्भर , १ थान खुकुरी र क्यामेरा सहित पक्राउ गरिएको हो ।
शुक्रबार दिउँसो उर्लाबारीस्थित मंगलबारेको राम थापाको सुन पसल लुटपाटमा संलग्न लुटेराहरुको खोजीका क्रमम सुराकीका आधारमा धिमाललाई दमक १० स्थित सुमित्रा मगरको घरबाट शसस्त्र बेस क्याम्प उर्लाबारीका सुरक्षाकर्मीले पक्राउ गरेको हो । धिमालसहितको ६ जनाको हतियारधारी समूहले दिउँसो २ बजेको समयमा फायरिङ गरी पसले थापालाई नियन्त्रणमा लिई १ सय तोला सुनका गरगहना र ३ लाख ५० हजार नगद लुटेको प्रहरीमा उजुरी परेको थियो । लुटपाटमा ६ जना हतियारधारी समूहको संलग्नता रहेको र अन्य ५ जनाको खोजी कार्य भइरहेको समेत प्रहरीले जनाएको छ । धिमालले आफुसमेत संलग्न रही २ वर्षअघि दमकस्थित लक्ष्मी बैंकमा समेत लुटपाट गरेको स्वीकारेको प्रहरीले उल्लेख गरेको छ ।



सभामुख सुभाषचन्द्र नेम्बाङले दलहरुको आपसी सहमती बिना नयाँ संविधान निर्माण हुन नसक्ने बताउनु भएको छ ।
गणतन्त्र स्थापनापछि मुलुक सहमतीय राजनीतिको आधारमा चल्दै आएको बताउँदै उहाँले संविधान निर्माण गर्न दल सहमत नभए समस्या आउने चेतावनी दिनु भएको छ ।
इलामको चुलाचुलीमा आज जग्गाधनी पूर्जा बितरण गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै नेम्बाङले व्यक्तिभन्दा ठूलो दल, दल भन्दा ठूला राष्ट्र र जनता भएको चर्चा गर्नु भयो । उहाँले संविधान सभाका बैठकहरु अबरुद्ध भएपनि संविधान निर्माणको कार्यमा कुनै असर नपुगेको बताउनु भयो ।
नेम्बाङले संविधान निर्माण गर्न गठित विभिन्न ११ वटा उपसमितिका प्रतिवेदन र दलबीच उत्पन्न संविधान सम्बन्धि विवादको बिषयमा छलफल शुरु भईसकेको बताउनु भयो ।
आजै चुलाचुलीमा आयोजित कार्यक्रमबीच नेम्बाङले विगत पैतिंस वर्षदेखिको जग्गाको विवाद सुल्झाईएको बताउँदै जग्गाको स्वामित्व जनतामा आएको घोषणा गर्नु भयो ।
उहाँले समस्या समाधान गर्न गठित आयोगले तयार गरेका एक हजार ४५ सहित पाँच हजार पूर्जा स्थानियवासीलाई वितरणको प्रकृया शुरु भएको घोषणा गर्नु भयो ।
चुलाचुलीमा विं सं २०३० साल देखि नै जग्गाको स्वामितव जनतामा अएको थिएन् ।


झापाको दमकमा संचालित दमक महोत्सव आज औपचारिक रुपमा समापन भएको छ ।
माघ २८ गतेबाट शुरु भएको महोत्वसको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले गर्नु भएको थियो ।
महोत्वसमा एक सय भन्दा धेरै स्टल रासिखएका थिए । महोत्वस १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्वसमा तीन करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार भएको बताइएको छ ।


मंन्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सभासद राजकुमार नाल्वोको पद खारेजी गर्न सभामुख सुभाष नेम्वाङ समक्ष आग्रह गरेको छ ।
आज सभामुख नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै परिषदले नाल्वोको पद खारेजी गर्न आग्रह गरेको हो ।
इलामको चुलाचुलीमा जग्गाधनी पूर्जा वितरण कार्यक्रममा सहभागि हुन त्यहाँ पुग्नु भएका सभामुखलाई परिषदका सचिवालय सदस्य प्रेमद्धिप थाम्सुहाङले ज्ञापन पत्र बुझाउनु भएको थियो ।
ज्ञापन पत्रमा समानुपातिकतर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका सभासद नाल्वो पार्टी आबद्ध नरहेको जनाईएको छ । संविधान सभा निर्वाचनमा मन्चका दुइ जना सभासद समानुपाति तर्फाट निर्वाचित भएका थिए ।


संघीय विद्यार्थी युनियनले भोलिबाट तीन दिन शैक्षिक संस्था बन्दको आव्हान गरेको छ ।
सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका मनिल तामाङका परिवारलाई क्षतिपूर्ति दिन सरकार समक्ष माग गर्दै बन्द आव्हान गरिएको युनियनले जनाएको छ ।
तामाङको वि.सं २०६५ चैत ६ गते धुलावारी क्याम्पसमा स्ववियू निर्वाचनका बेला भएको झडपमा सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको थियो ।
यसअघी सरकारले उपलब्ध गराएको पाँचलाख रुपैयाँ लिन परिपारले अस्वीकार गरेका थिए ।
सहीद घोषणा गरिएका उनलाई दश लाख रुपैंया दिनुपर्ने माग युनियनले अघि सारेको छ ।




मोरङको कानेपोखरीबाट सशस्त्र प्रहरीले आज बिहान सात सय २० लिटर घरेलु मदिरा बरामद गरेको छ । १० लिटर अट्ने ७२ वटा जर्किनमा भरिएको मदिरा बसमा चढाउन लाग्दा बरामद गरिएको हो ।
कानेपोखरीबाट इटहरी तर्फजाने बसमा चढाउदै गर्दा मदिरा बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक किशोर प्रधानले बताउनु भयो । बरामद गरिएको मदिरा आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइने प्रधानले बताउनु भयो । ग्रामिण भेगमा उत्पादिन घरेलु मदिरा पुर्वका मुख्य बजारहरुमा लगेर अबैध रुपमा बेचबिखन गर्ने गरिएको छ ।

कुमार/मायामितु

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. सेरोफेरो
    १ लाङटाङ र मुस्ताङको विभिन्न भेगमा चार हजार मिटर उचाईमा छायांकन गरिएको नेपाली चलचित्र यतिको खोजीको शनिवार दमकमा प्रेस प्रदर्शन गरिएको छ । उक्त चलचित्र स्थानिय पाथिभरा चलचित्र घरमा एक कार्यक्रमबीच संचारकर्मी समेतको उपस्थितीमा प्रदर्शन आरम्भ गरिएको थियो । त्यस अवसरमा चलचित्रका निर्माता लक्ष्मण बस्नेतले पृथक र यतिको मिथमा आधारित...
  2. जँड्याहा पक्राउ
    झापाको दमक वेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा मदिरा सेवन गरेर हो हल्ला मच्चाउने दुई जना शरणार्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा वेलडाँगी एक सेक्टर जी २ को छाप्रा नम्वर १६९ का दिल वहादुर रसाईली र सेक्टर वि ३ को ३१ नम्वर छाप्राका भिम वहादुर क्षेत्री...
  3. शरणार्थी सेरोफेरो
    १ डेढ वर्षअघि दमकको मुख्यचौकमा अवस्थित लक्ष्मी वैंक लुटपाटको घट्नामा सम्लग्न एक जना भुटानी शरणार्थीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा वेलडाँगी -१ भुटानी शरणार्थी शिविरका सेक्टर जी का २२ वर्षीय डाकमान भुजेल रहेका छन् । भुजेललाई दमकको वसपार्क नजिकवाट पक्राउ गरिएको थियो । उक्त...
  4. सेरोफेरो
    १ मंगलबार राती हात्तीको आक्रमणमा परी चुलाचुली ६ की ५४ बषिर्य एक महिलाको ज्यान गएको छ । गर्मीको समयमा राती १० बजेतिर घर बाहिर आँगनमा परिवारसहित बसिरहेको बेला एक्कासी आएको हात्तीले आक्रमण गर्दा मनमती राईको ज्यान गएको हो । मृतका राईको पति र छोरा भने भागेर ज्यान जोगाउन सफल भएको...
  5. सेरोफेरो
    १ संविधान सभाका सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङले जनआकाङ्क्षा अनुसार अहिलेको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ । आज झापाको महारानीझोडामा सुझाव संकलनका लागि सभासदहरुको टोलीसँगै पुग्नु भएका उहाँले नयाँ नेपाल जनताको चाहना अनुसार नै हुने बताउनु भयो । संविधान लेखनका क्रममा जनचाहनालाई सम्बोधन गर्नकै लागि आफूँहरु [...]...

फेसबुकमा राख्नुस्

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in