१
झापामा यो वर्ष मौसमी तरकारीको मुल्य दुइगुणाले बढेको छ ।
नघटेर यसपटक तरकारीको मूल्य उल्टो दुइगुणा बढेको हो । अघिल्ला बर्ष हिउँदमा तुलनात्मक रुपमा तरकारीको मूल्य घट्ने गरेको थियो ।
झापाको लखनपुर ४ का तरकारी किसान खेम आचार्यले लामो समयको खडेरीका कारण यस बर्ष मौसमी तरकारीको उत्पादन घटेकाले बजार मूल्य बढेको बताउनु भयो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

स्पष्ट वक्ता, साहित्यिक प्रतिभाको धनी, रेडियो कार्यक्रम प्रस्तोता अनि एउटा अनन्य मित्र एउटा क्षितिजबाट बर्साईं सरी अर्को क्षितिजमा पलायन भएका छन् । हिजो अर्थात मार्च ५, २०१० अर्थात छैसठ्ठी साल फागुन महिनाको २१ गते विहान पौने सातबजे आफ्नो कर्मभूमि बेलडाँगी छोडी अष्ट्रेलियाका लागि प्रस्थान गरेको छ एउटा प्रखर प्रतिभा । उनको प्रस्थानसँगै पूर्वाञ्चलका स्रोताले गुमाए क्षितिजको मित्र अर्थात प्रकाश धमला ।
१
पुनर्वासका कारण शरणार्थी विद्यार्थीको संख्या घट्दै गएपछि शरणार्थी शिविरहरुमा भएकामध्ये थप १२ वटा विद्यालय घटाइने भएको छ । शरणार्थीहरुको प्रतिनिधिहरु र शरणार्थीको शैक्षिक सहायतामा कृयाशिल संस्था कारितासका अधिकारीहरुबीच आज भएको बैठकले यस्तो निर्णय गरेको कारितासका शैक्षिक कार्यक्रम संयोजक लोकनाथ पोखरेलले जानकारी गराउनु भयो । पुनर्वास शुरु हुनुअघि सन् २००८ को शुरु सम्ममा शरणार्थी शिविरहरुमा ४७ वटा विद्यालय थिए । सन २००९ मा दशवटा विद्यालय घटाइएको थियो । अहिले शरणार्थी शिविरहरुमा आठ माध्यमिक सहित ३७ वटा विद्यालय छन् । शरणार्थीको तेश्रो देश पुनर्वास कार्यक्रम शुरु हुनुअघि पच्चीस हजार दुइ सय रहेको शरणार्थी विद्यार्थीको संख्या अहिले २२ हजारमा झरेको छ ।
१
पूर्वी मोरङको पथरी बजारमा शुक्रबार विहान आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
आगलागीबाट पथरी १स्थित जाँते मोडका मदन बस्नेतको घरमा पाहुना आएका बस्नेतका ससुरा ८५ वर्षीय लालबहादुर खड्काको जलेर मृत्यु भएको प्रहरी चौकी पथरीले जनाएको छ । बिहान ६:३० बजेबाट जसबहादुर धिमाल र मदन बस्नेतको घरको बीच भागबाट शुरु भएको आगलागीबाट ५ वटा घर पूर्णरुपमा जलेको र ३ वटामा सामान्य क्षति भएको हो । आगलागीबाट लता कपडा, गरगहना, खाद्यान्नका साथै पसलका सामानको ८३ लाख बढीको नोक्सानी भएको छ। बस्नेत र जसबहादुर धिमालको घरको बीचबाट आगलागी शुरु भएको र आगलागीबाट धिमाल र बस्नेतका साथै चन्द्रकला थेउदेन, प्रवेशकुमार राई र राजेन्द्र धिमालको काठको दुइ तले घर जलेर पूर्णरुपमा नष्ट भएको छ। । यसैगरी आगो नियन्त्रणका क्रममा बीरबहादुर लिम्बु, शुसिला श्रेष्ठ र लोकेन्द्र डाँगीको घरमा समेत केही क्षति पुगेको छ ।
छाडी जाने मायालाई, साथ राख्न पाए हुन्थ्यो ।
जुनी-जुनी नछुटिने, माया गाँस्न पाए हुन्थ्यो ।।
रंङ्गी चङ्गी जिन्दगीका, मिठा-मिठा रात थिए ।
भुली जाने मायालाई, सधै राख्न पाए हुन्थ्यो ।।
हाँसी-हाँसी जुनीभर, सँगै वाच्ने सँगै मर्ने
माया अझै उनीसंग, सधै राख्न पाए हुन्थ्यो ।।
लाग्यो आँखा उनलाई, कस्को कहाँ होलीन् आज
मेरो माया उनीसंग, सधै साट्न पाए हुन्थ्यो ।।
लेखि दिर्एर् इश्वरले, भाग्य पनि कस्तो-कस्तो
टाढा हुने मायालाई, साथ राख्न पाए हुन्थ्यो ।।
छाडी गयौ सपनीमा, तिमै मात्र बास देख्छु ।
सधै तिम्रो ह्रदयको, प्यास भेट्न पाए हुन्थ्यो ।। पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१. गजल )टुट्यो सपना(
क्रान्ति परिपाठले टुट्यो सपना
औंशीको यो रातले लुट्यो सपना
छरिएका मनोकांक्षा हराएछन्
बज्रिएको काठले चुट्यो सपना
इर्ष्यालु मन्दहावा मनको खडेरी
अग्निज्वाला रापले भुट्यो सपना
अशान्ति यत्रतत्र यात्रा अधुरो
भेदभाव जातले कुट्यो सपना
अनन्त यात्रा चालेँ चुमिनसक्दै
कठोर आघातले छुट्यो सपना पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१
हिजो अखिल क्रान्तिकारीले केरखास्थित गरिमा आवासीय विद्यालय गराएपछि विभिन्न विद्यार्थी संगठनहरुमा विद्यालय वन्द गराउने होड शुरु भएको छ । यसै क्रममा आज संघीय विद्यार्थी युनियनले दबाव दिएपछि झापा तोपगाछी ७ स्थित निजी विद्यालय निहारिका अंग्रेजी विद्यालय बन्द भएको छ ।
विद्यालयका प्रधानाध्यापक युवराज बरालले पाँच वर्षदेखि सरकारी सेवामा रहि भ्रष्टाचार गरेकोले रकम फिर्ता गर्नुपर्ने लगायत माग राख्दै युनियनले विद्यालय बन्द गराईएको जनाएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
आगो निभाउन गएको दमक नगरपालिकाको दमकलमाथि भुटानी शरणार्थीहरुको एक समूहले ढुंगा प्रहार गरेको छ । बुधबार राति ८ बजे बेलडाँगी - १ पछाडिको खरबारीमा सल्किएको आगो निभाउन जाने क्रममा शरणार्थीहले दमकलमाथि ढुंगा प्रहार गर्दा दुइ जना अग्नि नियन्त्रक सामान्य घाइते समेत भएका छन् । दमकलका चालक तथा अग्नि नियन्त्रक रेवत लामिछानेका अनुसार शरणार्थीहरुले प्रहार गरेको ढुंगा आगो निभाउन खटिएका कर्मचारीद्वय गोपाल घिमिरे र पदम बहादुर कार्कीलाई लागेको थियो ।
आज एउटा समाचारले झापामा निकै चर्चा पायो । एकिकृत माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले झापाको केरखामा रहेको गरिमा बोर्डिङ स्कूललाई बन्द गराएको भनि सो संगठनका जिल्ला सचिवले हस्ताक्षर गरेको प्रेश विज्ञप्ति मैले पनि भेटाएको थिएँ । एकजना पत्रकार साथीसँग भएको त्यो विज्ञप्ती हेर्दा अनि माओवादी मित्रहरुको व्यवहार हेर्दा यो देशमा व्याप्त अराजकतालाई समूल नष्ट गर्न सक्ने ‘कोही माइका लाल’ जन्मिएको छैन भन्ने आभाष हुन्छ । अनि एक जना काकाले म सानै हुँदा भन्ने गरेको उखान “अन्धेर नगरी चौपट राजा, टाकासेर भाजी टाकासेर खाजा”को सम्झना गराउँछ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१
पुनर्वास कार्यक्रम शुरु भएपछि अहिलेसम्म १४ हजार ६ सय ८७ परिवारका ३६ हजार एक सय ३८ जना शरणार्थीलाई तेश्रो देश जान आवश्यक पर्ने बहिर्गमन यात्रा कागजात अर्थात Exit Permit दिइएको छ । भुटानी शरणार्थीलाई बहिर्गमन कागजात दिन नेपाल सरकारले खटाएको गृह र परराष्ट्र मनत्रालयको तीन सदस्यीय टोलीका सदस्य डम्वरुबल्लभ गडतौलाका अनुसार पुनर्बासको प्रकृया पूरा गरेका शरणार्थीमध्ये हिजोआज दिनमा सरदर एक सय जना भुटानी शरणार्थीलाई बहिर्गमन काजगात दिइने गरिएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
