यी कस्ती आमा

यस्तो पनि हुँदो रहेछ, विदेशकुनै प्रतिकृयाहरु छैनन् »

यी कस्ती आमा
बेस्सरी च्यापेर बच्चालाई स्तनपान गराउँदा चार हप्ते एक शिशुको ज्यान गएको छ। यो घटना जहाजभित्र भएको हो। वासिंगटन डिसीबाट कुवेतका लागि उडेको युनाइटेड एयरलाइन्सको जहाजभित्र एक महिलाले लाजले गर्दा बच्चालाई बाक्लो ओड्ने ओडाएर बेस्सरी च्यापेर स्तनपान गराएकी थिइन्। इजिप्टमा जन्मेकी २९ वर्षीया ती महिलाको बच्चा त्यस्तो दुर्घटनामा परेपछि जहाज लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गराइएको थियो। अस्पताल पुर्यानउँदा डाक्टरहरूले बच्चालाई मृत घोषणा गरेका थिए। अहिले बच्चाकी आमालाई बेलायती कानुनअनुसार बाल दुर्व्यवहारसम्बन्धी मुद्दा लगाइएको छ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

विनापैसा एक वर्ष

फोटो, यस्तो पनि हुँदो रहेछ, विदेश1 प्रतिकृया »

bina-paisa
उनी एक वर्षसम्म एक पैसा पनि खर्च नगरी बाँचे । यो एक वर्ष आफ्नो जीवनको सबैभन्दा रमाइलो क्षण बताउँछन् उनी ।

अब पनि एक रुपैयाँ खर्च नगरी जीविका चलाउने उनको योजना छ ।

३० वर्षे मार्क बोयलले विगत १२ महिना एक पैसा पनि खर्च नगरी जीविका चलाएका हुन् । उनी आफैंले फलाएको खाना मात्र खान्छन् । एक पैसा पनि खर्च नगरेर बाँच्दा आफू संसारकै सबैभन्दा खुसी भएको बताए । अबको जीवन पनि एक पैसा खर्च नगरेर बाँच्ने वाचा उनले गरेका छन् ।

उनी जहाँ जाँदा पनि साइकलमा जान्छन् । उनको फोनमा इनकमिङ कलमात्र आउँछ । उनी सोलार प्रयोग गर्छन् । यसैमा तताएको पानीले नुहाउँछन् । कटलफिस उपजातको माछाको हड्डीले उनी दाँत माझ्छन् । उनी आफ्ना लागि आफैं खाना उत्पादन गर्छन् ।

उनी अरूले फालेको लुगा पिसाइकल नामक वेबसाइटका माध्यमबाट प्राप्त गर्छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

तेह् बर्षीया आमा

फोटो, यस्तो पनि हुँदो रहेछ, समाचार, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

mother-in-13-years-ageविहेवारी वीस बर्ष पारी, वीस बर्षभन्दा कम उमेरमा सन्तान नजन्माउँ आदि जस्ता नारा रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरुमा बाक्लै रुपमा आउने गर्छन् । सरकारी र गैर सरकारी क्षेत्रबाट पनि यौन शिक्षा तथा सामाजिक कुरीति र अन्धविश्वास आदि विषयमा मनग्गै खर्च गरिरहेका छन् । तर पनि कहिलेकाहीँ सोच्न बाध्य बनाउँछ, कतै ती क्षेत्रमा लगानी गरिएको रकम वालुवामा पानी खन्याए जसरी खेर त गइरहेको छैन । नेपालमा कानुन छ क्यारे, अठार वर्षभन्दा कम उमेरमा विहे गर्न पाइदैन तर एघार बर्षमै विहे गरेर तेह्र बर्षमा आमा बनिसकेको समाचारले कता कता मन पोल्दो रहेछ । बाह्र तेह्र बर्ष अगाडि होला बेलायतमा एउटी १० बर्षकी बच्ची आमा भएको समाचारले संसार हल्लाएको थियो तर हाम्रो नेपालमै पनि तेह्र बर्षकी वालिका आमा बनेको समाचार पढ्दा हामी नेपालीमा चेतना कहिले आउने हो भन्ने पिरलो लाग्न थाल्यो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

पत्याउनै गाह्रो

यस्तो पनि हुँदो रहेछ, विदेश2 प्रतिकृयाहरु »

१० वर्षे बालक सीईओ
मलेसियामा एक १० वर्षका बच्चा दुई कम्पनीका मुख्य कार्यकारी अधिकृत (सीईओ) बनेका छन्। उक्त बालकले प्रतिघन्टा लगभग लाख रुपैयाँ शुल्क लिएर केही विश्वविद्यालयमा लेक्चर दिन्छन्। स्थानीय दुई अखबारमा छापिएको खबरअनुसार चार कक्षामा पढ्ने अदि अब्दुल घानी स्कुल जान छोडेका छन्। उनी आमा दुई कम्पनीका सञ्चालन गर्छिन्। उक्त कम्पनीमा ती बालकलाई सीईओ नियुक्त गरिएको हो। यी बालकलाई केही विश्वविद्यालयले लेक्चर दिन आमन्त्रण गरेका थिए। बच्चाको आमाका अनुसार उनीहरू इन्टरनेटको माध्यमबाट विदेशी सेयर बजारबारे जानकारी राख्छन्। उनले इन्टरनेटबाटै पढाइ जारी राखेका छन्। उनले भनिन्– बच्चा गणित, भौतिक रसायन, भूगोल र जीव विज्ञानमा रुचि राख्छन्। उनीहरूलाई इतिहास र राजनीतिमा त्यति चासो छैन।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

यो कस्तो लापरवाही ?

यस्तो पनि हुँदो रहेछ1 प्रतिकृया »

उच्च माध्यमिक शिक्षा परिषदको लापरवाहीबारे बेलाबेलामा समाचार बन्ने गर्छन् । गएका तीन वर्षयता परिषदको लापरवाहीले पराकाष्टा नाघेको छ । जन्ममिति जे पायो त्यहि चढाइ दिने, परीक्षा नै नदिएको विषयको अंक चढाइ दिने, दिएको परीक्षालाई पनि नदिएको देखाइदिने, गल्ती अंक चढाई दिने, फेललाई पास र पासलाई फेल देखाइ दिने यस्ता हज्जारौं गल्ती भेटिन्छन्, परीक्षाफल चेक गर्ने क्रममा । यसलाई परिषदकै लापरवाही भन्दा पनि त्यहाँका कर्मचारीको चरम लापरवाही नै मान्नु पर्छ ।
प्रवेश पत्रमा एउटा जन्ममिति हुन्छ, मार्कसिटमा अर्को छापिएर आउँछ । यसपालीको कक्षा ११ को रिजल्ट हेर्ने क्रममा एकजना विद्यार्थीको जन्ममिति कसरी चढाएको छ, हेर्दै कन्पारा तातेर आउँछ । २०४४।०७।२६ हुनु पर्ने ठाउँमा के भएको छ हेर्नुस् नै आफैं ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

“टप थ्री” मा दमक

यस्तो पनि हुँदो रहेछ, समाचार4 प्रतिकृयाहरु »

आज विहानै एउटा समाचार पढ्न पाइयो । समाचारको शिर्षक थियो “दमक मुलुककै उत्कृष्ट नगर घोषित” । यो समाचारको शिर्षक पढ्नेवित्तिकै जुनसुकै दमक नगरवासी खुशी हुन्छ, म पनि भएँ ।

आफ्नै घर अगाडिको बाटो जुन अहिले दमकका अति व्यस्त सडकहरु मध्ये एक पर्छ, झण्डै दुइ वर्षदेखि बन्न नसकेर डङ्डङ्ती धुलो उडाउँदै वटुवा र दायाँवायाँका वासिन्दाका फोक्सो पुर्न दिलोज्यानले लागिपरेको छ । अनि यो जस्तै शहरी क्षेत्रका अन्य धेरै बाटाहरुको हविगत उस्तै रहेको अवस्थामा मुलुककै उत्कृष्ट नगरपालिकामा पर्नका लागि दमकमा त्यस्ता काम के भएका छन् र दमक यसरी “उत्कृष्ट तीन” (टप थ्री) मा परेछ त ? तर के साँच्ची नै हाम्रो नगर मुलुककै उत्कृष्ट नगर हो त ? भन्ने सोचेर समाचार पढ्दै जाँदा पो थाहा भयो, हाम्रो नगर त कागजी रुपमा चाहिँ टप थ्री मा परेको रहेछ ।

पूर्वसन्देशमा छापिएको उक्त समाचार जस्ताको तस्तै -

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

साढे चार करोडको कुकुर

जनावर, फोटो, यस्तो पनि हुँदो रहेछ, विदेश1 प्रतिकृया »

dog_612123a

चीनको शान्सी प्रान्तकी एक महिलाले ४ करोड ५१ लाख रुपैयाँमा एउटा कुकुर किनेकी छिन्। तिब्बती प्रजातिको याङ्जे नदी नम्बर दुई नामको कुकुर हालसम्मकै सबैभन्दा महंगो कुकुर भएको बताइएको छ। यसअघि अमेरिकाको फ्लोरिडाको लान्सेलोटको क्लोन गरिएको एउटा कुकुर १ करोड १६ लाख रुपैयाँमा खरिद गरिएको थियो। सो कुकुर ल्याब्रोडोर प्रजातिबाट क्लोन गरिएको थियो।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

छाकमा चार किलो चामल

यस्तो पनि हुँदो रहेछकुनै प्रतिकृयाहरु छैनन् »

खाने जवानले छाकमा एक किलो चामलको भात उडाउनु त्यति अनौठो होइन । तर, नुवाकोट गाविस-७, रुकुमका रामलाल शर्मा, १८, ले चार किलो चामललाई जम्मा एक छाक बनाउने गरेका छन् । झलक्क हेर्दा रामलालको ज्यान खिनौटे नै भए पनि बुबा तुलाराम शर्मालाई छोराका लागि दैनिक आठ किलो चामलको जोहो गर्नै परेको छ । भन्छन्, “केटाको पाचनशक्ति देखेर म छक्क छु ।”

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कसरी पढ्नु ?

यस्तो पनि हुँदो रहेछकुनै प्रतिकृयाहरु छैनन् »

समाचार खोजेर पढ्ने भोकले पनि कहिलेकाहीँ मानिसलाई अचम्भित तुल्याउँदो रहेछ । समाचार खोज्ने क्रममा आज म गोरखापत्रको साइटमा छिरेको थिएँ । पिडिएफ फर्मेटमा भएको पत्रिका डाउनलोड गर्दै पढ्दै गर्दा एउटा अचम्मको कुरा भेटियो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सुवोध सरको अपील

यस्तो पनि हुँदो रहेछ, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

पश्चिम नेपालमा डव्ल्यू एफ पी ले बाँडेको सडेको चामलको कारण हैजाको महामारी फैलिएको रहेछ । यस सम्वन्धमा अधिकारवादी नेता सुवोधराज प्याकुरेलले एक अपील गर्नु भएको छ जुन मलाइ दिपक गजुरेलको इमेलबाट प्राप्त भएको हो । अव संयुक्त राष्ट्र संघ जस्तो महत्वपूर्ण संस्थाको एउटा महत्वपूर्ण निकाय डव्ल्यू एफ पी ले नै यसरी सडेका खाद्यसामाग्री खुवाएर मान्छे मार्न थालेपछि सुवोध सर मात्र होइन जोसुकैको पनि कन्सिरी तात्ने त भइहाल्यो नि ।
उक्त अपील यस प्रकार छ ।

सरकारले लेखेर डव्ल्यू एफ पी लाई दिएछ “तिम्रो चामलले झाडा पखाला लागेको होइन ।” कसैले भनेको छैन कि WFP कै चामलले रोग ल्यायो तर सडेका दाल-चामल त बाँढेकै हो नि । ४० बर्षदेखि गरीब नेपालीलाई सडेको खान सिकाएको पनि हो ? ६०% कुपोषणका शिकार छन् । कतै हिउँदमा पनि बाटो पुग्दैन, कुसंस्कार ब्याप्त छ, चर्पीको चलन छैन, रोग लाग्दा बलीको मासु र रक्सी खुवाउने धामीको चलन छ, पिउनलायक पानी छैन. UN को WFP ले चेतना के दियेछ त ?

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in