शुक्रबार राति फिदिम बजारमा भएको आगलागीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक-१० झापाकी २६ वर्षीया गंगा दर्नाल र तेह्रथुम ह्वाकुकी १६ वर्षीया भीमकुमारी शिवा छन्। आगाले जलेको शरीरको केही भाग फेला मात्र फेला परेको प्रहरीले जनाएको छ।
‘जलेर रहेको केही भाग हामीले फेला पारेका हौं’, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले नागरिकसित भने, ‘मानव शरीरको बनावट छुट्याउन नसकिने गरी जलेका शव भग्नावशेषबाट हामीले निकालेका थियौं।’ पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर, बेलडाँगीका दुईजनाले आज झुण्डिएर आत्महत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय दमकका अनुसार बेलडागी तीन सेक्टर डि चार छाप्रा नम्बर ८८ का ५० वर्षीय जसबहादुर तामाङ र सोही उमेरका बेलडागी दुई सेक्टर ए दुई छाप्रा नम्बर ४४ का कुलबहादुर आचार्यले आत्महत्या गरेका हुन्। पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१
झापा दमकको तरकारी बजारलाई व्यवस्थित गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
दमक ११ स्थित बजारलाई व्यस्थित गर्न र सडकको बजारलाई व्यवस्थित गर्न कृषि सामाग्री कम्पनीको जग्गामा सार्न लागिएको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले व्यापारीसँग साझेदार रुपमा टहरा निमार्ण गरी बजार सार्न लागिएको बताउनु भयो ।
यसरी निर्माण गरिएका स्टलमा हरियो सागसव्जी, तरकारी, फलफुल र माछा, मासुको पसल रहने छन् । नगरपालिकाले विस वर्षका लागि कृषी सामाग्री संस्थानसँग जग्गा भाडामा लिएको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
वेस्टर्न युनियन मनि ट्रान्सफरको प्रायोजनमा युएईब्यापी नेपालीहरुको भलिबल प्रतियोगिता अन्तर्गत युएईको फुजेरा स्टेटमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। फुजेराको लागि भने वेस्टर्न युनियन मनि ट्रान्स्फरको साथसाथै अर्को नेपाली संस्था सर्बोदय इन्भेस्टमेन्टले पनि प्रायोजन गरेको थियो र यस प्रतियोगिताको आयोजना फुजेरा नेपाली समाजले गरेको थियो ।
जतिवेला नेपालीभाषी भुटानीहरु आफ्नो देश जवरजस्ती रुपमा छोड्न वाध्य भएर नेपालका पूर्वी भागमा शरणार्थी बन्नु पर्यो, त्यसको केही समयपछि विविसीले भुटानी शरणार्थीसम्वन्धी एउटा भिजुयल बनाएर प्रसारित गरेको थियो । सो भिजुअल कलाकार केदार उप्रेतिले विविसी मार्फत प्राप्त गर्नु भएको रहेछ । अधिकाँश भुटानीले त्यो भिजुअल त्यतिवेला नहेरेको पनि हुनसक्छ, र अहिलेको पुस्ता र भावी पुस्ताको लागि पनि यो एउटा दस्तावेजका रुपमा रहन सक्छ भन्ने मनाशयका साथ हामीले यसलाई तितोपिरोमिठोमार्फत तपाइहरुसमक्ष पुर्याउने जमर्को गरेका छौं ।
युट्युवमा १० मिनट भन्दा लामो भिडियो अपलोड गर्न नमिल्ने भएकाले यसलाई २ भागमा विभाजित गरि अपलोड गरिएको छ ।
भिडियो हेर्न तल जानु होला ।
