Feb 04
क्रमागत
सन २००१को ९ सेप्टेम्बरमा दमकको बेलडाँगी बसस्टप नजिकै बस्नेत छापाखाना भएको घरको माथ्लो तल्लामा भुटान पिपुल्स पार्टरी अध्यक्ष आरके बुढाथोकीलाई दिउँसो ३ बजेतिर बैठकमै खुकुरी हानेर ज्यान लिए शरणार्थी राम क्षेत्रीले । राम शनिश्चरे शरणार्थी शिबिरका शरणार्थी हुन् । बुढाथोकीलाई रगत चुहाँउदै उपचार गर्न दमकको आम्दा अस्पताल पुर्याइयो । म आम्दा अस्पताल पुग्दा रोइरहेका केही शरणार्थी बाहेक अरु कोही थिएनन् । डाक्टर बालकुमार नेपालले अपह्रान्ह ४ बजेतिर बुढाथोकीलाई मृत घोषित गरे । त्यो घट्नाले भुटानी समाजलाई निक्कै आघात पुर्यायो । भुटानी समाजमा हुर्किएको नेतृत्वको गर्दन छिनाल्नको उद्यत थियो भन्ने कुरो सबैको चासोको बिषय थियो । तर दिन दहाडै भएको त्यो हत्याको मुख्य अभियुक्त अझै फेला परेका छैनन् । बुढाथोकी मारिएको घटना मेरा लागि त एउटा समाचार मात्र नै थियो । स्पेसटाईम दैनिक, च्यानल नेपाल टेलिभिजन र पूर्बाञ्चल दैनिकमा सम्प्रेशण गरें । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Feb 04
१
डाले घाँस काट्न रुख चढेका लखनपुर १का एक जनाको लडेर ज्यान गएको छ । बुधबार साँझ ६ बजे घर नजिकैको रुखमा घाँस झार्न चढेका स्थानीय ४० बर्षीय वीरबाहादुर लिम्बुको मृत्यु भएको छ । अग्लो रुखबाट झदा सख्त घाइते भएका उनलाई उपचारका लागि दमक तर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।
त्यसैगरी बुधबार विहान इलामको बाँझोमा भीरबाट खस्दा घाइते अवस्थामा भेटिएका एक अबोल किशोरको जिम्मा लिने अभिभावक कोही नहुँदा प्रहरीलाई समस्या परको छ । लखनपुरस्थित पाथीभरा गणका गणपती गणेश ठाडामगरले भीरबाट खसेका अवस्थामा भेटिएका उनलाई सशस्त्र प्रहरीले उद्धार गरी लाइफलाइन अस्पतालमा उपचारका लागि छाडिएको बताए । इलाका प्रहरी कार्यालय दमकका प्रमुख निरीक्षक नविन कार्कीले ती अबोल किशोरको थप उपचारका लागि धरानस्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा लगिए पनि अभिभावक नभएका कारण प्रतिष्ठानले भर्ना गर्न नमान्दा समस्या भएको बताए ।
यसैबिच इलाका प्रहरी कार्यालय दमकले चन्दा संकलन गरि रु ६ हजार पाँचसय उनको उपचारको लागि पठाएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Feb 04
कुरो २०४८ सालको हो । अर्धवार्षिक परीक्षा सकिन एकै दिन मात्रै बाँकी थियो । म आठ कक्षाको बिद्यार्थी थिएँ । छिमेकी जमुना पौडेल दिदी दुर्घटनामा परि बित्नु भएको थियो । म उहाँको मलामी गएको थिएँ । त्यही दिन थियो मैले मध्य झापाको कन्काई बगरमा शरणार्थी देखेको ।
कन्काईको पूर्वी बगरमा सानासाना झुप्रे छाप्राहरुको एकनासको बस्ती । अघाउन्जी खान नपाएका बाल बालिका, रोगी र अशक्त बुढाबुढीहरु त्यो मंसिरको जाडोमा लुगलुग काँपिरहेका थिए । सानो छाप्रोभित्र सहायतास्वरुप पाएको थोरै खान्की पकाउने ठाउँ उस्तै असुरक्षित र फोहोर थियो । आफन्तहरुलाई सरकारी हिंसाको चक्रब्युहभित्र अलपत्र छोड्दै असुरक्षाका तारबार नाघ्दै २ वटा सीमाना पार गरेर नेपालमा शरण लिएका ती भुटानीको अवस्थाले मनमा निराशा सृजना गर्थ्यो ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Feb 04

उमेरले चार वीस दुइ काट्न लाग्यो । आँखा कमजोर भएर दृष्य धमिलो हुन थालिसके । नजिकै बसेर नबोले बोलेका कुरा सुन्न समेत हम्मेहम्मे पर्छ । तर यो बुढेसकालमा पनि दैनिकी उही छ । बिहान पाँचै बजे उठ्यो, नुहाई धुवाई सक्यो अनि लाग्यो पूजापाठमा । साढे पाँच बजे शुरु हुने पूजापाठ लगातार आठ बजेसम्म चल्छ । हातमा तुलसीको माला लिएर जपमा बसेपछि कसैसँग बोल्न नहुने ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »