सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


कोच सम्बद्ध पाँचवटा संगठनले प्रस्तावित चौध प्रदेशको विरोध गर्दै कोचिला राज्यको ग्यारेण्टी हुनुपर्ने माग अघि सारेका छन् ।
काठमाण्डौ पुगेको कोच संगठन सम्बद्ध मोर्चाको प्रतिनिधि मण्डलले त्यहाँ केन्द्रीय तहमा आफ्नो मागको विषयमा सरकारको ध्यानकर्षण गरेको हो ।
विद्यानन्द राजवंशीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुभाषचन्द्र नेम्बाङलाई आफ्नो मागको विषयमा ज्ञापन पत्र बुझाउने तय भएको छ । टोलीले एकिकृत माओवादीका नेता रामबहादुर थापा बादल मार्फत आइतवार अध्यक्ष प्रचण्डलाई पनि ज्ञापन पत्र बुझाएको छ । पत्रमा कोचहरुको ऐतिहासिकतालाई ध्यानमा राखेर राज्य पुनसंरचना गर्न आग्रह गरिएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

नवनिर्वाचितका लागि प्रशिक्षण

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

भुटानी शरणार्थी समस्याको बदलिंदो परिवेशमा शिविरभित्रका युवाहरुको भूमिका अझ बढेर गएकोमा जोड दिइएको छ ।
झापा र मोरङका सातवटै शिविर स्थित युवा मैत्री केन्द्रका नवनिर्वाचित पदाधिकारीका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमका सहभागीले यूवाको भूमिकामा जोड दिएका हुन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दुई प्रवासी खवर

प्रवास, फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


usa-nepalese
अमेरिकाको केलिफोर्निया लस एन्जेलेसमा यही ६ तारिखका दिन झन्डै डेड बर्ष अगाडि गठन भएको तदर्थ समितिले आयोजना गरेको प्रथम साधारण सभाबाट उमा थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्बसम्मतले निर्बाचित भएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

पालैसँग पढ्न जाने

फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

school1 विद्यार्थीहरु पालो पालोगरी विद्यालय जान्छन् भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ तर तपाई आश्चर्य नमान्नुहोस्, उत्तरी मोङको टाँडीका अधिकाँश विद्यालयहरुमा त्यस्तै छ ।
टँडी-७ चुली पोखरीमा रहेको चुलाचुली प्राविका विद्यार्थीहरु एउटै घरका बालबालिकाहरु पालो गर्दै विद्यालय जाने गरेका छन् । टाँडीका अधिकांश मानिसहरु खेती किसानी तथा पशु पालन गर्ने भएको हुँदा घाँस दाउरा काट्न, गाई वस्तु चराउन लगायतका काममा विद्यार्थीहरु जाने गरेका कारण पालो गरी विद्यालय आउने गरेको सो विद्यालयका प्र.अ. रेवतकुमार श्रेष्ठले वताउनुभयो । २०४९ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा तीन सम्म पढाई हुँदै आएको तर एक जना मात्र शिक्षक दरवन्दी रहेको छ । साथै निजि शिक्षक १ जना, निःशुल्क स्वयंसेविका १ जना, बालविकास दरबन्दी १ जना गरी जम्मा ४ जना शिक्षकहरु रहेका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in