सेरोफेरो

फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको पथरियामा मङ्गलबार राति गाउँलेको प्रतिकारमा तीनजना भारतीय डाँकाको मृत्यु भएको छ । घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पथरिया-४ का भूमिराज राजवंशीको घरमा डकैती गर्न करिब १५-२० जनाको संख्यामा आएका भारतीय सशस्त्र डाँकासँग गाउँलेले प्रतिकार गर्दा उनीहरुको मृत्यु भएको हो । घटनामा भारतको किसनगाजका मजित आलमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले नेपाल-भारत सीमा “सिलु” गरेपछि पथरिया र केचनामा थप एकजना डाँका मारिएका थिए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कोशी टप्पुमा दुइ नयाँ प्रजातिको चरा थपिए

फोटो, वातावरण, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

small-niltava1नेपालको माथिल्लो भागमा भएको जाडोले गर्दा चराहरू जाडो छेल्न तराई झर्दैछन् । यसै सिलसिलमा अर्जुनक प्रजातिहरू मध्येको एक सानो नीलतभाको भाले कोशी टप्पुमा देखा परेको छ । उक्त चरा टिका गिरी, बद्री चौधरी र निक ब्रेले २०६६ साल मंसीर महिनाको २३ गते यहाँ फेला पारेका थिए । यो चरालाई अंग्रेजीमा पनि नीलतभानै भनेर चिनिन्छ जुन नाम लगभग १६० वर्षअघि संस्कृतबाट लिइएको मानिन्छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

इलामको सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


इलाममा सोमबार भएको आगलागीबाट पिडीत बनेका परिवार र आफन्त तथा बजारवासीको आक्रोशित भिडले बुधबार इलाम नगरपालिका र इलाम चोकबजारमा रहेको शहिदको सम्झनामा निर्मित शहिद स्तभ्भ तोडफोड गरेका छन् । इलामको मुख्य बजारमा आगलागी हुँदा नगरपालिकाको बारुण यन्त्र(दमकल) ले साथ नदिएको भन्दै पीडितहरुले नगरपालिका र शहिद स्तम्भमा आक्रोश पोखेका थिए । नगरपालिका तोडफोड गर्ने पुगेका बजारबासीले नपाका कर्मचारीलाई बाहिर निकालेर भवनमा तोडफोड गरेका थिए । तोडफोडमा नपाका भ्यालका सिसाहरु फूटाइएको छ भने नपाको गेटमा तालाबन्दी गरेका थिए । चाहिएको समयमा नगरपालिकाले सहयोग नगरेको भन्दै नगरपालिका खारेज गर्नुपर्ने र नगर अधिकृतको राजीनामा माग्दै नपा परिसरमा नारावाजी गरेका थिए । नपामा भएको एक दमकल विग्रिएको र नपाको हेलचेक्र्याईका कारण आगलागीबाट बढी क्षति भएको पीडितहरुले गुनासो गरेका थिए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in