१
एकीकृत नेकपा माओवादी कोचिला राज्य समितिले झापाका क्षेत्र नम्बर ७ का सभासद विश्वदीप लिङदेन (सुरेश)लाई पार्टीबाट निष्काशन गरेको छ ।
आर्थिक अनियमितताको आरोप लगाउँदै माओवादीले सभासद लिङदेनलाई निष्काशन गरेको हो । लिङदेन एमाले नेता केपी ओलीलाई हराएर संविधानसभामा निर्वाचित भएका हुन् । झापा दमकका हरिभक्त पराजुलीसँग मिलेर स्थानीय रामप्रसाद न्यौपाने र रतनराज उदासको घरजग्गा आफ्नो हातमा पारेपछि लिङ्देनलाई निष्काशन गर्नु परेको माओवादी स्रोतले जनाएको छ । पीडित न्यौपाने र उदासले माओवादीमा हालेको उजुरीपछि छानविन सुरु भएको थियो । छानविनमा हस्तक्षेप गर्दै सभासद लिङदेनले पराजुलीलाई धम्क्याएका थिए ।
सो धम्कीपछि पराजुलीले न्यौपानेको लगभग ७० लाख मूल्यको घडेरी सभासद लिङदेनकी श्रीमतीको नाममा पास गरिदिएका थिए ।
Feb 02
Feb 02
१
माइती नेपालको इलाम पशुपतिनगरस्थित आवधिक गृहले सन् २००९ मा पशुपतिनगर नाकाबाट बेचिन लागेका एक सय २८ महिलाको उद्धार गरेको जनाएको छ ।
आवधिक गृहका संयोजक होम ढकालले बैदेशिक रोजगारको प्रलोभन देखाएर सीमा कटाउन लाग्दा ती महिलाहरुलाई रोकेर अभिभावकको जिम्मा लगाएको बताउनुभएको छ ।
यसैगरी भारतको सिक्किम, कालिम्पोङ, सुकिया, मिरिक पुर्याइएका नौ जना महिलाको पनि उद्धार गरेर परिवारलाई जिम्मा लगाएको माइती नेपालले जनाएको छ ।
गत वर्षमा ४६ जना महिलाको खोजीका लागि आवधिक गृहमा निवेदन परेको जानकारी दिँदै संयोजक ढकालले १८ जना महिलालाई मात्र पत्ता लगाउन सकिएको बताउनुभएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »