सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


हिजो अखिल क्रान्तिकारीले केरखास्थित गरिमा आवासीय विद्यालय गराएपछि विभिन्न विद्यार्थी संगठनहरुमा विद्यालय वन्द गराउने होड शुरु भएको छ । यसै क्रममा आज संघीय विद्यार्थी युनियनले दबाव दिएपछि झापा तोपगाछी ७ स्थित निजी विद्यालय निहारिका अंग्रेजी विद्यालय बन्द भएको छ ।
विद्यालयका प्रधानाध्यापक युवराज बरालले पाँच वर्षदेखि सरकारी सेवामा रहि भ्रष्टाचार गरेकोले रकम फिर्ता गर्नुपर्ने लगायत माग राख्दै युनियनले विद्यालय बन्द गराईएको जनाएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कहिलेको रिस अहिले पोखे

शरणार्थी, समाचार2 प्रतिकृयाहरु »

आगो निभाउन गएको दमक नगरपालिकाको दमकलमाथि भुटानी शरणार्थीहरुको एक समूहले ढुंगा प्रहार गरेको छ । बुधबार राति ८ बजे बेलडाँगी - १ पछाडिको खरबारीमा सल्किएको आगो निभाउन जाने क्रममा शरणार्थीहले दमकलमाथि ढुंगा प्रहार गर्दा दुइ जना अग्नि नियन्त्रक सामान्य घाइते समेत भएका छन् । दमकलका चालक तथा अग्नि नियन्त्रक रेवत लामिछानेका अनुसार शरणार्थीहरुले प्रहार गरेको ढुंगा आगो निभाउन खटिएका कर्मचारीद्वय गोपाल घिमिरे र पदम बहादुर कार्कीलाई लागेको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार1 प्रतिकृया »


पुनर्वास कार्यक्रम शुरु भएपछि अहिलेसम्म १४ हजार ६ सय ८७ परिवारका ३६ हजार एक सय ३८ जना शरणार्थीलाई तेश्रो देश जान आवश्यक पर्ने बहिर्गमन यात्रा कागजात अर्थात Exit Permit दिइएको छ । भुटानी शरणार्थीलाई बहिर्गमन कागजात दिन नेपाल सरकारले खटाएको गृह र परराष्ट्र मनत्रालयको तीन सदस्यीय टोलीका सदस्य डम्वरुबल्लभ गडतौलाका अनुसार पुनर्बासको प्रकृया पूरा गरेका शरणार्थीमध्ये हिजोआज दिनमा सरदर एक सय जना भुटानी शरणार्थीलाई बहिर्गमन काजगात दिइने गरिएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


जनकपुरका सञ्चार उद्यमी अरुण सिहांनीयाको हत्यामा सम्लग्न दोषीलाई तत्काल कार्वाहीको माग गर्दै आज झापाको दमकका पत्रकारले विरोध कार्यक्रमको आयोजना गरेका छन्
पत्रकार मञ्च दमकले आयोजना गरेको सो विरोध कार्यक्रममा नेपाल पत्रकार महासघं झापाका उपाध्यक्ष विष्णु सुव्वाले आफु वाँचेमात्र पेशा वाँच्ने भएकाले राज्यले पत्रकारले सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने वताउनु भएको छ । उहाँले पत्रकारले स्वतन्त्रपूर्वक लेख्न पाएमात्र लोकतन्त्र सस्थागत हुने वताउनु भयो । कार्यक्रममा नेपाल मानव अधिकार सगंठनका केन्द्रीय सदस्य डा. केपी सुवेदी लगायतले पत्रकारको सुरक्षामा राज्य गम्भिर नभएको वताउनु भायो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कम्प्युटर सिक्ने धेरै भएनन्

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

लुथरन विश्व फेडेरेसनले भुटानी शरणार्थीको लागि बेलडाँगी शिविरमा आयोजना गर्न लागेको कम्प्युटर सम्बन्धि तालिममा माग अनुसार आवेदन पर्न सकेको छैन ।
शिविर व्यवस्थापन समितीका अनुसार त्यहाँ कम्प्युटर कक्षालागिको नब्बे जना विद्यार्थीको लागि आवेदन माग गरिएको थियो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


होली मनाएर नुहाउने क्रममा झापाको कन्काई नहरमा डुवेर एक युवकको मृत्यु भएको छ । सतासीधाम - ८ माइधारका २२ बर्षीय राजु राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
होली खेलेर माइधारस्थित कन्काई नहरमा पौडी खेल्ने क्रममा राई डुवेका थिए । उनलाई सतासीधाम - ७ स्थित नहरमा मृत अवस्थामा फेला पारिएको थियो ।
यसैविच रङ दलेको विषयलाई लिएर झापाका विभिन्न स्थानमा झडप भएका छन् । झापाको वनियानी, दुधे र सैनिकमोडमा दुई पक्षबीच झडप भएको हो । झडपमा दर्जनौं व्यक्ति घाइते भएका छन् । बनियानीमा रङ दलेको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै दुधे र माइधारबीचको क्षेत्रमा दुवै समूह घरेलु हतियार कट्टी लिएर आपसमा झगडा गरेको जनाइएको छ । सैनिकमोडमा पनि झडप भएको छ । झडप सैनिक मोड र विर्ताबजारका युवहरुबीच भएको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


पत्रकार मंच दमक र दमक जेसिजको संयुक्त आयोजनामा आज होली मिलन कार्यक्रम संम्पन्न भएको छ ।
त्यस अवसरमा दमकका संचाकर्मी र दमक जेसिजका सदस्यले शुभकामना आदान प्रदान गरेका थिए ।
जेसिज भवनमा भएको कार्यक्रममा अग्रज पत्रकार गन्जबहादुर दहाल, दमक जेसिज वर्ष २०१० का अध्यक्ष नेत्र चम्लागाईंले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमा एक आपसमा अवीर दलेर शुभकामना आदान प्रदान गरिएको थियो । गत वर्ष पनि दुवै संस्थाले यस्तै कार्यक्रम आयोजना गरेका थिए ।
होली पर्वका अवसरमा दमकमा सोमवार विविध कार्यक्रम आयोजना भएका छन् । होलीका कारण सोमवार दमकको बजार आशिंक रुपमा मात्र खुलेको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

छ महिना २३ दिनमै स्वस्थ शिशुको जन्म

यस्तो पनि हुँदो रहेछ, समाचार1 प्रतिकृया »

काठमाडौको ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले गर्भाधान भएको २७ हप्तामा नै ८४० ग्राम तौल भएको बच्चा जन्माएकी छन् ।
पूर्ण स्वस्थ बच्चा जन्माउन १० महिना लाग्छ तर काठमाडौ वसुन्धरा निवासी रीता पराजुलीबाट ६ महिना २३ दिनमा नै स्वस्थ बच्चा जन्मिएकी हुन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अमेरिकामाथि नेपालको विजय

खेलकुद, फोटो, समाचार3 प्रतिकृयाहरु »

आइसीसी विश्व लिग डिभिजन फाइभमा नेपालले रोमाञ्चक जीत हात पार्दै इतिहास रचेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल भिडन्तमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै लिग इतिहास रचेको हो । जीतका लागि १ सय ७३ रन पछ्याएको नेपालले ४६ ओभर ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

दुर्घटना, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


पूर्व पश्चिम राजमार्ग अर्न्तर्गत झापाको सितापुरीस्थित नमुना चौकमा गएराति भएको सवारी दुर्घट्नामा एक प्रहरी मृत्यु भएको छ भने दुइजना सख्त घाइते भएका छन् ।
मृत्यु हुनेमा झापाको अर्जनधारा गाविस निवासी वर्ष२६ का इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी हवल्दार सूर्य पाण्डे रहेको प्रहरीले जानकारी गराएको छ । वा च ६ ९११८ नम्बरको कारमा पूर्ववाट दमक आउँदै गरेको अवस्थामा विपरित दिशावाट आएको ना २ ख ८३८५ नम्बरको तेलको ट्याङ्करले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा कारचालक दमक १३ निवासी श्याम तिम्सीना र सोही कारमा सवार दमक दुइ निवासी विमल थापा सख्त घाइते भएको प्रहरीले जनाएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in