भूटानी शरणार्थी शनिश्चरे शिविरअर्न्तर्गत न्यू होराइजन एकाडमी स्कूलमा गत फेब्रुअरी २ तारिकका दिन विद्यार्थीद्वारा सहायक प्रद्यानाध्यापकमाथि कुटपिट भएको विषयलाइ लिएर शिविर सचिवले फोनबाट प्रद्यानाध्यपकलाई अपशब्द प्रयोग गर्दै गालीगलौज र धम्की दिएको खुलासा भएको छ ।
शिविर व्यवस्थापन समितिको गरिमामय सचिव पदमा रहेर जनताको सेवा गर्न बसेको चम्पासिंह राईले शिविरकै छत्रछाँयामा सञ्चालन हुने न्यू होराइजन एकाडेमी स्कूलको उस्तै उच्च पदमा रहेर सेवा गर्ने प्रधानाध्यापक दिलकुमार सुब्बामाथि अपशव्द, उच्छृङ्खल र गालीगलौजपूर्ण धम्की फोनबाट दिएपछि स्कूल बन्द गरी अभिभावकहरू बोलाइ बैठक गर्नु परेको विद्यालय स्रोतले जानकारी गराएको छ ।
१
झापाको दमकमा विगत चार वर्षदेखि प्रत्येक सालको हिउँदमा लाग्दै आएको दमक महोत्सव यसपाली पनि शुरू भएको छ । हरिओम कोलोनी, दमक -१० मा सञ्चालित महोत्सवको उद्धाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाबाट गरिएको थियो ।
महोत्वस उद्धाटन गर्दै उपाध्यक्ष खतिवडाले नयाँ योजनाको प्राथमिकता रोजगारी सृजना र गरिबी निवारण उन्मुख हुने स्पष्ट गरे । उनले भने- गरिबी न्यूनीकरण सरकारको प्राथमिकता हो । यस्कालागि कृषि क्षेत्रको आधुनिकीकरण अत्यावश्क छ ।
१
इलाममा दुर्घटना र अन्य कारणबाट ज्यान गुमाउने आठ जनाको नाममा तिनका परिवारजनले राज्य र विद्रोही पक्षबाट हत्या भएको दाबी गर्दै राहत लिएका छन् ।
द्वन्द्वको घटनाहरु अद्यावधिक गरेको मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग)का अनुसार भीरबाट लडेर मृत्यु भएका गोर्खे ४ का ४० वर्षीय लोकबहादुर खड्काको परिवारले जिल्ला प्रशासन कार्यालयबाट एक लाख रुपैयाँ राहत लिएको छ ।
यसैगरी आफ्नै साथीले छुरा प्रहार गर्दा ज्यान गुमाएका सुम्बेक ३ का १६ वर्षीय सुरेन्द्र दियालीको नाममा पनि राहत वितरण भएको छ । अमर उच्च माविमा अध्ययनरत दियालीलाई साथीले २०६१ फागुन १७ गते विद्यालयमै छुरा प्रहार गरेका थिए ।
