भुटानमा सशस्त्र सङ्घर्ष सुरु गरेका तर निष्कृयजस्तै रहेका भुकपा मालेमावादीको एक समूहले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूसाग भेटवार्ताको प्रयास गरिरहेको पत्ता लागेको छ। मार्क्सवाद, लेनिनवाद र माओवादलाई मूल राजनीतिक आदर्शका रूपमा लिएका भुटानी माओवादीले दुई साताअघि दूतावासका अधिकारीहरूसाग अनौपचारिक वार्ताको पहल गरिरहेको चिनियाँ दूतावास स्रोतले घटना र विचारलाई बताएको छ।
अन्ततः ढल्यो सहिद स्तम्भ!
दोस्रो जनआन्दोलन ०६२। ६३ को उभारले स्व. राजा वीरेन्द्रको सालिक ढालेपछि लाखौं रुपैयाँ खर्चिएर निर्माण गरिएको इलाम चोक बजारको सहिदस्तम्भ एकैछिनको आक्रोशले ध्वस्त बनेको छ।
भर्खरै भएको यो घटनाको कथा यस्तो छ, इलाम बजारको मध्यभागमा रहेको निकुञ्जपथमा फागुन ३ गते राति भीषण आगलागी भयो। १८ वटा घर पूर्ण रूपमा ध्वस्त भए, अन्य केही घरमा समेत आंशिक क्षति पुगेको छ। आगलागी भएपछि स्थानीयबासी तथा सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर आगोलाई चार घन्टापछि नियन्त्रणमा लिए, किनकि इलाम नगरपालिकाको बारुण यन्त्र सो समयमा इलाममा थिएन। मर्मतका लागि झापा लगिएको नगरपालिका बताउँदै आएको छ। बिहान मात्रै झापाको मेची नगर नगरपालिका र इटहरीको बारुण यन्त्र आइपुगे। त्यसपछि, स्थानीयवासीको आक्रोश नगरपालिका कार्यालयतर्फ खनिन थाल्यो। ‘विपतको अवस्थामा पनि बारुण यन्त्र उपलब्ध हुन सक्दैन भने जनताले तिरेको करको के अर्थ भयो?’ अग्निपीडितहरूको आक्रोश हो यो।
१
भूटानी शरणार्थी शिविरका जेष्ठ नागरिक समाजको अगुवाईमा भूटानी शरणार्थी स्वदेश फिर्ती अभियानका पक्षधरहरुसँगको अन्तरक्रिया आज सम्पन्न गरेको छ ।
जेष्ठ नागरिक समाजका अध्यक्ष हर्कजंग सुब्बाले आज एक विज्ञप्ति जारी स्वेदश फर्किन चाहने शरणार्थीहरुबीच अन्तरक्रिया सम्पन्न गरेको जनाउनु भएको छ।
हर्कजंग सुब्बाको नेतृत्वको ५ जना सम्मिलित सो टोलीले झापा र मोरङका सातवटै शिविरका शरणार्थीहरुसँग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा स्वदेश फर्कन चाहने शरणार्थीहरुको भावना बुझ्ने काम भएको समाजका अध्यक्ष सुब्बाले बताउनु भयो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१
“सिस्टममा केही समस्या भएकोले तपाईंको कल सफल हुन सकेन, केही वेरपछि पुनः प्रयास गर्नुहोस् ।” नेपाल टेलिकमको जुनसुकै मोवाइल फोनमा डायल गर्दा यो भनाई आइरहेको छ । दमकमै र दमकबाट बाहिर जाने टेलिकमको कुनै पनि मोवाइल फोनमा सम्पर्क गर्दा आउने अटोमेटिक जवाफ हो यो।
आज विहान दश बजेदेखि यसखालका सवै फोनहरुको नेट्वर्क झापामा अचानक गएपछि यहाँका सेवाग्राही सर्वसाधारण सवैमा मर्का परेको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन वाहेक अन्य मोवाईल फोन सेवा अचानक वन्द भएपछि यस्तो समस्या भएको हो । दमकस्थित नेपाल टेलिकमको कार्यलयमा सम्पर्क गर्दा तत्काल थाहा नभएको जवाफ दिएका थिए भने जिल्ला प्रहरी कार्यालयले भने अपुष्ट रुपमा अप्टिकल फाईवरमा समस्या आएको वताएका छन् । ४० हजार भन्दा धेरै ग्राहकहरु रहेको यसखाले फोन एकदिन मात्र वन्द हुँदा टेलिकमलाई पनि करोडौं रुपयाँ घाटा लाग्दछ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
हे मानवीय दातृ निकाय
खोजभित्र एउटा चिहान खोज
गर्नु गर्यो यो पुनर्वासले,
अग्ला भवनका विचमा छ फिट रोज
थकाएको छ आउने आशाले ।
अब बाँच्ने एउटा उपाय खोज
तड्पायो यो कुर्ने क्रमले,
हरेक पल बन्दैछन् मलाई बोझ
पिरोलिएँ म यो ‘थाम्ने’ श्रमले । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »