१
भुटानी शरणार्थी शिविर शनिश्चरेका एक विद्यार्थीले आफ्नै विद्यालयका वयोवृद्ध सहायक प्रधानाध्यापकलाई कुटपिट गरि घाइते बनाएका छन् ।
शनिश्चरे शिविरस्थित न्यू होराइजन एकेडमीमा कक्षा ९ मा पढ्ने सोही शिविर सेक्टर एच ४, छाप्रो नं. ३३ का किशोर राईले उक्त विद्यालयका पचहत्तर वर्षीय स.प्र.अ. देवीचरण धिमाललाई मुक्का प्रहार गरि घाइते बनाएका हुन् ।
विहान प्रार्थनाको समयमा तीन चार जना विद्यार्थीहरु कक्षा कोठामा बसिरहेको अवस्थमा स.प्र.अ. धिमालले उनीहरुलाई प्रार्थनाका लागि लाइनमा बस्न आग्रह गर्दा अन्य विद्यार्थी गए पनि निज राईले अटेर गरेपछि धिमालले कार्वाही गर्ने चेतावनी दिएका थिए । उनको चेतावनीलाई प्रतिवाद गर्दै निज राईले धिमालको अनुहारमा एक्कासी मुक्का प्रहार गरेका थिए ।
धिमालको नाथ्री फुटेको र अनुहारमा चोट लागेको छ । उनी पथरीस्थित एक नर्सिङ होममा उपचारपछि घर फर्किसकेका छन् भने राईलाई शिविर रेखदेख कार्यदल (CWT) ले पक्राउ गरि प्रहरीलाई बुझाएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Feb 03