बल्ल जग्गाधनी भइयो

फोटो, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

suvash_nemaban_at_chulachuli_2पैतीस वर्षको प्रतिक्षापछि इलामको चुलाचुलीका बासिन्दाले आफूले भोगचलन गर्दै आएको जग्गाको मालिक आफैं भएका छन् ।
चुलाचुलीको बर्षौंदेखि अव्यवस्थितरुपमा रहेको बसोवास सम्बन्धि समस्या समाधान भएको आज आइतवार सभामुख सुभाष नेम्वाङले घोषणा गरेका हुन् । उनले चुलाचुलीका बासिन्दा जग्गाबिहीन भएर बस्नु परेको दृष्टान्त अब इतिहास भएको बताउँदै भने “सरकारले सम्पूर्ण जग्गाको स्वामित्व तपाईहरुमा हस्तान्तरण गरेको म घोषणा गर्दछु ।” उनले स्थानियवासीलाई वितरण गर्न एक हजार ४५ थान धनीपूर्जा तयार भएको र बाँकी छिट्टै तयार गरिने बताए । उनले पूर्जा वितरणको प्रकृया तत्कालै शुरु गर्न आयोगलाई निर्देशन पनि दिएका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सुव्वाको हत्यामा भूटानको हात

शरणार्थी, समाचार21 प्रतिकृयाहरु »

भूटानी शरणार्थी अगुवा डाक्टर भम्पा राईले आइतबार एक विज्ञप्ति जारी गरी स्वदेश फिर्ती पक्षधर शरणार्थी अगुवा रमेश सुब्बाको हत्यामा भूटान सरकारको हात रहेको बताएका छन् ।
राईद्वारा जारी विज्ञप्तिमा भूटान सरकारले सुब्बालाई षडयन्त्र गरी हत्या गरिएको जनाइएको छ । ३ दिन अघि झापाको मेची नगरमा हत्या गरिएका बेलडाँगी १ का पूर्व सचिव सुब्बाको हत्याले शरणार्थी अगुवाहरुमा त्रास बढेको समेत जनाइएको छ। सुब्बाले पछिल्लो पटक स्वदेश फिर्ती पक्षधर अगुवाहरुलाई भूटानी सरकारले हत्याको तानावाना बुन्दै आएको कुरा पर्चामार्फत उल्लेख गरेको समेत विज्ञप्तिमा जनाइएको छ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


पूर्वाञ्चलमा बैंक लुटपाट लगायतका दर्जनौं आपराधिक घटनामा संलग्न रही प्रहरीको मस्ट वान्टेडको सूचिमा परेका एक युवा २ थान पेस्तोलसहित आइतबार झापाको दमकबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ वयरवन ८ का कंशबहादुर धिमाल रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख चक्र बस्नेतले बताए । उनका अनुसार धिमाललाई ७ राउण्ड गोली जाने इटालियन माउजर, ६ राउण्ड गोली जाने सिक्सर रिवल्भर , १ थान खुकुरी र क्यामेरा सहित पक्राउ गरिएको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

मृत्युपछि रमेश सुव्वा

फोटो, भिडियो, शरणार्थी70 प्रतिकृयाहरु »

अज्ञात समूहको गोलीप्रहारबाट मृत्यु भएका पूर्व शिविर सचिव रमेश सुव्वाको पोष्टमर्टमपछि हिजो साँझ वेलडाँगी शिविर नजिक रतुवा खोलामा दाहसंस्कार गरियो । पोष्टमर्टमका समयमा खिचिएको एउटा छोटो भिडियो तथा एउटा फोटो भुटान न्यूज सर्भिसका विद्यापति मिश्रबाट प्राप्त, तथा अर्जुनबाट दाहसंस्कारका केही फोटोहरु हेर्न भित्र आउनु होला ।

(सावधान - केही फोटोहरू डरलाग्दो भएकोले कमजोर मन हुनेहरूलाइ भित्र नजान सल्लाह दिइन्छ ।)  पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

रिफको आयोजना भएको कन्सर्टका केही

कला, भिडियो1 प्रतिकृया »

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in