शरणार्थी सेरोफेरो

फोटो, शरणार्थी, समाचार1 प्रतिकृया »

शनिश्चरे शिविरमा महिला हिंसा विरुद्ध १६ दिने कार्यक्रम जनजाति लगायत महिला वर्गहरुको विविध प्रस्तुतीका साथ समापन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम ”स्वीकारौं विविधता, रोकौँ भेदभाव, भेदभाव रहित समाजको सृजना गरौँ” भन्ने मूल नारा लिएर शान्ति र्याली क्याम्प परिक्रमा गरेपश्चात औपचारिक कार्यक्रममा परिणत भयो । क्याम्प ब्यवस्थापन समिति (सी.एम.सी.) सचिव श्री चम्पा सिंह राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गुरुङ्ग जातिको नृत्य, भूटानी शरणार्थी महिला मञ्च (वि.आर.डब्लु.एफ.) बाट संगिनी नृत्य, राई जातिको चण्डी नाच लगायत बालन जस्ता प्रस्तुतीहरुले कार्यक्रमलाई रोचक बनाएको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार7 प्रतिकृयाहरु »


नेपालका लागि भारतीय राजदूत राकेश सूदले भुटानी शरणार्थी समस्या नेपाल र भुटानले नै समाधान गर्नुपर्ने बताउनुभएको छ।
झापाको लखनपुरमा एक विद्यालय भवन शिलान्यास गर्न बुधबार पुग्नुभएका सूदले सञ्चारकर्मीसँगको भारत समस्या समाधानको पक्षमा छ तर पहलको जिम्मेवारी नेपाल र भुटानकै हो भन्नुभयो।
उहाँले शरणार्थी मामिलामा ती दुई देशले गर्ने निर्णय भारतलाई मान्य हुने पनि उहाँले बताउनुभयो।
राजदूत सुदले मानवताको दृष्टिकोणले पनि भारत भुटानी शरणार्थी समस्या चाँडै समाधान होस् भन्ने चाहेको बताउनु भएको छ।
झापा र मोरङका सातवटा शिविरमा १८ वर्षदेखि बासोबास गर्दै आएका भुटानी शरणार्थी भारतको बाटोहुँदै नेपाल आएका हुन्।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी अगुवाको हत्यामा सम्लग्न दुइजना शरणार्थी पक्राउ

शरणार्थी, समाचार3 प्रतिकृयाहरु »

भुटानी शरणार्थी अगुवाहरुको हत्यामा सम्लग्न दुइजनालाई प्रहरीले मगंलवार र्सार्वजनिक गरेको छ ।
यसरी सार्वजनिक गरिएका झापाको दमकस्थित भुटानी शरणार्थी शिविर वेलडाँगी १ को सेक्टर ए ३ छाप्रा नम्वर ३७७ का कर्णसिंह तामाङ र सोही शिविरका छाप्रा नम्वरका २५०/२५१ का खड्ग वहादुर तामाङ रहेका छन् । दुवैजनालाई प्रहरीले सोमवार शिविरवाट पक्राउ गरेको कुरा इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ गरिएका मध्ये कर्णसिंह गत वैशाकमा वेलडाँगी १ का शरणार्थी अगुवा शान्तिराम नेपालको हत्यामा सम्लग्न रहेको प्रहरीको भनाई छ । त्यसैगरि खड्गवहादुरलाई भने गत भदौमा शिविर नजिकै हत्या गरिएका पूर्व शिविर सचिव केवी खड्काको हत्यामा सम्लग्न रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

ब्यासमा बिश्वकर्मा

फोटो, व्यक्तित्व, शरणार्थी12 प्रतिकृयाहरु »

arjun-panditबेलडाँगी शरणार्थी शिविरको एक कुनामा उज्यालो हुनुअघि बज्ने शंख घण्टको आवाजले वरिपरिका अरु छाप्राका शरणार्थीको निन्द्रा खुल्छ । बौदिक मन्त्रोच्चारण गर्दै पञ्चायन देवताको खास्सा ब्राह्मण काइदाले पूजा गरेर पण्डित अर्जुन सेक्टर सी को आफ्नो छाप्रोबाट प्रातःकालीन सूर्यलाई पानी चढाउन बाहिर निस्कदा अरु छाप्राका ढोका खुलेकै हुँदैनन् । निधारमा सेतो तिलक, काँधमा जनै अनि गेरु बर्णको कछाड, यहि एकसरो पहिरनमा देखिने पण्डित अर्जुनको थर भने विश्वकर्मा हो ।
कथा अलिक बेग्लै पाराको छ । १८ बर्षअघि नेपालमा आउनुअघि अर्जुन विश्वकर्माको हक भोग लाग्ने घरबास दक्षिण भुटानको चिराङ्ग जिल्लामा थियो । किसानी गृहस्थी चलाउन हलोको अनौ र फरुवाको बिँड समाएकै हुन् अर्जुनले । भ्याँउदा फलामको घरेलु औजार बनाउने परम्परागत पुस्तौनी काम पनि भ्याएकै हुन् । “चार गाउँका मान्छे आँगनमा हँसीया खुकूरी अर्जाप्न आउँथे” भन्छन् अर्जुन ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थीलाई दुःख दिने पक्राउ

शरणार्थी, समाचार6 प्रतिकृयाहरु »

भुटानी शरणार्थी शिविर, शनिश्चरेमा मदिरा सेवन गरि शरणार्थीलाइ दुःख दिँदै हिँड्ने तीन युवक पक्राउ परेका छन् ।
हिजो राती १२:०० बजेतिर मदिरा सेवन गरि छाप्राको ग्याप- ग्यापमा अनावश्यक आवाज निकाली अश्लील शब्द प्रयोग गर्दै हिँडेका तीन युवा रक्सीको ग्यालेनसँगै पक्राउ परेका हुन् । पक्राउमा पर्नेमा सेक्टर जि/२ छाप्रा नं. ७ का बालकृष्ण विश्व, जि/२ छाप्रा नं. ५ का बल बहादुर विश्व र जि/२ छाप्रा नं. ३० का सह बहादुर लिम्बू रहेका छन् भने अन्य २ जना फरार रहेको श्रोतको जानकारी रहेको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


शनिश्चरे शिविरमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर पाँचौ शरणार्थी स्वयंसेवक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
युएनएचसीआरको मुख्य प्रायोजन र शिविर व्यवस्थापन समिति (सीएमसी) शनिश्चरे-१ को आयोजनामा सम्पन्न उक्त कार्यक्रम युएनएचसीआर प्रतिनिधि मियू कार्यक्रम प्रमुख अतिथि लगायत कार्यक्रम सभापति, विशेष अतिथिहरुको करकमलद्वारा दिपप्रज्वलन गरी उद्घाटन भएको थियो । उक्त अवसरमा विभिन्न संघ संस्थाबाट उपस्थित अतिथि, विशेष अतिथिहरुको कार्यक्रम विशेष मन्तव्य रहेको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

ओइलिएका सयपत्रीको माला

कथा, शरणार्थी, साहित्य, साहित्यिक शुक्रवार7 प्रतिकृयाहरु »

“भूटानी बादशाहरुलाई पूर्णरुपले ध्वस्त पार्नुपर्छ, भयंकर रक्तस्नानको क्षितिज तोडेर मात्र दिग्विजय प्राप्त गर्न सकिन्छ” आकाश दाजु भन्नुहुन्थ्यो । दुश्मनहरुको ढुकढुकी छाम्न हातहतियारको तालिम र युद्धभूमिको प्रविधिक ज्ञान बटुल्नु पर्छ बुनु ! होइन भने त अग्रगामि छलाङ्ग मार्न सकिन्न भन्दै दाजु माओका चुनिएका रचनाहरु नामक पुस्तक पल्टाउनु हुन्थ्यो । भूटानी जुझारु कवि तुवेहाङको कविता संग्रह भग्न पर्खालको सयपत्रीलाई पढ्दै चुम्नु हुन्थ्यो । आकाश दाजु शरणार्थीहरुको झुपडी झुपडीबाट जनविद्रोहको धून घन्काउन चाहन्थे । दाजुको कुरा सुन्दासुन्दै आमा पनि मुक्तिको लागि जाबो मुठ्ठीभर शास केही होइन भन्नु हुन्थ्यो । आमाको विचार नै कायर हुनुभन्दा वीरतापूर्वक एक पल जिउनु भन्ने थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार3 प्रतिकृयाहरु »


झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगी १ मा नेपाल, भूटान र भारतका स्रष्टाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भूटानी स्रष्टा याम थुलुङको निवासमा सम्पन्न कार्यक्रममा भारतस्थित दार्जिलिङका वरिष्ठ संगीतकर्मी मणिकमल क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि क्षेत्री, भूटानका संगीतकर्मी चन्द्र दियाली, प्रविन दियाली, सुरेश राई, विवेक दियालीले आ-आफना देशको गीत संगीतको विषयमा अन्तरक्रिया गर्दै गीत प्रस्तुत गर्नुभयो ।
नेपालको तर्फबाट स्रष्टाहरु प्रकाश आङदेम्बे, मायामितु न्यौपाने, भूपेन्द्र तिम्सिनाले भूटानी शरणार्थीको सिर्जना तथा पूर्वाञ्चलको साहित्यिक एवं सांगितिक माहोलको विषयमा धारणा राख्नु भयो । कार्यक्रममा भूटानी स्रष्टाहरु आइत गूरुङ, बुद्धीमाया भुजेल, हेम गुरुङ, अर्जुन प्रधानलगायतले समेत सहभागिता जनाएका थिए । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

मासिदैन संस्कृति

फोटो, शरणार्थी, संस्कृति1 प्रतिकृया »

भूटान होस् या नेपाल या अमेरिका या संसारको जुनसुकै मुलुक नै किन नहोस्, आफूले परापूर्वकालदेखि मनाउँदै आएको सँस्कृति, रीतिरिवाज र परम्परालाई धान्नु, जोगाउनु र अझ परिस्कृत र सुसँस्कृत पार्दै चीरकालसम्म लैजानु राष्ट्र, राष्ट्रियता र आफ्नो मौलिक संस्कृतिलाई माया गर्ने जोसुकैको पनि दायित्व हुन्छ । विषेश गरि नेपाली संस्कृति मान्ने भूटानी नागरिक हुन् या नेपाली नागरिक, विदेशमै बसेपनि उनीहरुले सकेसम्म नेपाली संस्कृति र परम्परालाई जोगाउने प्रयत्न गरेकै छन् र गरिरहेका पनि छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

न्यायाधिश नियुक्तिप्रति ह्युरोवको चासो

दस्तावेज, शरणार्थी1 प्रतिकृया »

भुटानमा हालै गरिएको प्रधान न्यायाधिशको नियुक्तिलाई लिएर भुटान मानवाधिकार संगठन (ह्युरोव)ले चासो प्रकट गर्दै प्रधान न्यायाधिश छनौट समितिलाई एउटा ध्यानाकर्षण पत्र पठाएको छ । छनौट समितिका अध्यक्षलाई सम्वोधन गरिएको उक्त पत्रमा ह्युरोबका अध्यक्ष एस वी सुव्बाद्वारा हस्ताक्षर गरिएको छ । उक्त पत्र ह्युरोवले जस्ताको तस्तै प्रेश विज्ञप्तिको रुपमा पनि प्रकाशित गरेको छ । सो पत्र यस प्रकार छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in