बेलडाँगीमा होली

भिडियो, शरणार्थी, संस्कृतिकुनै प्रतिकृयाहरु छैनन् »

हिजो होलीको दिन मेरो अनुरोधमा सामुयल भाइले खिचेका हुन् यो भिडियो । उनले होली खेल्न नहुने भए पनि तितोपिरोमिठोका तपाईं पाठकहरुका लागि जोखिम उठाएरै भए पनि भिडियो खिचिदिएकोमा म उनलाई धन्यवाद नदिइ रहन सक्दिन, तपाईंहरु नि ? हुन त यो भिडियो साह्रै छोटो छ । अझ भन्दा सानासाना ४ वटा क्लिप्सलाई जोड्दा मात्र यत्तिको भएको छ । जे भए पनि यसले वाहिर रहनु भएका शरणार्थी दाजुभाइ दिदीबहिनीहरुलाई शिविरको सम्झना त गराउने नै छ होला । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कम्प्युटर सिक्ने धेरै भएनन्

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

लुथरन विश्व फेडेरेसनले भुटानी शरणार्थीको लागि बेलडाँगी शिविरमा आयोजना गर्न लागेको कम्प्युटर सम्बन्धि तालिममा माग अनुसार आवेदन पर्न सकेको छैन ।
शिविर व्यवस्थापन समितीका अनुसार त्यहाँ कम्प्युटर कक्षालागिको नब्बे जना विद्यार्थीको लागि आवेदन माग गरिएको थियो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


होली मनाएर नुहाउने क्रममा झापाको कन्काई नहरमा डुवेर एक युवकको मृत्यु भएको छ । सतासीधाम - ८ माइधारका २२ बर्षीय राजु राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
होली खेलेर माइधारस्थित कन्काई नहरमा पौडी खेल्ने क्रममा राई डुवेका थिए । उनलाई सतासीधाम - ७ स्थित नहरमा मृत अवस्थामा फेला पारिएको थियो ।
यसैविच रङ दलेको विषयलाई लिएर झापाका विभिन्न स्थानमा झडप भएका छन् । झापाको वनियानी, दुधे र सैनिकमोडमा दुई पक्षबीच झडप भएको हो । झडपमा दर्जनौं व्यक्ति घाइते भएका छन् । बनियानीमा रङ दलेको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै दुधे र माइधारबीचको क्षेत्रमा दुवै समूह घरेलु हतियार कट्टी लिएर आपसमा झगडा गरेको जनाइएको छ । सैनिकमोडमा पनि झडप भएको छ । झडप सैनिक मोड र विर्ताबजारका युवहरुबीच भएको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in