विभिन्न ठाउँमा छरिएर रहेका भुटानी शरणार्थीहरूले तिहार मनाएका केही दृष्य (भिडियोहरू यूट्युवबाट) पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
नेपाल सरकारले यसपाली पटाकालाई प्रतिवन्ध लगाएको कुरा सञ्चारमाध्यमहरुबाट प्रसस्तै सुनिएको थियो । विगतका बर्षहरुमा तिहार आउनुभन्दा ३-४ दिन अगाडिदेखि नै पटाका पड्काएर हैरान पार्थे, राति सुत्न समेत राम्री सकिँदैनथियो । सरकारले पटाका पड्काउन नपाउने भनेपछि लौ यसपाली चाहिँ राम्रो भएछ भन्ठानेको त के को प्रतिवन्ध नि, पोहोर परारको भन्दा पनि बढि फुकुवा पो भएछ । मैले राती ९ बजेतिर आफ्नै घरको छतवाट र चोकतिर गएर खिचेका केही भिडियोहरु यहाँ जोडेर एउटै बनाएको छु । राती को दृष्य हेर्नलाई त राम्रो छैन तर पटाकाको आवाज सुन्दा थाहा पाउनु हुनेछ नेपालका जनतासँग जलाएर र पड्काएर नष्ट गर्नका लागि पनि धेरै पैसा रहेछ ।
भुटानी शरणार्थी शिविर शनिश्चरेमा आज भएको कार्यक्रमका थप भिडियो र फोटोहरू पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
भूटानी कला, साहित्य, संस्कृतिको बचाउ अभियानमा जुटेका नव शरणार्थी यूवाहरुको एउटा समूह क्रिएटिभ इन्टरटेन्टमेन्ट समूहले तिहार विशेष कार्यक्रम सम्पन्न गरेको छ । आज लक्ष्मी पूजाको दिन पारेर शनिश्चरे शिविरमा आयोजित उक्त विशाल साङ्गितिक तथा साहित्यीक महोत्सव २०६६ भूटानी कलाकार केदार उप्रेतीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
अमेरिकाका राष्ट्रपति बाराक ओवामाले हिन्दुहरुको महान चाड दीपावलीमा शुभकामना दिएछन् । अमेरिकाको इतिहासमै पहिलोपल्ट यसरी हिन्दुहरुको एक महत्वपूर्ण पर्वका अवसरमा अमेरिकी राष्ट्रपतिले शुभकामना दिनुले समस्त हिन्दुहरुलाई पक्कै पनि उत्साहित बनाउँछ । हिन्दुहरुका महान चाडपर्व दशैं तिहारमा एक दिन विदा पनि नपाउँदा अमेरिकामा कार्यरत नेपाली तथा अन्य हिन्दुहरुलाई आत्मग्लानी भइरहेको अवस्थामा यसरी राष्ट्रपतिको शुभकामना सन्देश आउँदा तपाई अमेरिकावासीहरु पनि पक्कै खुशी नै भएको हुनुपर्छ । ओवामालाई म लगायत तितोपिरोमिठो डट कम परिवारबाट धन्यवाद ।
शुभकामना सन्देशको भिडियो हेर्न तल जानुस् ।
आकाश अधिकारीको निर्देशन तथा नबिन अधिकारी र आकाश अधिकारीको निर्माणमा बनेको नेपाली चलचित्र ‘काठमाण्डौ’ को प्रिमियर शोको लागि चलचित्रका निर्माता,निर्देशक तथा नायक आकाश अधिकारी,रेश मरहठ्ठा र अभिनेत्री संयुक्ता राणा २ साताको लागी आज अमेरीका प्रस्थान गर्दै छन् भने जर्मनबाट चलचित्रकी नायिका प्राप्ती घिमिरे पनि उक्त प्रिमियर शो कार्यक्रममा सहभागी हुँदै छिन् ।
अमेरिकाका विभिन्न शहरहरुमा पुनर्वास भएर गएका भुटानी शरणार्थीहरुले दशैं मनाइरहेका छन् । यसै क्रममा केही शहरमा दशैं सम्वन्धी विविध कार्यक्रममा केही भिडियोहरु मैले यहाँ राखेको छु । यी भिडियोहरु युट्युव बाट लिइएका हुन् ।
साथै दशैंका विविध कार्यक्रममा फोटोहरु, भिडियोहरु यहाँहरुसँग भएमा तितोपिरोमिठो मार्फत अरु साथीहरुलाई शेयर गर्न सक्नु हुनेछ । कृपया आफूसँग भएका फोटो भिडियो titopiromitho@gmail.com मा पठाउनु हुन अनुरोध गर्दछु । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
यो सालको दशैं पनि आयो आयो भन्दाभन्दै सकियो । हुन त पूर्णिमासम्म दशैं मान्ने र टिका लगाउने चलन छ । तर मैले थाहा पाएसम्म पश्चिम नेपालका मानिसहरुले विजयादशमीको दिन एक दिनमात्र दशैंको टिका लगाउने गर्छन् ।म त पूर्वकै वासिन्दा भएपनि मैल थाहा पाउन थालेदेखि टिकाको भोलिपल्टदेखि दशैंको टिका लगाउन यताउता गएको छैन । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
झापाको तोपगाछी गाविस अन्तर्गत केराधापमा केराधाप युवा समूहले आज जिल्ला स्तरीय अन्तरविद्यालय साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमका केही फोटो तथा एउटा छोटो भिडियो नवोदय विद्या मन्दिर, समयगढका शिक्षक कमल घिमिरे मार्फत प्राप्त भएकोले तिनीहरुलाई यहाँ प्रस्तुत गर्न गइरहेको छु ।

अपडेट (भिडियोसहित) २४ अगस्त, २००९, विहान ९:१०
