कन्सर्टमा यस्तो देखियो ।

कला, फोटोकुनै प्रतिकृयाहरु छैनन् »

concert_11

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

तेह् बर्षीया आमा

फोटो, यस्तो पनि हुँदो रहेछ, समाचार, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

mother-in-13-years-ageविहेवारी वीस बर्ष पारी, वीस बर्षभन्दा कम उमेरमा सन्तान नजन्माउँ आदि जस्ता नारा रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरुमा बाक्लै रुपमा आउने गर्छन् । सरकारी र गैर सरकारी क्षेत्रबाट पनि यौन शिक्षा तथा सामाजिक कुरीति र अन्धविश्वास आदि विषयमा मनग्गै खर्च गरिरहेका छन् । तर पनि कहिलेकाहीँ सोच्न बाध्य बनाउँछ, कतै ती क्षेत्रमा लगानी गरिएको रकम वालुवामा पानी खन्याए जसरी खेर त गइरहेको छैन । नेपालमा कानुन छ क्यारे, अठार वर्षभन्दा कम उमेरमा विहे गर्न पाइदैन तर एघार बर्षमै विहे गरेर तेह्र बर्षमा आमा बनिसकेको समाचारले कता कता मन पोल्दो रहेछ । बाह्र तेह्र बर्ष अगाडि होला बेलायतमा एउटी १० बर्षकी बच्ची आमा भएको समाचारले संसार हल्लाएको थियो तर हाम्रो नेपालमै पनि तेह्र बर्षकी वालिका आमा बनेको समाचार पढ्दा हामी नेपालीमा चेतना कहिले आउने हो भन्ने पिरलो लाग्न थाल्यो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

विश्व प्रशिद्ध

फोटो12 प्रतिकृयाहरु »

copy-of-famous

यो फोटो हेरेर केही थाहा पाउनु भो ? थाहा पाए पनि नपाए पनि भित्र आउनुस्, म तपाईंलाई बताउँछु । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

ग्लोवलमा बम

फोटो, समाचार3 प्रतिकृयाहरु »

फोटोसहित अपडेट विहान १०:१५ बजे

global-eduational-academyझापाको दमकस्थित ग्लोवल झापाको दमक ११ स्थित ग्लोवल एजुकेशन एकेडमीमा सकेट बम फेला परेको छ ।
आज बिहान ५ बजे सो बम फेला परेको हो । बम निष्कृय पार्न सेनाको विशेषज्ञ टोलीलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

फोटो, शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


महिला हिँसा विरूद्ध चेतना दिने कार्यक्रम आज भुटानी शरणार्थी शिविर शनिश्चरेमा शुरू भएको छ । उक्त अवसरमा शरणार्थी विद्यार्थीहरू र अंग्रेजी भाषा सिक्ने विद्यार्थीहरू सहभागी भएको र्याली समेत गरिएको थियो । कार्यक्रम दिप प्रज्ज्वलन गरि उद्घाटन गरिएको थियो । उक्त कार्यक्रमका सभापति शिविर सचिव चन्द्रसिंह राइ हुनुहुन्थ्यो भने प्रमुख अतिथि दिगो समाधान सहायक अधिकारी (Assistant Durable Solution  Officer) सुशील कार्की रहनु भएको थियो । शनिश्चरे शिविरको आयोजना तथा युएनएचसीआरको प्रायोजकत्वमा भएको उक्त कार्यक्रममा साँगितिक तथा प्रतियोगितात्मक चित्रकला प्रदर्शनी पनि गरिएको थियो । सो कार्यक्रम आजदेखि १६ दिनसम्म चल्ने बताइएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

पत्रपत्रिकाका चार खवर

फोटो, समाचार1 प्रतिकृया »

goatएउटा खसीको मूल्य ३० हजार

एउटा खसीको मूल्य कति पर्ला - ५ हजार, १० हजार, १५ हजार यति मात्र होइन, कास्कीमा एउटै खसी ३० हजारमा बिक्री भएको छ।

कास्कीको कालिका गाविसस्थित तमलेक टोलका किसान बेदनाथ पौडेलले पालेको करिब ९० केजीको खसी ३० हजारमा बिक्री भएको हो। सम्भवतः कास्कीमा यति धेरै मूल्यमा खसी बिक्री भएको हो पहिलो पटक हो। किसान पौडेलका अनुसार खसी डेढ वर्षो रहेको छ।

स्थानीय जातको बाख्री र उन्नत बाबरी जातको बोकाको क्रसबाट जन्मिएको पाठालाई खसी पारिएको पौडेलले जानकारी दिनुभयो। लेखनाथ नगरपालिकाको सिसुवाका शेषराज भुर्तेलले खसी किनेको पौडेलले जानकारी दिनुभयो। कृषक पौडलले बाख्रापालन, कफीखेती र जडीबुटीखेती गर्दै आउनुभएको छ। पौडेलले करिब डेड सय जातका जडीबुटी लगाउनुभएको छ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

भरिंदैछ जंगल कन्क्रिटका चिहानले

फोटो, समाचार विश्लेषण, सामाजिक1 प्रतिकृया »

धर्म संस्कारमा देखासेखी गर्नाले सार्वजनिक जग्गामा महङ्गा कन्क्रिटका चिहान निर्माण कार्य वढ्दो क्रममा रहेको छ ।
झापाको जिल्लाको रतुवामाई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा यस्ता कन्क्रिटका चिहान निर्माण कार्यले तिव्रता पाएको छ । जिल्लास्थित पूर्व पश्चिम राजमार्गको उत्तरपट्टि रहेको रतुवा नदी पूर्व र कन्काई नदी पश्चिमको २७ सय ५३ हेक्टर आयोजनाको वन क्षेत्रमा जथाभावि रुपमा चिहान निर्माण हुने गरेका छन् । लखनपुर सितापुरी, केर्खा, धरमपुर, झिलझिले चौकदेखि राजमार्ग उत्तरको वन क्षेत्रमा यस्ता चिहान वन्ने क्रमले वन नै ढाकेको छ । यस क्षेत्रमात्र लगभग दश हजार भन्दा वढी पक्की चिहान रहेको स्थानिय वासिन्दाको अनुमान छ । सो क्षेत्रमा अहिले मानिसको भन्दा ठुलो वस्ती जस्तै वनिसक्यो मरेकाहरुको चिहान निर्माणले ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

पशुअधिकार, बलिप्रथा र गढीमाई

जनावर, फोटो, विश्लेषण, संस्कृति, समाचार2 प्रतिकृयाहरु »

tikaram-yatriनेपालमा भर्खर-भर्खर पशुबलि प्रथाको पक्ष र विपक्षमा तर्क र बहस शुरु भएको छ। एक थरीले यसलाई धार्मिक बैसाखी टेकाएर सांस्कृतिक निरन्तरताका रुपमा व्याख्या गरेका छन् भने अर्का थरीले अहिंसासँग जोडेर पूर्णरुपेण शाकाहारी हुन उर्दी जारी गर्दै छन्। बल्रि्रथा न ऐतिहासिक धार्मिक परम्पराको विरासत हो न मंश-अभ्यासबाट अभ्यस्तहरुलाई चटक्कै शाकाहारी बनाउने अभियान व्यावहारिक तर्क हो। बारास्थित गढीमाई मेलाको पूर्वसन्ध्यामा बलि-बहस अपेक्षित छ।

महिषासुर र चण्ड, मुण्ड दैत्यहरुलाई दुर्गा भवानीदेवीले नास गरेको तथा मर्यादा पुरुषोत्तम रामले रावणमाथि विजयप्राप्त गरेको सन्दर्भसँग जोडेर मनाउने दशैं, बल्रि्रथाको सबैभन्दा ठूलो ताण्डवनृत्य मञ्चन गरिने समय हो। असुर शक्तिमाथि सुर शक्तिको विजयको प्रतीकात्मक अर्थबोध गर्न दशैंमा निधारभरि रातो अक्षता र कानमा झप्प परेको पहेँलो जमरा लाउनुअघि घरआँगनदेखि मन्दिर, शक्तिपीठ, कोत र खलङ्गाहरुमा रगतको खोलो बग्ने गरी पशुपन्छीको बलि चढाउँछौं। हामी सांस्कृतिक निरन्तरताका नाममा झन्भन्दा झन् हिंसात्मक बनिरहेका छौं।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सरोजाको रोजाइ चित्रकला – नाम पनि दाम पनि

कला, फोटो3 प्रतिकृयाहरु »

saroj1

जव मध्यरात जम्न थाल्छ, सवैतिर सुनसान वातावरण वन्छ, तव एउटा क्यानभासमा प्रतिविम्व उतार्ने काम शुरु हुन्छ । यस्तै मध्यरातपछिको एकान्त वातावरणलाई आफ्नो कलाको विहानी मान्ने कलाकार हुनुहुन्छ मोरङ जिल्लाको पथरी वजारकी सरोजा खड्गी । सानै उमेरमा नै कलामा औधी रुची राख्ने खड्गी अहिले यसैलाई आफ्नो मुख्य व्यवसाय कै रुपमा अँगालेको वताउनु हुन्छ ।   चुनौतीका विच गुज्रिरहेको कला क्षेत्रवाट राम्रो आम्दानी गरि यसैलाई व्यवसायिक वनाउने सरोजाले सुरुका दिनमा धेरै संघर्ष गर्नु परेको वताउनु हुन्छ । दु.खको फल मिठो हुन्छ भनेझैं अहिले राम्रो आम्दानीमा रमाउन पाउँदाको मज्जा अर्कै छ उहाँको ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कलाकार केदारसँगको वार्तालाप

अन्तरवार्ता, फोटो, शरणार्थी10 प्रतिकृयाहरु »

dsc02132नेपाली कला सँस्कृतिको उत्थानका लागि शरणार्थी शिविरमा रहेर पनि अहोरात्र खटिनु भएका भुटानी कलाकार केदार उप्रेतीले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा छुट्टै परिचय स्थापित गरिसक्नु भएको छ । करीव एक दशक अघिदेखि कलाकारिताको क्षेत्रमा लाग्नु भएका उप्रेती हालसम्म दशवटा भन्दा बढि चलचित्रमा विभिन्न विधामा संलग्न रहिसक्नु भएको छ । नेपाली चलचित्र जगतमा उहाँ एउटा अभिनय मात्र नभएर लेखन तथा निर्देशनतर्फ पनि कृयाशील हुनुहुन्छ । यिनै प्रतिभाशाली व्यक्तित्व केदार उप्रेतीसँग हाम्रा सहयोगीद्वय अर्जुन तथा लाक्पा तामाङ्गले उहाँकै निवास शनिश्ररे शरणार्थी शिविर सेक्टर इ १,/ छाप्रा नं. १३ मा गर्नु भएको संक्षिप्त कुराकानी

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in